Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको छ। पूर्व सुरक्षा अधिकारीबाट मन्त्री पदमा उक्लन लागेका भण्डारीको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन्। भण्डारी मूलतः सुदूरपश्चिमको बैतडीबाट हुन्। अन्तरिम सरकारले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व नपाएको भन्दै उठ्दै आएको आवाजबीच भण्डारीको नाम अन्तिम चरणमा पुगेको हो। उनी हाल काठमाडौंमै बसोबास गर्दै आएका छन्। भण्डारी प्रहरी सेवाबाट एआईजी पदका साथ अवकाशप्राप्त अधिकारी हुन्। सुरक्षा क्षेत्रमा लामो अनुभव बोकेका उनी श्रम–रोजगारजस्तो संवेदनशील मन्त्रालयको नेतृत्व लिन लागेका छन्। त्यस्तै कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, माधव चौलागाईं…
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, नम्बर १३ गण हेडक्वार्टर पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सादा पोशाकमा परिचालन गरेका घुमुवा जवान रामराज यादवलाई काठमाडौंस्थित हेडक्वार्टर तानिएको छ । स्रोतका अनुसार, ५–६ वर्षदेखि पर्सामा कार्यरत यादव संगठनको नीति विपरीत लामो समय एउटै जिल्लामा बसेर अवैध असुली र तस्करीमा संलग्न रहेको गुनासो तथा उजुरी उच्चस्तरमा पुगेपछि उनलाई तानिएको हो । घुमुवा यादव तानिए पनि एसपी भट्टका प्रमुख सहयोगी र घुमुवा कमान्डर, सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल अझै पर्सामा असुली कार्यमा परिचालन भइरहेको छ। आई.डी. नं. ३०७७ भएका प्रहरी निरीक्षक मल्ल हाल स.प्र.बल, नेपाल नं. ४६ गुल्म हे.क्वा. डोल्पामा…
सुशील दर्नाल/रासस काठमाडौँ । राजधानीमा जारी ‘साफ महिला क्लब च्याम्पियनसिप’ फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा भारतको इष्ट बङ्गाल विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा इष्ट बङ्गालले पाकिस्तानको कराची सिटीलाई २–० गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको हो । इष्ट बङ्गालको लागि दुवै गोल सुलन्जना रावलले गरे । उनले खेलको पाचौँ मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको २१ औँ मिनेटमा पेनाल्टिमार्फत गोल गर्दै आफ्नो टोलीको जीत सुनिश्चित गरे । खेलको विभिन्न समयमा कराचीले गोल गर्न प्रयास गरेतापनि सम्भव हुन सकेन । प्रतियोगितामा दक्षिण एसियाका विभिन्न पाँच राष्ट्रका च्याम्पियन क्लवहरु…
सर्लाही । बिष्णु गाउँपालिका-६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोट सहित कौडेना गाउँपालिका-५ छपकैया बस्ने ३० वर्षीय फिरोज खानलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरा फेन्हाराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।
कञ्चनपुर । भीमदत्त नगरपालिका-३ भाँसी डेरा गरी बस्ने वेदकोट नगरपालिका-४ बगुन घर भएका २८ वर्षीय सुनिल बिष्ट समेत ५ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ४० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सुनिलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ सालघारी बस्ने २५ वर्षीय हेमन्त धामीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ…
चितवनको भरतपुर-१०, लाहुरेटोल।मंगलबारको शान्त साँझ अचानक चर्को गतिविधिले चितवनको लाहुरेटोल हल्लिन पुग्यो। घर-आँगनमा अरू दिनझैँ शान्ति थियो, तर प्रहरीको गोप्य ‘स्टेल्थ अपरेसन’ सुरु भएसँगै, बस्तीमा एकाएक चहल–पहल बढ्यो। लागूऔषध कारोवार बढ्दै गएको सूचनालाई पछ्याउँदै प्रहरी सहायक निरीक्षक (असई) हरि भट्टराईको कमाण्डमा गठन भएको विशेष टोलीले सो क्षेत्रमा निगरानी कडा बनाउँदै गएको थियो। अन्ततः त्यही निगरानीकै आधारमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहलाई घेराबन्दी गर्दै नियन्त्रणमा लिन सफल भयो। १४२ ग्राम ६८ मिलिग्राम हेरोइन बरामद टोलीले पक्राउ गरेको समूहको साथबाट १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ-नेपाली बजारमा यसको मूल्य लाखौँ पर्ने अनुमान छ। बरामद हेरोइन प्लाष्टिक र कागजमा बेरेर…
