Author: Scoop Khabar

संखुवासभा यो नामसँगै सम्झिन्छौँ- हिमाल, जङ्गल, नदी, जडिबुटी, श्रम र संघर्ष। यही माटोमा जन्मिएका एक छोरा आज फेरि यही माटोको भविष्य बदल्ने सपना बोकेर जनताको बीच उभिएका छन्- मिङ्मा शेर्पा। उनको जीवनकथा कुनै तयार स्क्रिप्ट होइन। उनी केवल चुनावी उम्मेदवार मात्र होइनन्। उनी संखुवासभाको वास्तविक अवस्था र भविष्यमा विश्वास राख्ने आवाज हुन्। उनै शेर्पा, हिमालका भरियादेखि संसदको बाटोमा कदम चालिरहँदा धेरैलाई अचम्म लाग्न सक्छ। गरिबीले छेकिएको पढाइ, संघर्षले बनेको बाटो संखुवासभाको दुर्गम भेगमा जन्मिएका शेर्पाको बाल्यकाल त्यति सहज थिएन। कलिलो उमेरमै गरिबी र पढाइ आफ्नो पहुँचभन्दा बाहिर हुँदा उनी काममा लाग्न बाध्य भए। रहरले होइन, बाध्यताले जीवनले उनलाई कठिन बाटोमा…

थप

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विष्णु प्रसाद भट्टलाई दिइएको छ। यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका सशस्त्रका डिआइजी मनिष थापा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि डिआइजी भट्टलाई सो जिम्मेवारी दिइएको हो। उनलाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सशस्त्रका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

थप

काठमाडौं । सशस्त्र प्रहरीले प्रतिनिधिसभा निर्वाचन अगाडि राजीनामा स्वीकृति, रवाना र बिदा बन्द गर्ने निर्णय गरेको छ । फागुन २१ मा सम्पन्न हुने निर्वाचन भन्दा अगाडी बिदा स्वीकृति र सरुवा भएकाहरूलाई रवाना लिन रोक लगाइएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले बताए । उनले भने, ‘निर्वाचन अगाडि राजीनामा स्वीकृति पनि नगर्न सम्पूर्ण युनिटहरूमा सर्कुलर गरिएको छ ।’ माघ १९ मा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सो सर्कुलर गरेको हो । सुरक्षाकर्मीलाई निर्वाचन सुरक्षामा केन्द्रित गर्नुपर्ने हुनाले सो निर्णय गरिएको डिएसपी थापाले बताए । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्रले आफ्ना सुरक्षाकर्मीलाई परिचालन गर्ने गरी रणनीति तय गरेको छ ।

थप

काठमाडौं । हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा पक्राउ परेका दावा भन्ने दाफुरी शेर्पालाई छुटाइदिने भन्दै ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नुवाकोट लिखु गाउँपालिका–१ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–८ नेपालटार बस्ने ४० वर्षीय दीपक थापामगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए । उनले भने, ‘वादी नेपाल सरकार प्रतिवादी दावा भन्ने दाफुरी शेर्पासमेत भएको हुन्डी कारोबारसम्बन्धी कसुर मुद्दामा यही माघ १५ गते पक्राउ परेका दाफुरी शेर्पाको आमालाई आफू प्रहरी रहेको र पाँच लाख रकम दिएमा दाफुरीलाई छुटाइदिन्छु भनी रकम ठगी गरी फरार रहेको अभियोगमा निजलाई पक्राउ…

थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा शान्ति–सुरक्षा मजबुत बनाउने उद्देश्यले सिसिटिभी प्रणालीको विस्तार, प्रभावकारी सञ्चालन र व्यवस्थापनबारे नेपाल प्रहरी र उपत्यकाभित्रका २१ स्थानीय तहबीच समन्वयात्मक छलफल सम्पन्न भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको संयोजनमा मंगलबार आयोजित कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका महानगरपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, सूचना प्रविधि शाखाका जिम्मेवार अधिकारीहरू तथा नेपाल प्रहरीका वरिष्ठ पदाधिकारीहरूको सहभागिता रहेको थियो। छलफलमा उपत्यकाको शान्ति–सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने र नागरिकको दैनिकीलाई थप सुरक्षित बनाउने विषयमा सिसिटिभी प्रणालीको जडान, मर्मतसम्भार, प्रविधिको प्रभावकारी प्रयोग तथा प्रहरी र स्थानीय तहबीचको अन्तरनिकाय समन्वयलाई अझ मजबुत बनाउने विषयमा विस्तृत छलफल गरिएको उपत्यका प्रहरी…

