काठमाडौं । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् ।
आज बिहान उनी साइबर ब्युरो पुगेका थिए ।
उनीसँग बयान लिइएको ब्युरो स्रोतले जानकारी दियो ।
बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् ।
बस्नेतकाे बयान लिने काम भइरहेको स्रोतले जनायो ।
Facebook Comments Box
