काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का प्रमुख तथा मुख्य अनुसन्धान निर्देशकमा टेकेन्द्र कार्की नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो ।
यसअघि राअविका प्रमुख हुतराज थापाले भदौ २८ भदौको राति १२ बजेबाट अनिवार्य अवकाश लिएका थिए ।
आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेर थापा अवकाशमा गएपछि मुख्य अनुसन्धान निर्देशक पद रिक्त भएको थियो।
Facebook Comments Box
