काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईलाई परिसरको सूचना अधिकारी नियुक्त गरिएको छ।
परिसरका कार्य, गतिविधि र कारबाहीका यथार्थ तथा तथ्यगत सूचनाहरू सञ्चार माध्यममा सम्प्रेषण गर्न सहजता होस् भन्ने उद्देश्यले प्रहरी उपरीक्षक भट्टराईलाई सूचना अधिकारीको जिम्मेवारी तोकिएको हो।
उनको सम्पर्क नम्बर ९८५११२६९८३ र इमेल ठेगाना kathmandu_spokesperson@nepalpolice.gov.np रहेको परिसरले जनाएको छ।
Facebook Comments Box
