काठमाडौं । झापाको क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहको जित सुनिश्चित भएको छ। उनको अग्रताभन्दा गन्न बाँकी मत कम भएकाले उनको विजय निश्चित भएको हो।
पछिल्लो मतपरिणामअनुसार बालेनले ४७ हजार ७७९ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी रहेका एमालेका केपी शर्मा ओलीको १२ हजार ६९९ मत छ। बालेनले ३५ हजार ८० मतान्तरले अग्रता लिएका छन्।
यहाँ अब ३० हजार ९९५ मत मात्र गन्न बाँकी भएकाले बालेनको जित सुनिश्चित भएको हो।
यहाँ एक लाख ६ हजार ३७२ मत खसेको थियो। जसमध्ये ७५ हजार ३७७ मत गणना भइसकेको छ। निकटतम प्रतिस्पर्धीबाट चार गुणा धेरै मत ल्याएर बालेनले जित्ने अवस्था देखिएको छ। बालेन रास्वपाका प्रधानमन्त्रीका उम्मेदवार हुन्।
Facebook Comments Box
