वीरगन्ज । नेकपा एमालेका पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार युवा नेता प्रदीप यादवले मधेशको मुद्दा आफनो पहिलो प्राथमिकता रहेको बताएका छन्।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाका पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार यादवले नेपालीहरुको सपना साकार पार्न सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्।
आफनो क्षेत्रको मतदाता संगको घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका नेता यादवले जेनजीको माग र भावनालाई कदर गर्दै जेएनजीको सम्पुर्ण माग पुरा गर्ने भन्दै विकास, रोजगारी र स्थायित्वका लागि नेकपा एमालेलाई समर्थन गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।
उहाले जनताको मतले देशलाई सही दिशामा लैजाने विश्वास व्यक्त गर्दै आफु खानेपानी मन्त्री रहेको वेलामा पर्सा जिल्लाको वीरगन्ज लगायत मधेमा चापाकल सुखेर हाहाकार भएको बेला पानीको समस्या समाधान गरेर जनताको मन जितेको बताएकाछन् ।
प्रतिनिधिसभा उम्मेदवार यादवले पर्सा–१ मा एमालेको संगठनात्मक शक्ति, जनसमर्थन र कार्यकर्ता एकताका कारण निर्णायक जित सुनिश्चित रहेको दावी समेत गरेकाछन्।
यादवले आफु चुनाव जिते पनी न जिते सधै जनताको विचमा वसेर काम गरी रहेको वताए ।
यादवले आफु अरु उम्मेदवारको जस्तो खाली चुनाव चुनावका बेला मतदाताको घरमा पुग्ने नेता नभएको बताउदै चुनावमा मात्र जनताको घरघर पुग्ने उम्मेदवारहरु सँग सावधन रहेर मतदान गर्न मतदातालाई अनुरोध गरेका छन्।
उनले पर्सा–१ मा एमालेप्रति जनआकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता नै आफ्नो जितको मुख्य आधार भएको बताए।
एमालेको संगठन विस्तार र प्रभावशाली नेताहरूको प्रवेशका कारण पर्सा–१ मा चुनावी वातावरण पूर्ण रूपमा एमाले पक्षमा रहेको यादवले दाबी गरेका छन् ।
उहाले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेलाई भारी बहुमतले बिजयी गराउन आग्रह गरे ।
