काठमाडौं । बालेन्द्र साह ‘बालेन’ आज प्रधानमन्त्री बन्दै छन्। उनले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री बन्दै गरेका बालेनको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीका डीएसपी दिपेश बश्याललाई दिइएको छ। प्रहरी प्रधान कार्यालयले उनलाई प्रधानमन्त्रीको प्रमुख सुरक्षा अधिकृत (पीएसओ) का रूपमा खटाएको जनाएको छ।
यसअघि बालेनले हिजो मात्रै संसद सदस्यको रूपमा सपथ लिएका थिए। त्यसको भोलिपल्टै प्रधानमन्त्री बन्ने प्रक्रियामा पुगेका उनी अहिले चर्चाको केन्द्रमा रहेका छन्।
नयाँ प्रधानमन्त्रीका रूपमा उनले अब देशको नेतृत्व सम्हाल्दै शासन, सुशासन र विकासका एजेन्डामा काम गर्ने अपेक्षा गरिएको छ।
Facebook Comments Box
