Author: Scoop Khabar

चितवन । चितवनको नारायणगढ क्षेत्रमा रहेको वडा प्रहरी कार्यालयको टोलीमाथि पछिल्लो समय गम्भीर आरोपहरू सार्वजनिक हुन थालेका छन्। स्थानीय होटल व्यवसायीका अनुसार राति १० बजेदेखि मध्यरात १२ बजेसम्म प्रहरीको गाडी लिएर इन्स्पेक्टर नेतृत्वको टोली मासिक रकम नतिरेका होटल तथा व्यवसायिक स्थल बाहिर घुम्ने गरेको आरोप लागेको छ। नियमित रूपमा मासिक रकम नदिएका होटल तथा व्यवसायलाई लक्षित गर्दै प्रहरी टोली दबाब सिर्जना गर्न पुग्ने गरेको बताइन्छ। व्यवसायीहरूका अनुसार रकम उपलब्ध नगराए विभिन्न बहानामा दुःख दिने, अनावश्यक निगरानी बढाउने तथा त्रास सिर्जना गर्ने कार्य हुने गरेको गुनासो छ। यस्तै, नारायणगढ क्षेत्रमा आयोजना हुने विभिन्न कन्सर्ट तथा सांगीतिक कार्यक्रममा समेत रकमको लेनदेन नमिले…

थप

चितवन । भरतपुर महानगरको नारायणगढमा रहेको वडा प्रहरी कार्यालयमा विभिन्न प्रकारका अनियमितता तथा आर्थिक चलखेलका आरोपहरू सार्वजनिक भएका छन् । स्थानीय व्यवसायी तथा सर्वसाधारणले प्रहरीको व्यवहार र गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कुशराज कार्कीको कार्यशैली र प्रभावकारिताबारे स्थानीय स्तरमा गम्भीर बहस सुरु भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका दाबीहरू र स्थानीयस्तरमा उठेका गुनासापछि कार्यालय आसपासको अवस्था र प्रहरीको भूमिकामाथि प्रश्न उठ्न थालेको हो । दुई साताअघि स्थानीय एक पत्रकारले फेसबुकमार्फत् वडा प्रहरी कार्यालय नजिकै अवैध गतिविधि भइरहेको भन्दै सार्वजनिक पोस्ट गरेपछि यो विषय थप चर्चामा आएको हो । उक्त पोस्ट…

थप

काठमाडौं । पर्साको वीरगञ्जस्थित प्रहरी चौकी सिर्सिया (ड्राइपोर्ट) फेरि विवादमा तानिएको छ। चौकी प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) मानबहादुर जिम्बामाथि सीमावर्ती क्षेत्रमा हुने तस्करीलाई संरक्षण दिएको मात्र होइन, आफ्नै निजी गाडी प्रयोग गरेर अवैध सामान ओसारपसार गराएको आरोप समेत लागेको छ। स्थानीय स्रोतका अनुसार अलौ, खल्लवा सिर्सिया, कोनिया तथा आसपासका नाकाबाट पछिल्लो समय लत्ताकपडा, हार्डवेयर, मोटर पार्ट्स, चिनी, काजु, कस्मेटिक, ब्याट्रीदेखि मदिरासम्मका सामग्री अवैध रूपमा भित्रिने क्रम बढेको छ। रातिको समयमा प्रहरीकै ‘सेटिङ’मा सामान ओसारपसार हुने गरेको स्थानीयहरूको दाबी छ। यसअघि सई जिम्बाको ‘दाहिने हात’का रूपमा चिनिएका सादा पोसाकका प्रहरी हवल्दार नरेश गुप्ता सीमाक्षेत्रमा सक्रिय थिए। उनीमाथि रकम असुली…

थप

काठमाडौं । बाराको प्रहरी चौकी पथलैयाका ईन्चार्ज एवम प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) युवराज दाहालको घुमवाले असुली धन्दाकोे कारण ब्यापारीहरुले आतंक मच्चाएको गुनोसासँगै स्थानीय स्तरबाट आरोप उठन थालेको छ। प्रहरी चौकी पथलैयाका ईन्चार्जा बरिष्ठ सई दाहालले गाडीमा लोड रहेको तस्करीको सामानदेखि भारतीयगाडी सम्मको पैसा असुली गर्न आफ्नो विश्वासकोे पात्र रहेको विवादित घुमवा रमेश हमाललाई आर्थिक रकम असुलीमा प्रयोग गरिराखेका छन्। सई दाहालले घुमुवा राखी भारतका विभिन्न नाकाबाट हुने तस्करीका सामानहरूलाई पथलैयामा रोकी नियन्त्रणमा लिई कारोबारीलाई कार्यालयमा नै बोलाई बार्गेनिङ गरि छोड्ने गरेको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताए। बरिष्ठ सई दाहाल ले मधेस प्रदेसका पर्साको वीरगञ्ज, बाराको कलैया, रौतहटको गौर,…

