Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
सिन्धुली । कमलामाई–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बोम्जनको भान्सामा पेट्रोल खन्याएर आगो लगाई हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत आइतबार दिउँसो ४ बजे घरको भान्सामा आगलागी हुँदा सुशीलाको घटनास्थलमै मृत्यु भयो। उनलाई बचाउन खोज्दा ससुरा दुर्गामान बोम्जन घाइते भए। मृतक सुशीलाले बिहान ९ बजे आमा बुद्धिमायासँग रुँदै “मलाई मार्ने धम्की दिइरहेका छन्, लिन आउनु” भनेकी थिइन्। तर माइती पक्ष भोलिपल्ट लिन जाने तयारीमै रहँदा दिउँसो घटना घट्यो। अनुसन्धानका क्रममा नन्द मीना बोम्जनले ५ लिटर पेट्रोल किनेर भान्सामा सुशीलामाथि खन्याई लाइटरले आगो लगाएको स्वीकार गरेको सिन्धुली प्रहरी प्रवक्ता डीएसपी सूर्यप्रकाश सुवेदीले बताए। बयानमा हत्यामा परिवारकै साथ रहेको समेत खुलाइएको…
काठमाडौं। अब २ दिनभित्रै राहदानी (पासपोर्ट) पाइने भएको छ । राहदानी विभागले आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने जानकारी दिएको हो । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको विभागले जनाएको छ । विभागका अनुसार यसअघि अन्तरिम अवधिका लागि सात लाख थान राहदानी पुस्तिका उपलब्ध गराउने निर्णय भएको थियो । विभागले हाल पूर्ण क्षमतामा राहदानी आपूर्ति गराइरहेको जनाएको छ । राहदानी जिल्ला, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएकालाई उपलब्ध गराइनेछ । गत मंसिर १५ सम्म आवेदन दिएकालाई यही पुस १५ गतेसम्म नयाँ राहदानी उपलब्ध गराइनेछ भने त्यसपछि आवेदन दिएकालाई क्रमशः उपलब्ध गराइने विभागले जनाएको…
साहसिक र उत्कृष्ट कार्य गर्ने इन्स्पेक्टर खड्का मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित
सिन्धुली । अपराध नियन्त्रण, फरार अभियुक्त पक्राउ तथा अवैध हतियार बरामदमा साहसिक नेतृत्वदायी भूमिका निर्वाह गरेबापत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सपना खड्का २०८२ साल मंसिर महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित भएकी छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले इन्स्पेक्टर खड्कालाई उत्कृष्ट प्रहरी घोषणा गर्दै कदरपत्रसहित नगद पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्। विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक दक्षता, लगनशीलता र कर्तव्यप्रतिको समर्पणका साथ शान्ति-सुरक्षामा उल्लेखनीय योगदान पुर्याएबापत उनलाई यो सम्मान दिइएको एसपी सुवेदीले बताए। इलाका प्रहरी कार्यालय डकाहाकी कार्यालय प्रमुखको जिम्मेवारीमा रहेकी इन्स्पेक्टर खड्काको कमाण्डमा कात्तिक ४ गते अवैध भरुवा बन्दुक लुकाएर…
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी बृत्त गौशालामा कार्यरत नायब उपरीक्षक (डीएसपी) प्रकाश श्रीमललाई २०८२ साल मंसिर महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (Police of the Month) का रूपमा घोषणा गर्दै सम्मान गरेको छ। परिसरले संगठनले दिएको जिम्मेवारीलाई लगनशील, कर्तव्यनिष्ठ र व्यावसायिक दक्षताका साथ निर्वाह गर्दै अपराध अनुसन्धान र प्रहरी कारबाहीमा प्रभावकारी भूमिका खेलेको आधारमा डीएसपी श्रीमललाई उत्कृष्ट प्रहरीका रूपमा चयन गरेको जनाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले डीएसपी श्रीमललाई प्रशंसापत्र प्रदान गर्दै उनको कार्यसम्पादनको उच्च प्रशंसा गरे। सम्मानपत्रमा भनिएको छ, ‘सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरिकका माझ प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिमा तपाइँले पुर्याउनु भएको योगदानको…
धनकुटा । कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय धनकुटाको निरीक्षण भ्रमण गर्दै प्रहरी कर्मचारीलाई संगठनको गरिमा उच्च राख्न एकताबद्ध, अनुशासित र नागरिकमैत्री भएर काम गर्न निर्देशन दिएका छन्। निरीक्षणका क्रममा डीआईजी घिमिरेले कार्यालय भवन, सेवा प्रवाह प्रणाली, विभिन्न शाखा तथा हिरासत कक्षको सूक्ष्म अवलोकन गर्नुका साथै सुरक्षासम्बन्धी व्यवस्थापन र जनशक्ति परिचालनको अवस्थाबारे जानकारी लिएका थिए। निरीक्षणपछि आयोजित सम्बोधनमा उनले प्रहरी सेवाको मूल आधार नै अनुशासन, इमान्दारिता, कानुनी आचरण र व्यावसायिक दक्षता भएको उल्लेख गर्दै प्रहरी संगठनप्रतिको निष्ठालाई व्यवहारबाटै प्रमाणित गर्नुपर्ने बताए। सम्बोधनका क्रममा उनले भने, ‘प्रहरीको वास्तविक शक्ति एकता र नागरिकको विश्वास हो। त्यो…
