काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर २ बाट कृष्णकुमार कार्कीलाई उम्मेदवार बनाएको छ। उनी भदौ २४ गते संसद् भवन भित्र छिरेर कुर्सी जलाउने र तोडफोड गर्ने व्यक्ति रहेको पाइएको छ।
मोरङ–२ का उम्मेदवार कार्की संसद भवन जलाउँदै गरेको दृश्य उनकै सामाजिक सञ्जालमा देख्न सकिन्छ ।
मोरङको रतुवामाई नगरपालिका–९ का स्थानीय कार्की भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीनिकटका अनुसार कार्की जेन–जी आन्दोलनको केही दिनअगाडि मात्र नेपाल फर्किएका थिए ।
तर, अकस्मात् २४ भदौमा भएको आगलागीमा उनको तस्वीर र भिडियो टिकटकमा फैलियो । उनी आफैँले समेत उक्त दृश्य फेसबुकमा राखेको भेटिएको छ । उक्त दृश्यमा कार्कीले आफ्ना समर्थकसहित बानेश्वरस्थित संसद भवन पुगेर आगो लगाउन सघाएको देखिएको छ ।
उनी उक्त घटनामा सक्रियतापूर्वक लागेको दृश्यले पुष्टि गर्छ । कार्कीले आफैँ तोडफोड र आगजनीमा संलग्न भएको स्वीकार गरेका छन् । तर, संसद भवनको कुर्सी मात्र आफूले जलाएको भन्दै उनले भवन भने घुसपैठियाले जलाएको जिकिर गरेका छन् ।
जापानमा बस्दा रवि लामिछानेलाई ‘सहकारी ठग’ भनेर आलोचना गर्ने कार्की अहिले उही पार्टीबाट चुनाव लड्दैछन्। यो निर्णयले रास्वपाभित्रै ठूलो असन्तुष्टि बढाएको छ।
