Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । ठमेल क्षेत्रमा सञ्चालन गरिएको रात्रिकालीन विशेष अपरेसनका क्रममा डान्सबार, क्लब तथा दोहोरीमा दलाली गर्ने र ती क्षेत्रमा काम गर्ने युवतीहरूसहित करिब ९० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्यटकलाई हैरानी दिने, सडकमा ग्राहक तान्ने तथा डान्सबार, क्लब र दोहोरी आसपास दलाली गर्ने गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरी वृत्त लैनचौर र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले ठमेल क्षेत्रमा रात्रिकालीन निगरानी तथा विशेष अपरेसन सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाउने, गुण्डागर्दी तथा पर्यटकलाई दुःख दिने गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले रात्रिकालीन अपरेसनलाई तीव्र बनाएको जनाएको छ। नियन्त्रणमा लिइएका…
तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा प्रहरीको दाबी- ‘अनुसन्धानमा कुनै कसर बाँकी राखेका छैनौँ’
काठमाडौं । बाराको जितपुरसिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ। गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलन भइरहेका बेला प्रहरीले घटनाको अनुसन्धानमा कुनै कसर बाँकी नराखेको दाबी गरेको हो। प्रहरीका अनुसार २०८३ भदौ १ गते बिहान करिब ८ः३० बजे गरिमा हराएको भन्दै उनकी आमा मानमति चौधरी थारुले जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएकी थिइन्। निवेदन प्राप्त हुनासाथ प्रहरीले मातहतका कार्यालय तथा तालुक कार्यालयमा हुलिया परिपत्र गरी खोजतलास सुरु गरेको जनाएको छ। खोजीका क्रममा प्रहरीले हुलास पछाडि, जगदम्बा पछाडि, सिमरा चोक, जितपुर, विमानस्थल, रंगशाला आसपासको जंगल, औराहालगायतका सम्भावित स्थानमा खोजतलास गरेको थियो।…
गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जनासहित लाइसेन्सबिना भरुवा बन्दुक राख्ने अर्का एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२ सुनार गाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन्। प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो ‘Prem Sunar’ नामको फेसबुक आईडीमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटोका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउने क्रममा उनलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो। प्रेम सुनारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्ने क्रममा उक्त भरुवा…
रौतहटमा आत्महत्याको डरलाग्दो तथ्यांक : एक वर्षमा १६३ जनाले ज्यान गुमाए, १६ वर्षमुनिका ३२ बालबालिका
रौतहट । रौतहटमा आत्महत्याको अवस्था पछिल्लो समय चिन्ताजनक बन्दै गएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लामा १६३ जनाले आत्महत्या गरेका छन्। अर्थात् औसतमा हरेक दुई–तीन दिनमा रौतहटमा आत्महत्याको एउटा घटना भएको देखिन्छ। प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्ने १६३ जनामध्ये १४६ जनाले झुण्डिएर र १७ जनाले विष सेवन गरेर ज्यान गुमाएका छन्। आत्महत्या गर्नेमा ४७ पुरुष, ५३ महिला, ७ बालक र ५६ बालिका छन्। उमेर समूहका आधारमा हेर्दा १६ वर्षभन्दा कम उमेरका ३२ जना, १६ देखि २५ वर्षका ६९ जना, २६ देखि ३५ वर्षका २२ जना, ३६ देखि ४५ वर्षका २० जना, ४६ देखि ६०…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय तथा विभिन्न युनिटका प्रमुखहरूलाई संगठनलाई थप चुस्त, जिम्मेवार र प्रभावकारी बनाउँदै नागरिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्। आईजीपी कार्कीले बिहीबार भर्चुअल माध्यमबाट नेपाल प्रहरीका विभिन्न ब्यूरो, प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा परिसर, ट्राफिक प्रहरी कार्यालय, विशेष सुरक्षा गण, विमानस्थल सुरक्षा कार्यालयलगायतका प्रमुखहरूलाई सम्बोधन गर्दै समसामयिक सुरक्षा अवस्था र प्रहरी कार्यसम्पादनबारे आवश्यक निर्देशन दिएका हुन्। भर्चुअल बैठकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,…
