Author: Scoop Khabar

सोलुखुम्बु । काठमाडौंका सहकारीहरू फोडेर फरार रहेका एक शृङ्खलाबद्ध चोरी अभियुक्त सोलुखुम्बुको सदरमुकाम सल्लेरीमै बैंक फोड्ने प्रयास गर्दागर्दै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले थुलुङदुधकोशी गाउँपालिका–७ देउसाका ३८ वर्षीय धनकुमार राईलाई पक्राउ गरेको हो। उनीमाथि काठमाडौंसहित विभिन्न जिल्लामा चोरी र डकैतीमा संलग्न रहेको आरोप छ। प्रहरीका अनुसार गत मंगलबार राति करिब १ बजेतिर मुखमा मुकुण्डो लगाएका राई सल्लेरी बजारस्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयभित्र प्रवेश गरेका थिए। मुख्य ढोकाको चाबी फोडेर भित्र पसेका उनले दोस्रो तलामा रहेको च्यानल गेट रडको सहायताले तोडफोड गर्न थालेका थिए। तर, मध्यरातको असामान्य गतिविधि नजिकैका बासिन्दाले देखेपछि होहल्ला भयो। स्थिति नियन्त्रण बाहिर जान थालेपछि…

थप

जाजरकोट । आफ्नै साथीलाई हत्या गरेको आरोपमा जाजरकोटमा तीनजना बालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी वसन्तकुमार शर्माका अनुसार जुनीचाँदे गाउँपालिका–४ का १५ वर्षीय खिमराज विष्टको हत्या आरोपमा १४, १५ र १६ वर्षका तीनजना बालक मंगलबार पक्राउ परेका हुन् । उनीहरू सबै नाबालक भएकाले नाम सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ । केही दिनदेखि हराइरहेका विष्टको खोजी गर्ने क्रममा गाउँकै जंगलमा उनको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा उनकै साथीहरूको संलग्नता देखिएपछि पक्राउ गरिएको डीएसपी शर्माले जानकारी दिए । प्रहरीले जिल्ला अदालत जाजरकोटबाट पाँच दिनको म्याद लिई उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । शर्माका अनुसार श्रीपञ्चमी…

थप

बारा । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहारबाट आमा र छोराको हत्या भएको छ भने बुबासहित तीन जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा ३२ वर्षीय रामेश्वर मण्डल र उनकी ५२ वर्षीया आमा सुमित्री देवी मण्डल रहेका छन्। घटनामा सुमित्री देवीका श्रीमान् ५० वर्षीय जगरूप मण्डल, २२ वर्षीया छोरी रिना कुमारी र एक जना अन्य सदस्य घाइते भएका छन्। घाइतेहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार गएराति करिब ३ बजेतिर अज्ञात व्यक्तिहरूले घरभित्र प्रवेश गरी अन्धाधुन्ध रूपमा धारिलो हतियार प्रहार गरेका थिए। आमा र…

थप

काठमाडौं । गुल्मी जिल्ला नेपालको लुम्बिनी प्रदेशको पहाडी भू–भागमा अवस्थित एक ऐतिहासिक र प्राकृतिक सौन्दर्यले भरिएको जिल्ला हो। विगतका निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेले प्रभाव जमाउँदै आएका कारण गुल्मीलाई परम्परागत रूपमा मुख्य दलहरूको किल्लाका रूपमा हेरिँदै आएको छ। तर पछिल्ला निर्वाचनहरूमा त्यो राजनीतिक तस्बिर क्रमशः फेरिँदै गएको देखिन्छ। लामो समयदेखि उही अनुहार, उही शैली र उही आश्वासनबाट दिक्क भएका मतदाताहरू अब वैकल्पिक राजनीतिक शक्तिको खोजीमा छन्। यही जनभावना र परिवर्तनको चाहनालाई समेट्दै गुल्मीको राजनीतिक मैदानमा नयाँ शक्ति प्रवेश गरेको छ। सोही क्रममा उदीयमान राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले परम्परागत दलहरूको वर्चस्वलाई चुनौती दिने गरी गुल्मीमा सशक्त उपस्थिति…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङ क्षेत्र नम्बर २ बाट कृष्णकुमार कार्कीलाई उम्मेदवार बनाएको छ। उनी भदौ २४ गते संसद् भवन भित्र छिरेर कुर्सी जलाउने र तोडफोड गर्ने व्यक्ति रहेको पाइएको छ। मोरङ–२ का उम्मेदवार कार्की संसद भवन जलाउँदै गरेको दृश्य उनकै सामाजिक सञ्जालमा देख्न सकिन्छ । मोरङको रतुवामाई नगरपालिका–९ का स्थानीय कार्की भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका हुन् । उनीनिकटका अनुसार कार्की जेन–जी आन्दोलनको केही दिनअगाडि मात्र नेपाल फर्किएका थिए । तर, अकस्मात् २४ भदौमा भएको आगलागीमा उनको तस्वीर र भिडियो टिकटकमा फैलियो । उनी आफैँले समेत उक्त दृश्य फेसबुकमा राखेको भेटिएको छ । उक्त दृश्यमा कार्कीले आफ्ना…

