काठमाडौं । प्रहरीले ठमेल क्षेत्रबाट वेश्यावृत्ति लगायत अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा २० युवतीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरू अधिकांश योगाण्डाबाट नेपाल आएका बताइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल घुम्न आउने पर्यटकलाई सार्वजनिक स्थलमै हैरानी दिने तथा पैसामा बार्गेनिङ गर्ने गतिविधि बढेको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले उनीहरूमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि उनीहरूलाई १२ दिन थुनामा राख्न अनुमति दिएको छ। यसबारे जानकारी दिँदै एसपी पवन कुमार भट्टराईले कानुनी प्रक्रिया अघि बढाइएको बताए।
प्रहरीले ठमेल क्षेत्रमा अनैतिक तथा आपराधिक गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा पारिएको जनाएको छ।
