काठमाडौं । हालै जिन जी समूहको आह्वानमा राजधानीका विभिन्न स्थानमा भएका प्रदर्शनहरूका क्रममा सुरक्षाकर्मीको हतियार कब्जा गरिएको तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अराजकतत्वको हातमा ती सामग्री पर्न सक्ने जोखिमबारे नागरिक समाज र सुरक्षा निकायहरूले चिन्ता व्यक्त गरेका छन्।
यसै क्रममा काठमाडौं तारकेश्वर नगरपालिका–४ निवासी हेमबहादुर ढुंगेल ‘आक्रोश’ले नागरिक समाजको रोहबरमा नेपाली सेनाको श्री नं. १ बाहिनी अड्डामा कब्जामा रहेको हतियार बुझाएका छन्। नागरिक समाजका प्रतिनिधिहरूले ढुंगेलको कदमलाई जिम्मेवार नागरिकताको उदाहरण भन्दै अशान्ति न्यूनीकरणमा सहयोग पुगेको बताएका छन्।
राष्ट्रिय नागरिक अभियान २०६२/२०६३ ले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा कब्जा गरिएका हतियार, पोशाक वा अन्य सामग्री कसैसँग भए नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरेको छ। साथै यस प्रक्रियामा कुनै शंका वा डर भएमा अभियानका प्रतिनिधिहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ।
सम्पर्क नम्बरहरूः
९८५१०६३५९७, ९८५११८८०७७, ९८६११७८०६८, ९८६०१८१४९५
