Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर क्षेत्रमा सोमबार धारिलो हतियार प्रहार गरी एक जना भारतीय तिर्थयात्रीको हत्या गरिएको छ। भारतबाट मधुगंगा महादेव दर्शन गर्न आएका तीर्थ यात्रीहरुका बीचमा आपसममै विवाद हुँदा २५ वर्षीय पंकजकुमार भगतको हत्या भएको हो। प्रहरीका अनुसार उनी भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको भवदेवपुर-११ का बासिन्दा हुन्। सिन्धुली प्रहरीका एसपी लालध्वज सुवेदीले मृतकको सनाखत उनका माइला दाजु रञ्जित भगतले गरेपछि पहिचान खुलेको जानकारी दिए। प्रहरीले घटनास्थल लामिडाडाबाट चुप्पी र खुर्पा जस्ता धारिला हतियार बरामद गरेको छ। ती हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीको अनुमान छ। घटनामा संलग्न भएको आशंकामा भारतीय तीर्थयात्रीकै समूहका अन्य…
प्रेममा धोका दिएर विवाहः त्यसपछि पनि सम्बन्ध कायम राख्न ब्ल्याकमेलपछि किशोरीद्वारा प्रेमीको हत्या
जनकपुर । पुरानो प्रेम सम्बन्धमा धोका, ब्ल्याकमेल र मानसिक तनाव दिन थालेपछि जनकपुरमा एक किशोरीले आफ्नै प्रेमीको छुरा प्रहार गरी हत्या गरेको खुलासा भएको छ । जनकपुरस्थित एक होटलमा महोत्तरी पर्सा गाउँपालिका–१ निवासी ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा पक्राउ परेकी महोत्तरीकै बनौटा घर भई जनकपुरधाम उपमहानगरपालिका–४ मा डेरा गरी बस्ने २१ वर्षीया जुली झालाईलाई सार्वजनिक गर्दै प्रहरीले यस्तो खुलासा गरेको हो । विमलेश यादवको हत्याको पछाडि प्रेम सम्बन्धमा आधारित ब्ल्याकमेल र प्रतिशोध देखिएको प्रहरीले जनाएको छ । धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहका अनुसार यादव र झाबीच पहिले प्रेम सम्बन्ध थियो । पछि विमलेशले झालाई धोका दिँदै अर्कैसँग विवाह गरे…
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक दरवन्दी भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी जवान कपिल घिमिरे असार महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार विभागिय मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेका घिमिरेलाई सर्वोत्कृष्ट रहरी घोषित गरिएको हो । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्तिहरु, चोरी पैठारी तथा प्रतिबन्धित विभिन्न ब्राण्डको अवैध औषधी कारोबारीलगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी…
काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि ११ जनाको नाम सिफारिस भएको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूबाट ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार डीएसपीहरू अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का एसपी बढुवाका लागि सिफारिसमा परेका छन् । नेपाल प्रहरीमा उक्त बढुवाको लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक दिपक थापा सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक दान कार्की सदस्य सचिव रहेको सिफारिस समिति थियो ।
काठमाडौं । नेपाल प्रहरीको जनपथतर्फ ११ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ । गृहसचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसमा पहिलो नम्बरमा एसपी तुल बहादुर कार्की भएका छन् । त्यसपछि क्रमशः दोस्रो, तेस्रो, चौथो, पाचौं, छैठौं, सातौ नम्बरमा राकेश सिंह, राजिब बस्नेत, कमल थापा, प्रविण धिताल, प्रकाश रानाभाट र ज्ञानेन्द्र फुयाल बढुवा भएका छन् । नेपाल प्रहरीमा उक्त…