काठमाडौँ । प्रभु बैंकलाई १ अर्ब रुपैयाँभन्दा बढी हानी नोक्सानी पुर्याएको आरोपमा बैंकका रेमिट्यान्स विभाग प्रमुख सुजित शाक्य पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरको आरोपमा उनलाई आज ललितपुरबाट पक्राउ गरेको हो । ललितपुर महानगरपालिका-१७ कनिबहाल घर भएका ४२ वर्षीय शाक्यलाई उच्च अदालत पाटनको अनुमतिमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीका अनुसार शाक्यले नियम विपरीत ‘सुपर एजेन्ट’ खडा गरी प्रभु म्यानेजमेन्ट प्रा.लि.लाई पेस्की रकम दिएका थिए । उक्त कम्पनीसँगको रेमिट्यान्स कारोबार स्थगित भइसक्दा पनि लामो समयसम्म स्वार्थ समूहलाई त्यो रकम प्रयोग गर्न दिएर बैंकलाई आठ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ नोक्सान…
काठमाडौं । वैदेशिक रोजगार विभाग ताहाचलबाट विचौलियाको काम गर्ने १३ जना व्यक्तिहरू पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार १३ जनालाई पक्राउ गरेको हो । वैदेशिक रोजगारको सिलसिलामा ठगिएका पीडितहरू न्यायका लागि वैदेशिक रोजगार विभागमा जाँदा विचौलियाले घेराबन्दी गर्दै विभिन्न बहानामा बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए । श्रम स्वीकृतीका लागि विभागमा जाने सेवाग्राहीहरुलाई दु:ख हैरानी दिइ बिचौलिया प्रयोग गर्न बाध्य बनाउने गरेको प्रहरीले बताएको छ । पक्राउ पुर्जी जारी गरिदिन सहयोग गर्ने साथै वैदैशिक रोजगार मुद्दाका संलग्नहरूलाई आफ्नो समूहले पक्राउ गरिदिने जस्ता झुट्ठा प्रलोभन देखाइ मोलमोलाइ गर्ने गरेको प्रहरीले…
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ, भृकुटीमण्डप काठमाडौंमा नव-नियुक्त अध्यक्ष श्रीमती नविना खत्री कार्कीको सम्मानमा आयोजित स्वागत तथा पदभार ग्रहण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा संघका उपाध्यक्षहरू, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारीहरू, आसरा सुधार केन्द्रका प्रतिनिधिहरू, साधारण सदस्यहरू, साथै सिनियर र जुनियर प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीज्यूहरूको उल्लेख्य सहभागिता रहेको थियो। उपस्थितहरूले नयाँ नेतृत्वले संस्थालाई अझ प्रभावशाली ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै नव-नियुक्त अध्यक्ष खत्रीले नेपाल प्रहरी श्रीमती संघजस्तो गरिमामय र सामाजिक उत्तरदायित्व बोकेको संस्थाको नेतृत्व ग्रहण गर्नु आफैँमा अभिमान र प्रेरणाको विषय भएको बताइन्। उनले संघले स्थापना कालदेखि गर्दै आएको सामाजिक, मानविय तथा…
काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा पृथक गीत “उनिको स्विटर” सार्वजनिक भएको छ। गीत प्रेमिल जोडीहरुको कथामा आधारित रहेको छ। यस गीतमा पार्वती बिश्वकर्मा र राम परियारको स्वर रहेको छ भने पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को शब्द, गायक तथा संगीतकार रमेश बिक्रम रत्नको संगीत, रमेश सेञ्चुरीको एरेञ्ज, मनोज डंगोलको मिक्सिङ रहेको छ। यस गीतको भिडियोमा प्रकाश बराईली अभिब्यक्ति को निर्देशन, छायांकन, सम्पादन रहेको छ भने रबिन बिकको रंग संयोजन रहेको छ। उक्त गीतको भिडियोमा सुजन सुर्खेती, सुमित्रा पार्की, शिब पराजुली आदीको अभिनय रहेको छ। उनिको…