Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
देश, नागरिक र संगठनको आवश्यकतालाई महसुस गरी गर्वका साथ सेवा प्रदान गर्न आईजीपी खापुङको निर्देशन
विराटनगर । संगठन प्रमुख प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण भ्रमण गर्नु भएको छ । असोज २७ गते निरीक्षण भ्रमणको सिलसिलामा पाल्नु भएका संगठन प्रमुख खापुङलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की लगायत प्रहरी अधिकृतहरुले स्वागत गर्नु भएको थियो । संगठन प्रमुख खापुङलाई प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो भने वहाँले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै परिसरमा रहेको पलान्चोक भगवती मन्दिरमा पूजा अर्चना गर्नु भई कार्यालय परिसरमा बृक्षारोपण समेत गर्नुभएको थियो । निरीक्षण भ्रमणको क्रममा पाल्नु भएका खापुङले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण गर्नुका साथै कार्यालयको सभाहलमा उपस्थित…
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बाराले जिल्ला प्रहरी कार्यालय बारामा किटानी जाहेरी दिएको छ । संघले सोमबार दिउँसो जाहेरी दिँदै दुवै जनालाई जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट, तोडफोड र सरकारी संरचनामा भएको विध्वंसमा प्रत्यक्ष तथा परोक्ष संलग्नता रहेको आरोप लगाएको छ । संघले सो घटनाका लागि शाह र गुरुङलाई जिम्मेवार ठहर गर्दै कानूनी कारबाहीको माग गरेको हो। जाहेरी दिनुअघि राष्ट्रिय युवा संघ बाराले मोटरसाइकल र्यालीमार्फत शक्ति प्रदर्शन गरेको थियो । एमाले पार्टी कार्यालय पन्नाबागमा भेला भएका कार्यकर्ताहरूले “राज्यविरुद्धको अराजकता र हिंसा अन्त्य गरौं” भन्ने…
विवाह गरेर भागेको जोडी खोज्दै पुगेको प्रहरीले मध्यरातमा युवकका मामालाई कुटेर टाउको फुटायो
काठमाडौं । प्रेम विवाह गरी घरबाट भागेका युवायुवती खोज्दै पुगेको प्रहरीले मध्यरातमा चितवनको माडी नगरपालिका–२ का कालुराम मर्दनियाको घरभित्रै पसेर कुटपिट गरेको घटनाले स्थानीयवासी आक्रोशित भएका छन्। घटनाले तनावग्रस्त अवस्था निम्त्याएको छ। थारु समुदायले यसलाई ‘अनावश्यक प्रहरी हस्तक्षेप र ज्यादतीको घटना’ भन्दै कडा आपत्ति जनाएको छ। असोज २२ गते राति इलाका प्रहरी कार्यालय माडीको टोली कालुरामको घरमा जबरजस्ती प्रवेश गरेर कुटपिट गरेको आरोप लागेको हो। घटनामा कालुराम घाइते भएका छन् भने उनको घरभित्र श्रीमतीसमेत कुटिएको थारु कल्याणकारीणी सभाले जनाएको छ। सभाका सभापति शुक्रमिया महतोले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रातको समयमा बिना अनुमति घरभित्र पस्ने, स्थानीयलाई लछारपछार गर्ने र…
काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन्। गत शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयले सरुवा भएका रानाले आज प्रदेश प्रहरी कार्यालय पुगेर कमाण्ड सम्हालेका हुन्। पदभार ग्रहण समारोहमा प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी अधिकृत, कैलाली र कञ्चनपुरका प्रहरी कार्यालय प्रमुखहरू तथा अन्य प्रहरी अधिकृत–कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए।
पर्सा । पर्सा जिल्लाका विभिन्न सीमावर्ती नाकाहरूबाट ठुलो मात्रामा तस्करी पुनः सुरु भएको छ। स्थानीयवासी र व्यापारीहरूले जिल्ला प्रहरी कार्यालय पर्सामाथि नै तस्करहरूलाई ‘लाइन’ दिएको गम्भीर आरोप लगाएका छन्। प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकले जिल्लाको जिम्मेवारी सम्हालेपछि केही समय रोकिएको तस्करी गतिविधि फेरि तीव्र बनेको हो। तस्करीका वस्तुहरू कपडा, पेट्रोलियम पदार्थ, मदिरा, गुट्खा, खाद्यान्नदेखि औद्योगिक सामानसम्म खुलेआम आवतजावत भइरहेको बताइएको छ। सीमा नाकामा प्रहरीको मिलेमतो पर्साका प्रमुख नाका- ईनर्वा, भन्सार, छपकैया, श्रिसिया, अमरपट्टी, खेस्राहा, धोरै, सबैठवा, भिस्वा, टिहुकी, बुढगाई, मिर्जापुर, महादेवपट्टी, असवारी, जानकीटोला र स्वर्णपुर हुँदै तस्करी निर्बाध रूपमा चलिरहेको स्थानीयको दाबी छ। उनीहरूका अनुसार सीमामा तैनाथ…
