काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त कीर्तिपुरका डीएसपी राजुबाबु महर्जनलाई तानेको छ।
उनी कार्यरत वृत्तबाट फिर्ता बोलाइएपछि डीएसपी शिवकुमार बुढाथोकीलाई नयाँ प्रमुखका रूपमा कीर्तिपुर पठाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रधान कार्यालयको निर्णयअनुसार महर्जनलाई केन्द्र उजुरी छानबिन शाखामा तानिएको हो ।
यससँगै अब कीर्तिपुर वृत्तको नेतृत्व डीएसपी बुढाथोकीले सम्हाले छन्।
नेपाल प्रहरीमा पछिल्ला दिनमा विभिन्न वृत्त र युनिटमा अधिकृतहरूको काज सरुवा र फेर्नी प्रक्रिया तीव्र गतिमा जारी रहेको छ।
Facebook Comments Box