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नेपाल प्रहरीमा सेवा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा नेपाल प्रहरीका प्राविधिक एसएसपी लालबाबु गिरी दोषी ठहर भएका छन्। विशेष अदालतले बिहीबार गिरीलाई दोषी ठहर गर्दै पाँच हजार रुपैयाँ जरिवाना सुनाएको हो। न्यायाधीशहरू वासुदेव आचार्य, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उनलाई दोषी ठहर गरेको हो। गिरीले भारतको बिहारबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी २०५२ सालमा नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (सइ) पदबाट सेवा प्रवेश गरेका थिए। उनी पछिल्लो समय नेपाल प्रहरी अस्पतालमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)का रूपमा कार्यरत थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस ८ गते…
काठमाडौं । तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा इलाका प्रहरी कार्यालय सिमराका नायब उपरीक्षक (डीएसपी) दिलिप क्षेत्री र प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रकाश थापालाई जिम्मेवारीबाट हटाइएको छ। घटनाको अनुसन्धान तथा प्रहरी परिचालनमा कमजोरी भएको भन्दै डीएसपी क्षेत्री र इन्स्पेक्टर थापालाई सिमराबाट हटाइएको हो। डीएसपी क्षेत्रीको स्थानमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीएसपी दयाकृष्ण भट्टलाई इलाका प्रहरी कार्यालय सिमराको प्रमुखका रूपमा पठाइएको छ। प्रहरी निरीक्षकको स्थानमा भने कसलाई पठाउने भन्नेबारे थप निर्णय हुने बताइएको छ। तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई गम्भीर रूपमा लिँदै प्रहरी नेतृत्वले सिमराको कमान्ड परिवर्तन गरेको हो। घटनाको अनुसन्धानलाई प्रभावकारी बनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीमाथि दबाब…
काठमाडौं । संघीय संसद्अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्षमा सीमित गर्ने निर्णय गरेको छ। समितिको बिहीबार बसेको बैठकले राष्ट्र बैंक ऐन संशोधन गर्दै कार्यकाल तीन वर्ष कायम गर्ने निर्णय गरेको हो। प्रस्तावित व्यवस्था संसद्बाट पारित भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएमा नयाँ व्यवस्था लागू हुनेछ। यद्यपि, कार्यसम्पादन मूल्यांकनका आधारमा सरकारले आवश्यक ठानेमा उनीहरूको कार्यकाल थप दुई वर्षका लागि बढाउन सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। यसअनुसार उनीहरू बढीमा पाँच वर्षसम्म पदमा रहन सक्नेछन्। हाल गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। अर्थ समितिले राष्ट्र बैंक ऐनको दफा…
काठमाडौं । ललितपुरको सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रणमा उत्कृष्ट भूमिका खेलेका प्रहरी नायब उपरीक्षक (डीएसपी) वकिल बहादुर सिंह ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्। जिल्ला प्रहरी परिसर ललितपुरले साउन महिनाका लागि सिंहलाई उत्कृष्ट प्रहरी घोषणा गरेको हो। परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले उनलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका छन्। सातदोबाटो प्रहरी वृत्तमा कार्यरत सिंहले फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, लागुऔषध नियन्त्रण तथा जुवातास नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। सातदोबाटो क्षेत्रमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनमा देखाएको सक्रियता र कार्यसम्पादनका आधारमा उनलाई महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको परिसरले जनाएको छ।
निर्मला पन्तको हत्याको ८ वर्ष: हत्यारा खोज्दै एसएसपी नेतृत्वको टोली कञ्चनपुर पुगेर फर्कियो
काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ वर्ष पुग्न लाग्दा हत्यारा पत्ता लगाउन गठित एसएसपी कृष्ण पंगेनी नेतृत्वको अनुसन्धान समितिले कञ्चनपुर पुगेर अनुसन्धान थालेपछि काठमाडौं फर्किएको छ। अपराध अनुसन्धान विभागका एसएसपी पंगेनीको नेतृत्वमा गठित समितिमा एसपी दधिराम न्यौपाने, प्रहरी महानिरीक्षकको सचिवालयका डीएसपी हरि खतिवडा, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का इन्स्पेक्टर वीरेन्द्र बिसीलगायत १५ जना सदस्य छन्। समितिका संयोजक पंगेनीसहितको टोली यसै साता कञ्चनपुर पुगेर घटनासँग सम्बन्धित विषयमा स्थलगत अध्ययन तथा आवश्यक सोधपुछ गरी काठमाडौं फर्किएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एक प्रहरी अधिकृतले बताए। निर्मला पन्तको हत्या भएको आठ वर्ष पुग्न लाग्दा पनि घटनाको निष्कर्ष ननिस्किएपछि प्रहरी प्रधान कार्यालयले नयाँ ढंगबाट…