धनुषा, २०८२ असोज ३
सशस्त्र प्रहरी बल नेपालले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा८३५ किलो बरामद गरेको छ।
धनुषा जिल्लाको विदेह नगरपालिका -३गोब्राहीस्थित बाँसघारीमा लुकाइ राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध गाँजा ८३५ किलोग्राम सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनि मुख्यालयको बिशेष सुचनाको आधारमा
सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हे.क्वा. धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक हेमन्त लिम्बुको कमाण्डमा खटिएको २७ जनाको टोलीले शुक्रबार दिउँसो करिब १३:२० बजे सो गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीले बरामद गरिएको गाँजा गोब्राहीका स्थानीय जोगिन्द्र साहको बाँसघारीभित्र रहेको टहरोमा लुकाई छिपाई राखेको अवस्थामा अवस्थामा भेटिएको सशस्त्र प्रहरी बल¸ नेपालले जनाएको छ ।