प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार तथा ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ। विष्णुपुर गाउँपालिकासम्बन्धी समाचार लेखेको निहुँमा स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवन गरी यादवमाथि गालीगलौज, दुर्व्यवहार र फोनमार्फत ज्यान मार्ने धम्की दिएका थिए। विष्णुपुर गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा समाचार प्रकाशन गरेको कारण पत्रकारमाथि गरिएको यस प्रकारको हमला अत्यन्त निन्दनीय र आपत्तिजनक हो। नेपाल पत्रकार महासंघ सिराहा शाखाले यस घटनाको घोर भर्त्सना गर्दै दोषीहरूलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारवाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। महासंघले यस्ता…
काठमाडौं । नेपाल प्रहरीमा करिब दुई महिनादेखि रोकिएको बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा आज निकाल्ने तयारी भइरहेको छ । रिक्त रहेका एसएसपी, प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डिएसपी) पदमा एकैपटक सिफारिसको तयारी भएको हो । बढुवा समितिका अध्यक्ष सचिव गोकर्णमणि दुवाडी र सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्की सोमबारदेखि भारत भ्रमणमा जाने भएकाले आजै निकाल्ने तयारी भइरहेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र एआईजी कार्की बढुवा सूचीको फाइल बोकेर गृह मन्त्रालय गएका छन् । प्रहरी नियमावलीअनुसार ७ साउनभित्र बढुवा गरिसक्नुपर्ने कानुनी बाध्यता छ । ७ साउनसम्म बढुवा सिफारिस हुन नसकेमा असोजपछि मात्र बढुवा गर्न मिल्छ । त्यसपछि…
काठमाडौं । उदयपुरका १५ वर्षीय एक बालकको पेटमा अड्किएको कैंची शल्यक्रिया गरेर निकालिएको छ । खेल्ने क्रममा बालकले निलेको कैंची सानो आन्द्रासम्म पुगेको थियो । विराटनगरस्थित नोबेल मेडिकल कलेज चिकित्सकले शल्यक्रिया गरेर उक्त कैंची निकालेका छन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार बालकलाई असार १७ गते अस्पतालमा भर्ना गरिएको थियो । ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियाबाट पेटभित्र अड्किएको कैंची निकालिएको हो । शल्यक्रिया सफल भएपछि बालक सामान्य अवस्थामा घर फर्किएका छन् । परिवारका अनुसार बालक घरमा टिभी हेर्दै गर्दा मुखमा खेलाइरहेको सानो कैंची अचानक घाँटीभित्र प्रवेश ग¥यो । बालकले ‘कैंची अड्कियो’ भन्दै चिच्याएपछि हजुरबुबाले झिक्न खोज्दा झन् भित्रतिर पुगेको…
काठमाडौं । धनुषाको मिथिला नगरपालिका–८, जमुनिवासस्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयमा कार्यरत शिक्षिका विमला मोक्तान ध्रोञ्चिङ्ग (तामाङ) ले आफूले पढाउने बालविकास कक्षामै झुन्डिएर आत्महत्या गरेकी छन् । साउन १ गते विहान योग गर्न गएका स्थानीयले कक्षाभित्र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । करिब ३० वर्षीया विमला तामाङले आत्महत्या गर्नुको कारण सुसाइड नोटबाट खुल्न थालेको छ, तर प्रहरीले उक्त पत्र सार्वजनिक गरेको छैन । प्रारम्भिक अनुसन्धान अनुसार उनी लामो समयदेखि मिटरब्याज (सूदखोरी) को चपेटामा परेकी थिइन् । प्राप्त विवरणअनुसार मृतक विमलाले जनकपुर उपमहानगरपालिका–९ निवासी राजकिशोर यादवसँग दुई पटक ऋण लिएकी थिइन् । पहिलो पटक १ लाख ६० हजार रुपैयाँ…
काठमाडौं । अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा सजाय पाएका १५ सय ११ जना फरार प्रतिवादी पक्राउ गर्न सफल भएको छ जिल्ला प्रहरी कार्यालय पर्सा । अदालतबाट सजाय पाएका फैसला कार्यान्वयन गर्ने अभियान सञ्चालन गरी ती फरार प्रतिवादीहरुलाई खोजतलास गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । लामो समयदेखि विभिन्न अवस्थामा लुकिछिपी बसेका १५ सय ११ जना फरार प्रतिवादीहरुलाई हाल यो वर्ष पक्राउ गरी फैसला कार्यान्वयन गरिएको एसपी मिश्रले बताए । उनले भने, ‘पक्राउ प्रतिवादीहरुबाट ७३ वर्ष २ महिना कैद र ३ करोड ५५ लाख १२ हजार ९५६ रुपैयाँ जरिवाना समेत असुल…