Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे । ‘जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईंहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ,’ नवनिर्वाचित सभापति थापाले भने ।…
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले यस्तो विश्वास व्यक्त गरेका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, ‘माघे सङ्क्रान्ति जस्ता पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा जातीय सद्भाव, विविधताको सम्मान र राष्ट्रिय एकता प्रवर्द्धनमा योगदान पुर्याउनाका साथै सम्पूर्ण नेपालीबिच बन्धुत्व, आपसी मेलमिलाप र सहिष्णुताको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।’…
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा बुधबार सम्पन्न गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्ति लगायतका विभिन्न प्रस्तावहरू सर्वसम्मतिले स्वीकृत गरेको छ। साधारण सभामा सहभागी शेयरधनीहरूले बैंकको प्रगति र भावी योजनाका बारेमा राखेका जिज्ञासाहरूमाथि अध्यक्ष भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए । ‘निरन्तर सहयात्रा’ भन्ने मूल नाराका साथ बैंकिङ सेवा दिइरहेको यस बैंकले सातै प्रदेशमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। हाल बैंकले देशका विभिन्न स्थानमा रहेका ८९ वटा शाखा कार्यालयहरू र…
काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औँ वार्षिक साधारण सभा पुस ३० गते काठमाडौँमा सम्पन्न भएको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१/८२ को लाभांश पारित गर्नुका साथै वार्षिक प्रतिवेदन समेत अनुमोदन गरेको छ। सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले समीक्षा वर्षमा विभिन्न आर्थिक चुनौतीका बावजुद कम्पनीको व्यवसाय सन्तोषजनक रहेको जानकारी दिइन्। यस अवधिमा कम्पनीको कुल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले बढेर ७७ अर्ब १० करोड २० लाख रुपैयाँ पुगेको छ भने लगानीमा औसत ८.७६ प्रतिशत…
काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालनमा रहेको फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ । बैंकले सोमबार आयोजना गरेको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौँ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका चौथो र पाँचौँ समूहका ४० जना सहभागीलाई नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले प्रमाणपत्र वितरण गरे । कार्यक्रममा छैटौँ समूहका २० जना सहभागीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । सो अवसरमा फेलोसिपमा सहभागी सामाजिक उद्यमीले उत्पादन…
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सम्झना अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै सोही आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । पारित लाभांशमध्ये ४ प्रतिशत शेयर लाभांश र ४.४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक…
काठमाडौं । स्पेनी महारथी क्लब रियल मड्रिड कोपा डेल रे फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दोस्रो टायरको क्लब अल्बासेटेसँग ३-२ ले पराजित हुँदै रियल बाहिरिएको हो । खेलमा अल्बासेटेका लागि जेफ्टे बेटानकरले २ गोल गर्दा जस्टो भिल्लाले १ गोल गरे । रियलका फ्रान्को मास्तानतुनो र गोन्जालो गार्सियाले १-१ गोल गरे । ४२औं मिनेटमा भिल्लाले गोल गर्दै अल्बासेटेलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा मास्तानतुनोले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफको ८२औं मिनेटमा बेटानकरले गोल गरेपछि अल्बासेटे फेरि अग्रतामा आएको थियो । इन्जुरी समयमा खेल रोचक बन्यो । इन्जुरी समयको पहिलो मिनेटमा…
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् तत्कालीन प्रतिनिधि सभा सदस्य श्याम घिमिरेले महामन्त्री र सहमहामन्त्रीहरूलाई कारबाही गर्न उक्साउनेमा आफू संलग्न नभएको दाबी गरेका छन्। पार्टीभित्रको आन्तरिक विवादमाआफू संलग्न नभएको भन्दै उनले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुला मन्सुरलाई कारबाही गर्न आफूले कुनै भूमिका नखेलेको उनले बताए। पार्टी भित्रको विवाद समाधान र एकता कायम राख्न आफूले पहल गरेको उनको भनाइ छ। कांग्रेसको बृहत्तर एकताका पक्षमा सधैं रहिरहेको भन्दै घिमिरेले सभापति शेरबहादुर देउवालाई पनि एकताकै पक्षमा लाग्न सुझाव दिएको बताए। ‘हिजोको केन्द्रीय समितिको बैठकमा कारबाहीको प्रस्ताव आउँदा र निर्णय हुँदाका बखत म बैठक हलभित्र पनि थिइनँ। कारबाहीको निर्णय हुँदा…
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीमा रहेकी टासी ल्हाजोमले आफ्नो उम्मेदवारी फिर्ता लिएको भन्ने समाचारको खण्डन गरेकी छिन् । विभिन्न सञ्चारमाध्यममा आफ्नो नाम समानुपातिक सूचीबाट हटेको वा फिर्ता लिएको भन्ने खबर आएपछि सामाजिक सञ्जालमार्फत उनले ती समाचारहरू आधारहीन भएको स्पष्ट पारेकी हुन् । टासीले आफू समानुपातिक बन्दसूचीबाट नहटेको र आफ्नो नाम हटाउनमा आफ्नो कुनै संलग्नता नरहेको बताएकी छिन् ।उनले आफूमाथि लागेका ’तिब्बती’ भएको आरोपको पनि प्रतिवाद गरेकी छिन् । आफू तिब्बती नभएको, ’फ्री तिब्बत’ अभियानमा कुनै पनि हिसाबले नजोडिएको र आफ्नो ब्वाइफ्रेन्ड पनि तिब्बती नभएको उनले दाबी गरेकी छिन् । बारम्बार स्पष्टीकरण दिँदा पनि गलत हल्ला फैलाइएको…
गगन थापालाई बधाई दिँदै बाबुरामले भने- संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस्
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचनाको सुरुवात नेपाली कांग्रेसबाट भएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा र उनको टिमलाई बधाई दिँदै भट्टराईले यस कदमले अन्य दलहरूलाई पनि अग्रगामी पुनर्संरचनातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै भट्टराईले भनेका छन्, ‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको शुरूवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाइ तथा शुभकामना।’ कांग्रेसमा भएको नेतृत्व परिवर्तनले देशको समग्र राजनीतिमा सकारात्मक सन्देश जाने अपेक्षा पनि व्यक्त गरेका छन्। ‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल…