काठमाडौं । ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी रामकुमार यादव तानिएका छन् । ६ महिनाअघि सातदोबाटो सरुवा भएका यादवलाई उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा काज सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सातदोबाटोमा डीएसपी पूर्णिमा चन्दलाई पठाउने निर्णय गरेको छ । स्वयम्भू वृत्तको कमाण्ड गरेकी चन्द जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिइन् ।
आर्थिक गतिविधि शङ्कास्पद देखिएपछि यादवलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ ।
Facebook Comments Box