थप

सुर्खेत । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) मुकुन्द रिजालले सोमबार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। केही दिनअघि मात्र सरुवा भई सुर्खेत आएका एसपी रिजालले कार्यालयमा उपस्थित भई जिम्मेवारी सम्हालेसँगै मातहतका ट्राफिक प्रहरी कर्मचारीलाई स्पष्ट निर्देशन दिएका छन्। उनले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, सवारी दुर्घटना न्यूनीकरण गर्ने र राजमार्गमा सुरक्षित यात्राको वातावरण सिर्जना गर्न विशेष जोड दिनुपर्ने बताएका छन्। एसपी रिजालले ट्राफिक प्रहरीको आचरण, व्यवहार र व्यवसायिक निष्ठा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। साथै उनले उत्कृष्ट काम गर्ने ट्राफिक कर्मचारीलाई प्रोत्साहन…

थप

इलाम । नेपाल प्रहरीभित्र अनुशासन, व्यावसायिक दक्षता र परिणाममुखी कार्यशैलीका लागि परिचित प्रहरी अधिकृत प्रहरी उपरीक्षक (एसपी) कुलदीप चन्दले इलाम जिल्ला प्रहरी कार्यालयको कमान्ड सम्हालेका छन्। सोमबार इलाम पुगेका एसपी चन्दले जिल्ला प्रहरी कार्यालय इलाममा आयोजित संक्षिप्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीसँग कार्यालयको सम्पूर्ण कार्यभार औपचारिक रूपमा बुझेका हुन्। पदभार ग्रहणपछि एसपी चन्दले मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिँदै शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, नागरिकमैत्री प्रहरी सेवा तथा कानुनको निष्पक्ष कार्यान्वयनमा प्रतिबद्ध भएर काम गर्न आग्रह गरे। उनले प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र व्यावसायिक क्षमताको उच्चतम प्रयोगमार्फत जनताको भरोसा जित्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। इलाम जिल्लाको सुरक्षा…

थप

शेखर छत्कुलीवीरगन्ज १२ माघफागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदिप यादव लगायत १८ जना विभिन्न पार्टीका तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् १२ जना स्वतन्त्र बाट १२ जना गरी जम्मा ३० जनाले उम्मेदवारी दिएका छन्। पर्सा जिल्लामा एमाले बाट प्रदिप यादव कांग्रेसबाट अनिल रुगँटा रास्वपाबाट हरी पन्त राप्रपाबाट नन्दु श्रीवास्तव जसपा नेपाल पार्टीको तर्फबाट राम नरेश यादव जनमत पार्टीका ओम प्रकाश सराफले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले संकटका बेला जनताको साथमा उभिने नेतृत्वलाई नै अबको चुनावमा मतदाताले छान्नुपर्ने समय आएको बताएका छन् । चुनावी प्रचार–प्रसार, घरदैलो अभियान…

थप

चितवन । नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर–२ की उम्मेदवार मिना खरेलले औपचारिक रूपमा आफ्नो चुनावी अभियान सुरु गरेकी छन्। भरतपुर महानगरपालिका–लन्कुस्थित आफ्नै निवासबाट सुरु भएको अभियानको अवसरमा विभिन्न राजनीतिक दल तथा समुदायमा आबद्ध महिलाहरूले उनको घरमै पुगेर भव्य स्वागत गरेका छन्। स्वागत कार्यक्रममा जिल्ला, प्रदेश, क्षेत्र, वडा र टोल तहसम्मका महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। उपस्थित महिलाहरूले खरेललाई आशिर्वाद दिँदै आगामी निर्वाचनमा विजयको शुभकामना व्यक्त गरेका थिए। चितवन क्षेत्र नम्बर–२ का प्रायः सबै भू–भागबाट महिलाहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा माहोल निकै उत्साहपूर्ण देखिन्थ्यो। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार खरेलले आफ्नै निवासमा महिला दिदीबहिनी तथा अभिभावकहरूबाट पाएको आशिर्वादले आफूलाई भावुक र उत्साहित…

थप

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आजदेखि सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट औपचारिक रूपमा चुनावी प्रचार सुरू गरेका छन् । एक भिडियो सन्देशमार्फत् उनले काठमाडौं–४ को माया, भरोसा र शुभेच्छा बोकेर सर्लाही आएको उल्लेख गरेका छन् । मधेश र पहाडबीचको दूरी घटाउँदै देशलाई जोड्ने उद्देश्यका साथ आफू मधेश आएको बताउँदै थापाले काठमाडौंका कथाहरू मधेशमा सुनाउन र मधेशका पीडा, कथा तथा व्यथाहरू बुझेर काठमाडौं लैजान चाहेको स्पष्ट पारे । ‘म सबैको सम्मान रहँदा मात्रै नेपालीको सम्मान रहन्छ भन्ने विश्वास राख्छु । म उत्तेजनाको राजनीतिमा विश्वास गर्दिनँ, तर अधिकारबिनाको एकतामा पनि मेरो विश्वास छैन,’ थापाले सन्देशमा भनेका छन् । पहिलो संविधानसभा…

थप