Author: Scoop Khabar

बारा । बारामा नेपाल प्रहरीका सईकाे साथबाट सरकारी पेस्तोल रहस्यमय ढंगले हराएको घटनाले प्रहरीमा हलचल मच्चाएको छ । इलाका प्रहरी कार्यालय कबहीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएमको सरकारी पेस्तोल हराएपछि घटनाको छानबिनका लागि सो कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको हो । घटना बाहिरिएलगत्तै मधेस प्रदेश प्रहरी कार्यालयले इप्रका कबहीमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरीलाई प्रदेश कार्यालयमा झिकाएर अलग–अलग राखी सोधपुछ सुरु गरेको छ । कबहीमा भने सुरक्षाको जिम्मेवारी सम्हाल्न प्रहरीको अर्को टोली खटाइएको छ। प्रहरीका अनुसार पेस्तोल हराएको घटना गत पुस ११ गते भएको हो । जानकारी प्राप्त भएपछि…

थप

बझाङ । विशेष अदालतले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, वडाध्यक्ष र कर्मचारीसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। सिम्लका घट्ट सिँचाइ कुलो निर्माणमा नक्कली कागजात तयार गरी भ्रष्टाचार गरेको अभियोगमा अदालतले उनीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको हो। न्यायाधीश तेजनारायण सिंह र रामबहादुर थापाबीच राय बाझिएपछि आइतबार विशेष अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा मुद्दा पेश भएको थियो। सिंहले दिएको दोषी ठहरको रायमा न्यायाधीश श्रेष्ठले समर्थन गरेसँगै खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, वडा नम्बर ४ का तत्कालीन वडा अध्यक्ष भिम बहादुर रोकाया, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, इन्जिनियर सुरेन्द्र बहादुर खाती, असिस्टेन्ट सब–इन्जिनियर जनक थापा…

थप

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ। देशका विभिन्न ठाउँहरूमा पछिल्ला दिनहरूमा देखिएका केही सामाजिक र धार्मिक घटनाक्रमको समीक्षा र वस्तुस्थितिको समग्र आङ्कलन र सुरक्षा रणनीति बारे बुझ्न बैठक गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरु भएको हो। थप विवरण आउन बाकी ।

थप

काठमाडौं । अवैध लागूऔषधसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, झापा गाउँपालिका-५ बिरिङ्पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७ सय १० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-४ बस्ने २६ वर्षीय सचिन श्रेष्ठ समेत ३ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१२ प ५२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिन्धुली, दुधौली नगरपालिका-९ लखिमा चोकबाट अवैध लागूऔषध गाँजा २ किलो ७ सय ९० ग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय बद्री खत्री…

थप

काठमाडौं । पुर्व–पश्चिम राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनका चालकसँग ट्राफिक व्यवस्थापनमा खटिएका सर्लाही ट्राफिक प्रहरीहरुले अनेकन बहानामा रकम असुल्ने र रकम नदिए दुःख दिने गर्दै आएको पाइएको छ । हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख रजोस घिमिरे छन् । उनले आफ्ना केही ट्राफिक प्रहरीलाई विश्वासपात्रका रुपमा परिचालन गरेर रकम असुली गरिरहेको विश्वस्त स्रोत बताउँछ । भारतीय नम्बरको गाडीहरूबाट विभिन्न चेकजाँचको बहानामा रकम असुल्ने गरेको कुरा केहीसमय अघि विभिन्न संचारमाध्यममा समाचार आएको थियो । भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छ र ट्राफिकसँग समन्वय गरि एजेन्टहरुले मालवाहक सवारीका साहुसँग ठेक्का मिलाई पास गराउँदै आएका छन्…

थप

वीरगन्ज । यातायात कार्यालयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराएर अवैध रकम (घुस) लेनदेन हुने गरेको घटना नौलो होइन । त्यस्तै घटना यातायात व्यवस्था  कार्यालय वीरगन्जको हाकिमले १० हजारदेखि ५० हजार रुपैयाँसम्म लिएर सवारी चालक अनुमति पत्र बिक्री गर्ने गरेको खुलासा भएको छ। यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख कुशेश्वरा शाह  हुन् । साह तत्कालीन  मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री कौशलकिशोर राय यादवको आशीर्वादले यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख भई आएका हुन् । प्रमुख साहले चैत १५ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेका छन् । साह आएको दिनदेखि नै यातायात कार्यालय वीरगन्जमा  पैसाको चलखेलमा धमाधम ट्रायल र लिखित परीक्षामा फेल भएकाहरूलाई…

थप

काठमाडौँ । गैरकानुनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौँको ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई पक्राउ गरेको हो । काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट विभिन्न कम्पनीको राउटर र एडप्टर, कम्प्युटर, युपिएसलगायत उपकरण बरामद गरेको ब्यूरोले जानकारी दिएकाे छ । पक्राउ परेका राजवंशीलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।

थप

काठमाडौँ । ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ६ः१३ मिनेट जाँदा ४.६ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षतिको विवरण प्राप्त भएको छैन।

थप

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनामा भएको छ। शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको एटीआर७२ को विमान अवतरणका क्रममा दुर्घटना भएको हाे । जहाजमा ४ जना चालक दलसहित ५१ जना सवार थिए । सबै सकुशल रहेको नेपाल प्रहरी जानकारी दिएको छ।

थप

काठमाडौं । बहुविवाहको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका डीएसपी मधु नेपाल कारागार चलान भएका छन् । असई समेत रहेकी उनकी कान्छी श्रीमती गिता पुरी भने ३० हजार रुपैयाँ धरौटीमा छुटेकी छिन् । जिल्ला अदालत, रुपन्देहीका न्यायाधीश चाणकमणि अर्यालको इजलासले आज डीएसपी नेपाललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो। https://scoopkhabar.com/?p=21077 जेठी श्रीमती तारा खनालको जाहेरीका आधारमा डीएसपी नेपाल २४ मंसिरमा पक्राउ परेका थिए। नेपाल जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा कार्यरत थिए। बिहीबार मुद्दा दायर भएकोमा शुक्रबार बयान र थुनछेकपछि अदालतले उनलाई थुनामा पठाएको हो। डीएसपी नेपाल यसअघि २०७४ सालमा पनि निलम्बनमा परेका थिए । बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी…

थप