टोल-समाजमै पुगेर सुरक्षा सेवा दिने काठमाडौं प्रहरीको नयाँ योजना, ‘हाम्रो प्रहरी’ कार्यक्रम लागू
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नागरिक र प्रहरीबीचको सम्बन्ध, सहकार्य तथा सामुदायिक सुरक्षा मजबुत बनाउन आजदेखि ‘हाम्रो प्रहरी’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ। मंगलबार काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले कार्यक्रम शुभारम्भ गर्दै नागरिक–प्रहरी सम्बन्धलाई थप बलियो बनाई अपराध नियन्त्रण, अनुसन्धान, विपद् उद्धार, नागरिक सुरक्षा, सामाजिक सद्भाव र अमन–चयन कायम गर्न सामूहिक ऐक्यबद्धता निर्माण गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको जानकारी दिए। ‘प्रहरीको काम अब कार्यालयभित्र मात्रै सीमित हुँदैन, हामी टोल–समुदाय, विद्यालय र समाजसम्म पुगेर नागरिकसँगै सुरक्षा चुनौतीको समाधानमा काम गर्नेछौँ,’ एसएसपी थापाले सम्बोधनका क्रममा भने। परिसरकाअनुसार, काठमाडौं प्रहरीले आफू मातहतका हरेक प्रहरी कार्यालयमार्फत टोल, समाज र…
असई पाठक ‘Police of the Month’ घोषित, फरार अभियुक्तदेखि नक्कली गुट्खा अपरेसनसम्म सफलता
रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) निलेश पाठक २०८२ साल मंसिर महिनाको ‘महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रविन कार्कीले असई पाठकलाई उत्कृष्ट प्रहरी घोषणा गर्दै कदरपत्रसहित नगद पुरस्कार तथा सम्मान प्रदान गरेका हुन्। विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पूर्ण पालना गर्दै व्यावसायिक दक्षता, लगनशीलता र कर्तव्यप्रतिको समर्पणका साथ शान्ति-सुरक्षामा उल्लेखनीय योगदान पुर्याएबापत उनलाई यो सम्मान दिइएको एसपी कार्कीले बताए। असई पाठकले उच्च मनोबल, साहस र अपराध नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गर्दै मंसिर महिनाभर जिल्लामा अनुसन्धान तथा अपरेसनतर्फ ठोस उपलब्धि हासिल गरेका छन्। उनको नेतृत्वदायी…
काठमाडौं । एमाले नेता ऐन महरकी श्रीमती १ लाख धरौटीमा छुटेकी छन्। विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुर गरेको भन्दै अनुजा श्रेष्ठविरुद्ध जिल्ला अदालत काठमाडौंले १ लाख धरौटी माग गरेको हो। सोही कसुरमा ऐन महर हिजो १ लाख धरौटीमा छुटेका थिए । https://scoopkhabar.com/?p=21369 महरदम्पतीविरुद्ध रश्मिला धामीले विद्युतीय करोबार ऐन, ०६३ को दफा ४७ अन्तर्गतको कसुरमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्। सोही कसुरमा पक्राउ पुर्जी जारी भएपछि उनीहरू फरार थिए।
काठमाडौं । सरोकार केन्द्रले नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीलाई विभिन्न सार्वजनिक र प्रशासनिक विषय समेटेर ध्यानाकर्षक सुझाव पत्र प्रस्तुत गरेको छ। उक्त कार्यक्रमका प्रमुख संयोजक सरोकार केन्द्रका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता गोविन्द पन्थी हुनुहुन्थ्यो। सरोकार केन्द्रबाट गएको पदाधिकारीको टोलिले सुझाव पत्रमा विशेषगरी बैदेशिक रोजगार र मानव तस्करी नियन्त्रणमा सुधारका उपायहरू प्रस्तुत गरेको महासचिव जीवन शर्माले जानकारी दिनुभयो, “हामीले वैदेशिक रोजगारसम्बन्धी चुनौतीहरू, रोजगारीका अवैध माध्यम र मानव तस्करी नियन्त्रणमा नेपाल प्रहरीले गर्न सक्ने पहलहरूलाई केन्द्रमा राखेर सुझाव पत्र तयार गरेर आईजीपी सापलाई बुझाएकाछौँ। यसले सम्बन्धित निकायहरूलाई नीति निर्माण र व्यावहारिक कदम चाल्न सहयोग पुर्याउनेछ।” सुझाव पत्रमा समेटिएका मुख्य बुँदाहरूमा समावेश छन्:…
काठमाडौं । नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र सम्बन्धी आरोपमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत एसएसपी लालबाबु गिरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । गिरी १६ पुस २०५२ मा प्रहरी सेवामा भर्ना भएका थिए। जागिर सुरु गर्दा बिहार स्कुल एक्जामिनेसन बोर्ड पटनाबाट सन् १९८८ मा एलएलसीको योग्यता हासिल गरेको प्रमाणपत्र पेस गरेका थिए। बिहारबाट उनले रोल नम्बर ७१८ को प्रमाणपत्र उल्लेख भएको कागजात पेस गरेका थिए। अख्तियारले बिहार बोर्डलाई पत्राचार गर्दा अभिलेखमा क्रमांक ५७६ सम्म मात्रै छापिएको पाइएको छ। बिहारबाट ल्याएको उक्त प्रमाण पत्र पेस…