थप

गोरखा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र क्षेत्री जिसीले जिल्ला प्रहरी कार्यालय गोरखाको स्थलगत निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, व्यावसायिक र जनमुखी सेवा प्रवाहमा अझ कटिबद्ध हुन निर्देशन दिएका छन्। निरीक्षणका क्रममा डीआईजी क्षेत्रीले गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरूबाट सम्पादन भइरहेका सेवा प्रवाह, अपराध नियन्त्रण तथा अनुसन्धानको अवस्था, जिल्लाको वर्तमान शान्ति सुरक्षा, देखिएका समस्या र चुनौतीहरूका बारेमा विस्तृत जानकारी लिएका थिए। साथै, प्रहरीले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिहरूको समेत अवलोकन गरेका थिए। उनले प्रहरी सेवामा समयानुकूल सुधार, चुस्त–दुरुस्त व्यवस्थापन र नागरिकमैत्री व्यवहार अपरिहार्य रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र परिणाममुखी बनाउनु…

थप

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा रणनीति थप कडा बनाएको छ । हुलहुज्जत र अवाञ्छित गतिविधिको सम्भावना देखिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा एआईजीहरूलाई प्रदेशस्तरीय अनुगमनमा खटाइएको छ । एआईजीहरूको स्थलगत अनुगमन प्रतिवेदन र सम्बन्धित प्रदेश प्रहरी प्रमुख अर्थात डीआईजीहरूको सिफारिसका आधारमा फागुनको पहिलो सातादेखि अति संवेदनशील जिल्लामा एसएसपी र केही स्थानमा एसपीहरूलाई थप मद्दत टोलीका रूपमा खटाइने भएको छ । यसअघि जिल्लाको सम्पूर्ण शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला कमाण्डर एसपी/डीएसपीकै काँधमा रहँदै आएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार, सूचना संकलन, खतरा विश्लेषण र विगत निर्वाचनका घटनालाई आधार मानेर आवश्यक…

थप

काठमाडौं । राजधानीको बौद्धस्थित कुमारीगालमा रहेको एक पाँचतले घरबाट ठूलो परिमाणमा सुन–चाँदीका गहना चोरी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीका अनुसार मंगलबार मध्याह्न करिब १२ बजेतिर उक्त चोरी भएको हो। चोरीमा करिब ३२ तोला सुनका गहना र अन्दाजी १० किलो चाँदीका गहना चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरको छतमा परिवारका सदस्य तथा अन्य मानिसहरू बसिरहेको समयमा चौथो तलामा रहेको कोठाबाट चोरी भएको प्रहरीले जनाएको छ। चोरी भएको कोठाको ढोका कब्जा फुकाइएको अवस्थामा फेला परेको छ, जसले चोरी योजनाबद्ध रूपमा गरिएको आशंका गरिएको छ। घटनापछि प्रहरी वृत्त बौद्धले आसपासका सिसिटिभी क्यामेराका फुटेज संकलन तथा विश्लेषण गरी अनुसन्धान…

थप

काठमाडौं । २ फागुन २०८० मा जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले सम्हाले । एसपी ढुंगेलले जिम्मेवारी सम्हालेसँगै चुनौतीहरु पनि थुप्रै थियो- तस्करी, लुटपाट, चोरी तथा गुण्डागर्दी नियन्त्रण । त्यसैले पर्सा देशको सबैभन्दा अति संवेदनशील जिल्लामा पर्छ । भारतसँगको खुला सीमाना भएका कारण जहाँ तस्करी र लुटपाट नहुने कुरै भएन । त्यतिमात्र नभएर भारतीय सुटरहरुको समेत पर्सामा बिगबिगि नै थियो । जसको नियन्त्रण गर्नु प्रहरी प्रशासनको कर्तव्य हो । प्रसंग जोडौं, एसपी ढुंगेलकै । प्रहरी संगठनमा खरो स्वभावका अधिकृत रुपमा चिनिने उनी निडर र साहसिक क्षमताका अधिकृत हुन् । ढुंगेल जहाँ कार्यरत रहँदा पनि संगठनको लागि…

थप

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) पछिल्ला वर्षहरूमा आन्तरिक विवाद, विभाजन र विश्वासको संकटबाट गुज्रिरहेको छ । यही अवस्थामा संगठनलाई पुनः एकीकृत, सुदृढ र आत्मनिर्भर बनाउने उद्देश्यसहित जापानबाट रोबिन प्रसाद शेरचन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अध्यक्ष पदको यात्रामा अघि बढेका छन्। सन् १९९८ मा उच्च शिक्षाका लागि विद्यार्थी भिसामा जापान आएका शेरचनका लागि त्यो यात्रा केवल व्यक्तिगत प्रगतिसम्म सीमित रहेन । दुई दशकभन्दा बढी समयको निरन्तर मेहनत, संघर्ष र उद्यमशीलताबाट शेरचन आज टोकियोमा नेपाली समुदायका बीच होटल तथा रेष्टुरेन्ट व्यवसायमा स्थापित र विश्वासिलो नाम बनेका छन्। व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई सँगै बोकेर हिँड्ने व्यक्तित्वका रूपमा उनी चिनिन्छन्। जापानमा रहेका नेपाली…

थप