चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोला नजिकै मुग्लिङ–नारायणगढ सडक खण्डमा सुख्खा पहिरो खस्दा दुबै तर्फको यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीका अनुसार लगातार माथिबाट पहिरो खसिरहेकाले सडक पन्छाउने कार्यमा कठिनाई भइरहेको छ। प्रहरी र प्राविधिक टोलीले सडक खुलाउने प्रयास जारी राखेका छन्।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र प्रहरी प्रमुख पुरीले फिल्डमै पुगेर अवस्थाको अनुगमन गरेका छन्। यात्रुहरुको सुरक्षालाई प्राथमिकतामा राख्दै उनीहरुले वैकल्पिक बाटो प्रयोग गर्न वा सडक अवरोध पूर्णरूपमा हटेपछि मात्र सो मार्ग प्रयोग गर्न आग्रह गरेका छन्।
सडक प्रयोग गर्नुअघि नजिकैको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरमा सम्पर्क गर्न समेत प्रहरीले अपिल गरेको छ ।
हटलाइन : १००
जिल्ला प्रहरी कार्यालय चितवन : ९८५५०९०१३३
इलाका प्रहरी कार्यालय मुग्लिङ : ९८५५०९०१२०