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा आज सीआईबी (केन्द्रीय अनुसन्धान ब्यूरो) को टोलीद्वारा पक्राउ परेका छन्। उनीमाथि फ्लाई दुबईको FZ0578 उडानमार्फत ल्याइएको सुन तस्करी प्रकरणमा संलग्नता रहेको आरोप छ। २०७९ पुस १० गते चीनियाँ नागरिक लि हानसोङ नेपाल आएका थिए। उनले ल्याएका दुईवटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप राखिएका थिए । ती भेपभित्र करिब ९ किलो सुन लुकाइएको अनुसन्धानमा खुलेको छ। उक्त सुनको मूल्य करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको थियो। सीआईबीको अनुसन्धानले देखाएको छ कि यो सुन भन्सारका नासु रेवन्त खड्का लगायतका कर्मचारी र व्यापारीहरूको मिलेमतोमा बेचिएको थियो। महरा भन्सारमा सुन छुटाउन दबाब दिएको आरोपमा तानिएका हुन्। यसअघि…
पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका वडा नं ६ का नेकपा माओवादीका नेता शिव कुमार साह तेली बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। पर्सा प्रहरीको विशेष टोलीले बुधबार २२ गते वीरगञ्जबाट उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले दिएको जानकारीअनुसार तेलीले आफ्नो बैंक खातामा पर्याप्त रकम नरहेकाे थाहा हुँदाहुँदै झुक्याएर विभिन्न व्यक्तिलाई चेक दिएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले उक्त कार्य बैंकिङ कसुरमा पर्ने स्पष्ट गर्दै उनीविरुद्ध म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिएका छन्। तेली पूर्वमा स्वतन्त्र उम्मेदवारको रूपमा प्रदेश सभा निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए भने आगामी सखुवा प्रसौनी गाउँपालिकाको गाउँपालिका अध्यक्षको लागि प्रत्यासी…
काठमाडौं । अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा छापा हानी ४५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार छुट्टाछुट्टै टोली बनाएर नेपालगञ्जस्थित मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मारिएको हो । स्राेतका अनुसार ती होटलहरूमा अनैतिक कार्य तथा गतिविधि भइरहेको गुनासो प्राप्त भएपछि प्रहरीको संयोजनमा छापा मारिएको हो । उक्त क्रममा ३१ महिला र १४ पुरुषलाई नियन्त्रणमा लिइएको छ, जसमा आठ जना भारतीय नागरिक पनि रहेका छन् । डीएसपी पातलीका अनुसार होटल सञ्चालकहरूलाई समेत पक्राउ गरि र आवश्यक अनुसन्धान जारी रहेको छ ।
वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा आज (शनिबार) निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिमरास्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो। शिविरमा नारायणी अस्पतालका डा. दीपक चौरसिया, न्युरो सर्जन डा. सफरोज अन्सारी, छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन ) neuro dr. सफरोज अनसरी ent dr फिरोज अनसरी र नेत्र रोग विशेषज्ञ डा. प्रभात चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्य परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निशुल्क औषधि वितरण गरिएको डा. दीपक चौरसियाले जानकारी दिए। दिपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त निशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए।
वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा आज (शनिबार) निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिमरास्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो। शिविरमा नारायणी अस्पतालका डा. दीपक चौरसिया, न्युरो सर्जन डा. सफरोज अन्सारी, छाला रोग विशेषज्ञ डा. अभिषेक सुमन ) neuro dr. सफरोज अनसरी ent dr फिरोज अनसरी र नेत्र रोग विशेषज्ञ डा. प्रभात चौरसियाले स्वास्थ्य परीक्षण गरेका थिए। स्वास्थ्य परीक्षणसँगै आवश्यक बिरामीहरूलाई निशुल्क औषधि वितरण गरिएको डा. दीपक चौरसियाले जानकारी दिए। दिपावली तथा छठ पर्वको अवसरमा आयोजित उक्त निशुल्क स्वास्थ्य शिविरमा दुई सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका थिए।