Author: Scoop Khabar

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा गत मंगलबार र बुधबार भएको भीषण बाढी र पहिरोमा परेर कम्तीमा २२ नेपाली सम्पर्कविहीन भएका छन् । जाजरकोटका १३, बर्दियाका ५, धादिङका ४ र जुम्लाका एक जना बेपत्ता छन् । घटनामा घाइते भएका केहीको भारतमै उपचार भइरहेको छ । मंगलबार ‘क्लाउड बस्र्ट’ (अत्यधिक वर्षा) का कारण उत्तरकाशी जिल्लाको धराली बजारमा बाढी आएको थियो भने बुधबार पौडी गढवालको ग्राम बाकुडानजिक सिन्धु खोला किनारमा खसेको पहिरोले नेपाली कामदार बगाएको हो । यी दुवै घटनामा नेपालीहरू परेको अनुमान गर्दै प्रभावित स्थानीय तहहरूले नेपाल सरकारसँग उद्धारका लागि पहल गर्न आग्रह गरेका छन् । जाजरकोटको कुशे गाउँपालिका–२ टालेगाउँका कर्णबहादुर सिंह,…

थप

काठमाडौं । खोटाङमा विद्यालयबाट घर फर्किँदै गरेकी १४ वर्षीया बालिकालाई आफनै साथीहरुले नियन्त्रणमा लिएर रातभरी सामूहिक बलात्कार गरेको घट्ना सार्वजनिक भएको छ । कक्षा–८ मा अध्ययनरत बालिकालाई उनकै विद्यालयको कक्षा–९ मा अध्ययनरत १५–१६ वर्षका दुई किशोरले साउन १९ गते बलात्कार गरेको प्रहरीले जनाएको छ । विद्यालयबाट घर फर्कने क्रममा ‘तिमीसँग कुरा गर्नु छ’ भन्दै दुई जनाले जंगलको बीचमा पु¥याएको र बाटो छेकेर ओढारमा लगी रातभरि बलात्कार गरेको पीडित बालिकाको परिवारले जनाएको छ । विद्यालय गएकी बालिका घर नफर्किएपछि आफन्तले खोजतालस सुरु गरेका थिए । सोही क्रममा बालिकालाई भोलिपल्ट ओढारमै फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर सुशान्त मिश्रले बताएका छन्…

थप

काठमाडौं । नेपालीहरूको हकहितका लागि क्रियाशील गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले ओदिमिरा नगरपालिका अन्तर्गत बेजा जिल्लाको फतका क्षेत्रमा भीषण आगलागीबाट प्रभावित नेपाली श्रमिकहरूलाई राहत वितरण गरेको छ। एनआरएनए पोर्तुगलका अध्यक्ष दीपा काफ्लेको नेतृत्वमा सम्पन्न उक्त राहत वितरण कार्यक्रममार्फत बिफ्रुट कम्पनीमा कार्यरत रहेका १६ जना नेपाली श्रमिकहरूलाई आवश्यक सामग्री तथा सहयोग प्रदान गरिएको हो । गुल्मीका लोकु सेनकाअनुसार घटनापछि आफूहरूले ‘देश बाहिर पनि नेपाली अभिभावक रहेछन्’ भन्ने अनुभूति गर्न पाएको बताए । एनआरएन पोर्चुगलले गरेको सहयोगले पीडितहरूलाई केही हदसम्म राहत महसुस भएको उनले बताए । राहत वितरण कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय समितिका केन्द्रीय सचिव तिलक गैरे, आइसीसी सदस्य राजकुमार गुरुङ, उपाध्यक्षद्वय…

थप

काठमाडौं । नेसपा (नयाँ शक्ति)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जेलमा राम्रो व्यवहार नगरिएको भन्दै चित्त दुखाएका छन् । सहकारी काण्डमा अदालतको आदेशले पुर्पक्षको सजाय काटिरहेका रविलाई भेट्न आज बिहान उनी भैरहवा कारागार पुगेका थिए । भेटपछि कारागार परिसरमै सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले रविलाई एक्लै कोठामा राखिएको र पत्रपत्रिका पढ्नबाट समेत बन्चित गरिएको देखेर दुःख लागेको प्रतिक्रिया दिए । ‘पत्रपत्रिका पनि ल्याएर दिइँदो रहेनछ । हामी त पन्चायतकालमा पढ्ने गर्थ्यौं । मैले प्रहरीलाई सोधें खै त्यस्तो आदेश छैन भन्नुभयो । कमसेकम सूचनाबाट बन्चित गर्न चाहिँ हुँदैनथ्यो’, उनले भने । रवि जनप्रतिनिधि भएकाले…

