Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
वीरगन्ज ।पर्सा प्रहरीले ८ किलो ४४०प्रतिबन्धित लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ।पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित करबोलाबाट प्रहरीले गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–९, एकटंगाका ३४ वर्षीय जगमोहन यादव रहेका छन्।ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले भारततर्फ गइरहेको बीआर ०५ एजी ६८०५ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा गाँजासहित यादवलाई पक्राउ गरेको हो।गाँजा मोटरसाइकलको सिटमुनी र शरीरमा बाँधिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।हाल पक्राउ परेका यादवलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न प्रहरीले चेकजाँच अभियानलाई अझ कडा बनाउने तयारी गरेको बताइएको पर्सा प्रहरी…
काठमाडौं । नेपाल प्रहरी ऐन २०१२ संशोधन भएको छ । ७७ वटा कानून एकैपटक संशोधन गरिएकोमा प्रहरी ऐन पनि त्यसमा परेको हो । बुधबार राजपत्रमा प्रकाशित भएको प्रहरी ऐनअनुसार दुई वटा बुँदामा हेरफेर गरिएको छ । पहिलो दफा १५ को उपदफा १(ट) संशोधन गरिएको छ । जून प्रहरी कर्तव्यसँग सम्बन्धित विषय छ । जसमा संशोधन गरी राखिएको छ,‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादिन व्यवहार गर्ने ।’ यसअघि सो बुँदामा ‘सर्वसाधरण जनतासँग शिष्ट व्यवहार गर्ने र स्वास्नी मानिस र केटाकेटीसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रतासाथ व्यवहार गर्ने’ उल्लेख थियो । स्वास्नी मानिस भन्ने शब्दमा कतिपयले आपत्ति जनाएपछि यो बुँदा…
भारतीय तिर्थयात्रीको मृत्यु प्रकरणमा नयाँ खुलासाः फोटो खिच्न बन्दुक बोक्दा अचानक पड्किएर ज्यान गयो
काठमाडौं । साउन ५ गते सिन्धुलीको दुधौलीमा भारतीय तिर्थ यात्रीको हत्या भएको भनिएको प्रकरणमा नयाँ खुलासा भएको छ । प्रहरीले तत्काल प्राप्त प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा तिर्थयात्रीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको जानकारी दिएको थियो । दुधौली नगरपालिका–२ स्थित मधुगंगा महादेव मन्दिर नजिकैको कालिडाँडामा भारतको बिहार, सितामढी जिल्लाको भवदेपुर वडा नं. ११ का २५ वर्षीय पंकज कुमार भगतको शव फेला परेको थियो । प्रहरीले घट्नाको विस्तृत अनुसन्धान गर्दा ती भारतीय युवकको मृत्युको रहस्य खुलेको छ । अनुसन्धानपछि प्रहरीले बन्दुक समाएर फोटो खिच्ने क्रममा गोली पड्किएर उनको मृत्यु भएको निष्कर्ष निकालेको छ । स्थानीय विष्णु बहादुर घिसिङको घरमा घरमा…
काठमाडौं । १७ जेठमा गृह मन्त्रालयले २८ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गर्यो । जसमा लागूऔषध नियन्त्रण ब्यूरोको प्रमुखमा एसएसपी कृष्ण प्रसाद कोइरालाको सरुवा भएको थियो । करिब डेढ महिना भयो उनले ब्यूरोको जिम्मेवारी सम्हालेको । तर, यतिबेला एसएसपी कोइरालाको कार्यक्षमतामाथि प्रश्न उठ्न थालेको छ । ब्यूरोको टोली देशभर परिचालित छ । जसमध्ये पनि काठमाडौं उपत्यकामा झनै धेरै ठाउँमा ब्यूरोको टोली खटिन्छन् । उनीहरुको काम लागूऔषध नियन्त्रण गर्नु र लागूऔषधमा संलग्नलाई कानुनी दायरामा ल्याउनु हो । तर, ब्यूरो गएपछि एसएसपी कोइरालाको ध्याउन्न कामभन्दा बढी मिडियाबाजी र कमाउतर्फ देखिएको छ । लामो समयदेखि काजमा खटिएका प्रहरीहरुलाई फिर्ता पठाएर राम्रो काम…
काठमाडौं । जिल्ला प्रहरी परिसरले ठमेल र महाराजगन्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) सहित ४७ जना भन्दा बढी छन् । चक्रे मिलन महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ । गुण्डागर्दीमा संलग्नहरूलाई नियन्त्रणमा लिन काठमाडौँ प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी बिहीबार रातभर सक्रिय थिए । महाराजगन्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरूलाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ । अवाञ्छित गतिविधि गर्नेहरू केहीलाई नियन्त्रणमा लिएको एसएसपी अधिकारीले बताए । प्रहरीले साउन १५ मा बिहान ३ बजेतिर ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पक्राउ गरेको थियो । नर्सिङ…
