काठमाडौ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले अब देश जेन-जी जनादेश अनुसार अघि बढ्ने बताएका छन् । उनले गलत गर्ने कसैलाई छुट नपाउने बताए । मन्त्रालयमा पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन । अब कुनै काम गर्दा कुनै एक ठाउँमा निवेदन दिएपछि अरु ठाउँमा धाउन नपर्ने गरी एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने बताए ।
उनले केही काम गर्दा कसैले घुस वा पैसा माग्यो भने सीधै खबर गर्न पनि उनले अनुरोध गरे ।
उनले प्रहरीहरूलाई पनि नियम अनुसार काम गर्न निर्देशन दिए । उनले जेनजी आन्दोलनका क्रममा आफ्ना एकमात्र सन्तान गुमाएकी रचना खतिवडा खत्रीसँग पनि भेट गरेका छन् । मन्त्रीले जेनजी आन्दोलनमा खुट्टा गुमाएको तथा सहिद परिवारसँग पनि भेटेका छन् ।
Facebook Comments Box