थप

काठमाडौं । नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) राजु अधिकारीलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ । बुधबार राति कार्यालयले इन्स्पेक्टर अधिकारीलाई डीएसपीमा एकल बढुवाका लागि सिफारिस गरेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धान गरेका इन्स्पेक्टर अधिकारी इलाका प्रहरी कार्यालय साराङघाट तनहुँमा कार्यरत थिए । हाई प्रोफाइल व्यक्ति जोडिएको भुटानी शरणार्थी प्रकरणको उनले अनुसन्धान गरेका थिए । उक्त प्रकरणमा पुर्वगृहमन्त्री बालकृष्ण खाँण, एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत अन्य हाई प्रोफाइल व्यक्तिहरु जेल पुगेका थिए । अहिले पनि यो प्रकरणमा रायमाझी र गृहमन्त्रालयका तत्कालीन सचिवसहितका व्यक्तिहरु कारागारमै छन् । यो मुद्दा भने अदालतमा विचाराधीन…

थप

काठमाडौं । वीरेन्द्र थापा नेपाल प्रहरीका नायव उपरीक्षक (डिएसपी)बाट प्रहरी उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन् । बुधबार राति प्रहरी प्रधान कार्यालयले डिएसपी थापालाई एसपी बढुवाका लागि एकल सिफारिस गरेको हो । यसअघिको बढुवामा पटक-पटक छुटेका डिएसपी थापा अहिले भने एकल सिफारिस भएका हुन् । पछिल्लो पटक यही साउनका पहिलो साता डिएसपीबाट एसपी बढुवा सिफारिस हुँदा आफूभन्दा दुई वर्ष जुनियर बढुवमा पर्दा पनि थापा छुटेका थिए । साउनको पहिलो साता बढुवा सिफारिस भएकाहरुले बुधबार मात्रै दर्ज्यानी चिन्ह प्राप्त गरेका थिए । सोही राति थापाको एकल बढुवा गरिएको हो । उनी २०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनका सबै…

थप

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका दुईजना वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट बुधबार राति दुई एसएसपीको सरुवा गरिएको सूचना प्रहरी प्रधान कार्यालयले निकालेको छ । सार्वजनिक सूचनाअनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा पोखरामा कार्यरत कृष्णबहादुर पल्ली मगरलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा पठाइएको छ । अर्का एसएसपी संजय सिंह थापालाई बागमती प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा हेटौडाबाट प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा सरुवा गरिएको छ ।

थप

काठमाडौं । नेपाल प्रहरीका उपरीक्षक (एसपी) नवीनकृष्ण भण्डारीले राजीनामा दिएका छन् । प्रहरी जवान हुँदै २०६१ जेठमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा नाम निकालेका भण्डारीले राजीनामा दिएका हुन् । उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । ३० वर्षे सेवा अवधि पुरा हुनुभन्दा १० दिनअघि उनले राजीनामा दिएका हुन् । गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरिसकेको छ । भण्डारीले राजीनामा दिएसँगै रिक्त पदमा प्रहरी नायब उपरीक्षक (डिएसपी) वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दरबन्दी भएका थापा अहिले प्रहरी वृत्त सिंहदरबारमा कार्यरत छन् । उक्त रिक्त डिएसपी पदमा बढुवा गर्न इन्स्पेक्टर राजु अधिकारीलाई सिफारिस गरिएको छ ।…

थप

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा नजिक चौतारा साँगा चोकगढी नगरपालिकाकी अविवाहित किशोरीले एक शिशुलाई जन्म दिएपछि उनीमाथि झण्डै एक वर्षअघि भएको बलात्कारको घटना सार्वजनिक भएको छ। पेट दुखेको भनेर अस्पताल पुगेकी किशोरीले २० साउनमा बच्चा जन्माएपछि अस्पतालले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले सोधपुछ गर्ने क्रममा ती किशोरीले बलात्कारबाट गर्भ रहेको बताएकी थिइन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव खरेलका अनुसार किशोरीलाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि सिन्धुपाल्चोककै श्रेष्ठ थरका ५० वर्षीय एक पुरुषलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार बलात्कारबाट गर्भ बसेको कुरा पीडित किशोरीले सुरुमा परिवारलाई समेत जानकारी नगराएको खुलेको छ । ‘पेट दुखेको भनेर अस्पताल…

थप

वीरगंज, २१ साउन । पर्साकाे जगरनाथपुर गाउँपालिकाले आफ्ना नागरिकका लागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न ऐतिहासिक कदम चालेको छ । गाउँपालिका र वीरगंज महानगरपालिका वडा नं. १५ भेडियाहीमा रहेकाे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रा.लि. बीच बुधबार एक विशेष सम्झौता सम्पन्न भएको हो । सम्झौता अनुसार अब जगरनाथपुर गाउँपालिकाका बासिन्दाहरूले नेशनल मेडिकल कलेजमा विभिन्न स्वास्थ्य उपचार सेवामा उल्लेखनीय छुट पाउने भएका छन्। यसले आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई ठूलो राहत पुर्‍याउने विश्वास गरिएको छ। सम्झाैता पत्रमा जगरनाथपुर गाउँपालिकाकाे तर्फबाट गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव र अस्पतालकाे तर्फबाट अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीले हस्ताक्षर गरेका छन् । सम्पन्न…

थप