वीरगन्ज १५ बिहीबार सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा भन्सार छलि गरि भित्राएको लत्ताकपडा सहित पिकप पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले झौवानाकाबाट अवैध कपडा सहित पिकप नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल गुल्म अलौको प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरि भित्राएको करिब१९लाख४२ हजार३सय बराबरको लत्ताकपडा सहित पिकप पक्राउ गरेको सशस्त्र प्रहरी पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराले बताउनुभयो। उक्त पक्राउ परेको लत्ताकपडा सहित पिकपलाई भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरीका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक पुजाराले बताए।
मन्त्री खड्काद्वारा मोटरेबल पुल उद्घाटन, संखुवासभामा ऊर्जा र पर्यटन पूर्वाधारमा तीव्र लगानीको घोषणा
सखुवासभा , १५ साउन।ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले संखुवासभा जिल्लामा विकासका पूर्वाधारलाई तीव्रता दिँदै करिब ४ करोड ६५ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको उद्घाटन गर्नुभएको छ ।उद्घाटन कार्यक्रममा मन्त्री खड्काले स्थानीय यातायात सहज बनाउने अर्को पुल, सडक स्तरोन्नति तथा जलविद्युत् आयोजना र पर्यटकीय सम्भावनाहरूमा समेत उल्लेख्य लगानी हुने बताउनुभयो ।गृहजिल्ला संखुवासभाको सिलीचोङ गाउँपालिका–१ र २ लाई जोड्ने उक्त पुल संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा तीन वर्षको अवधिमा निर्माण सम्पन्न भएको हो। उद्घाटन कार्यक्रममा मन्त्री खड्काले संखुवा खोलामा अर्को नयाँ पुल निर्माणका लागि चालू वर्षमै ३ करोड रुपैयाँको बजेट विनियोजन भइसकेको जानकारी दिए। उनले छिट्टै…
काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी जवान बलात्कार आरोपमा पक्राउ परेका छन् । प्रधान कार्यालयस्थित सुरक्षा सेवा व्यवस्थापन महाशाखामा कार्यरत जवान मान बहादुर विक पक्राउ परेका हुन् । हात्तीवनस्थित डेरामा बलात्कार गरेको आरोपमा उनलाई मंगलबार पक्राउ गरिएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । उनले भने, ‘जबर्जस्तीकरणी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौँ ।’ जवान बाजुराका स्थानीय हुन् । उनले कालिकोट घर भएकी २६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोप छ । बलात्कारपछि विकले सामाजिक सञ्जालमा ती महिला आफ्नी पत्नी भएको भन्दै पोस्ट गरेका थिए । पीडित युवती र आरोपी दुवै विवाहित हुन् ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकसित संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले भेट गरेका छन् । बिहीबार सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाबिच भेटवार्ता भएको हो । भेटमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरिन् । उनले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन् । यस्तै मन्त्री लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत सरकार शान्ति प्रक्रियाको काम टुंगोमा पु¥याउन सक्रिय रहेको बताए । लेखकले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनपनि थप सहयोग…
काठमाडौं । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा सोमबार राति १५ वर्षीया किशोरी अञ्जली यादवको खुकुरी प्रहारबाट हत्या गरिएको घटनाको जड आमाको अवैध सम्बन्धसँग जोडिएको खुलेको छ। प्रहरीका अनुसार अञ्जलीकी आमा आशादेवी लामो समयदेखि क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहसँग अवैध सम्बन्ध थियो। तर पछिल्लो समय आशादेवीले सम्बन्धमा चिट गर्न थालेपछि आक्रोशित बनेका रामबाबुले उनको हत्या गर्ने योजना बनाएका थिए। योजना अनुसार स्वर्गीय सूर्यनन्द चौधरीको एकतले पक्की घरमा भाडाको कोठामा पुगेर राति करिव ११ बजे रामबाबुले अन्धाधुन्ध खुकुरी प्रहार गरेका थिए। जसमा अञ्जलीको घट्नास्थलमै मृत्यु भएको थियो भने आशा र अञ्जलीका मामाकी छोरी राधा यादव घाईते भएका थिए। जिल्ला प्रहरी कार्यालय…