थप

काठमाडौं । पर्साको वीरगञ्जस्थित प्रहरी चौकी गण्डकमा कार्यरत प्रहरीमाथि तस्करी नियन्त्रणभन्दा पनि अवैध कारोबारसँग ‘सेटिङ’ मिलाएर रकम असुली भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मनिष सिंह र प्रहरी हवल्दार प्रेम यादवको अवैध गतिविधिले संगठनकै बद्नाम भइरहेको छ। स्रोतका अनुसार वीरगञ्ज तथा कलैयाबाट सञ्चालन हुने रात्री बस, माइक्रोबस र विभिन्न ट्रान्सपोर्टका सवारी साधनबाट मासिक रूपमा रकम उठाउने गरिएको छ। अन्य जिल्लातर्फ जाने गाडीमार्फत अवैध सामग्री ओसारपसार हुने भए पनि प्रहरी कारवाहीभन्दा आर्थिक लेनदेनमै केन्द्रित हुने गरेको आरोप छ। स्थानीयहरूका अनुसार गण्डक नाका हुँदै दैनिक रूपमा शंकास्पद सामग्री बोकेका दर्जनौं सवारी साधन आवतजावत गर्छन्। तर, नियमित चेकजाँच…

थप

चितवन । कालिका नगरपालिका–स्थित श्री समीपुर माध्यमिक विद्यालयमा एसईई उत्तीर्ण तथा कक्षा ८ र ५ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको छ। विद्यालयमा आयोजित विशेष कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप साइकल वितरण गरिएको हो। विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। सो अवसरमा विद्यालयको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो। कार्यक्रममा समाजसेवी तथा युवा व्यक्तित्व रमेशजंग थापाले उत्कृष्ट विद्यार्थीहरूलाई दुई थान साइकल वितरण गर्दै शिक्षा क्षेत्रमा निरन्तर सहयोग आवश्यक रहेको बताएका थिए। उनले मेहनत, अनुशासन र लक्ष्यप्रति समर्पित हुन विद्यार्थीहरूलाई आग्रह गर्दै शिक्षा…

थप

काठमाडौं। विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्से हिमाल सफलतापूर्वक आरोहण गर्ने दुई महिला सशस्त्र प्रहरी कर्मचारीलाई एक तह बढुवा दिइने भएको छ। सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) निम डिक्की शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीले बढुवा पाउने भएका हुन्। सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले जेठ ८ गते प्रधान कार्यालय हलचोक, स्वयम्भूमा आयोजित सम्मान कार्यक्रममा आरोहीहरूलाई बढुवाको सूचना दिएका हुन्। शेर्पालाई तत्काल बढुवा प्रक्रिया अघि बढाइएको छ भने कार्कीलाई सहायक हवल्दार पदमा बढुवा भएको अवधि पुगेपछि हवल्दारमा बढुवा गरिने जानकारी दिइएको छ। महानिरीक्षक पौडेलले आरोहीहरूको सफलतापूर्वक सगरमाथा चुचुरोमा राष्ट्र र संगठनको झन्डा फहराउने कार्य गौरवको विषय…

थप

चितवन । सात वर्षअघि चितवनको खैरहनीस्थित नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउण्डभित्र एक मजदुरको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । लामो समयदेखि फरार रहेका आरोपीलाई पक्राउ गर्न सफल भएपछि चितवन प्रहरीले पुरानो हत्या प्रकरणमा उल्लेखनीय सफलता हात पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवन तथा मातहतका प्रहरी इकाइहरूको संयुक्त सक्रियतामा हत्या आरोपित बारा फेटा गाउँपालिका वडा नं. ४ निवासी पुनदेव भन्ने पञ्चदेब महरा पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी सुवास भट्टका अनुसार २०७६ साल चैत २३ गते साँझ खैरहनी–९ स्थित नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउण्डभित्र मजदुर बस्ने कच्ची घरमा ४६ वर्षीय सखिचन महराको…

थप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा विराटनगरस्थित कोइराला निवास पुगेका छन्। अहिले शेखर कोइराला बस्दै आएको घरमा आज बिहान पुगेका हुन्। कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले नेपाली कांग्रेसभित्र देखिएका असहजता र विमतिलाई सम्बोधन गर्नु सभापतिको जिम्मेवारी भएको बताए। उनले पार्टीभित्रको विवाद समाधानका लागि सबै नेतासँग मिलेर प्रयास भइरहेको बताए। उनले भने, ‘भित्र देखिएका विमतिहरूलाई सम्बोधन गर्ने पार्टी सभापतिको रूपमा मेरो जिम्मेवारी हो। हामी सबै साथीहरू मिलेर प्रयत्न गरिरहेका छौँ। सबै नेताहरूले अहिलेको अवस्था र गम्भीरता बुझ्नुहुन्छ भन्ने विश्वास छ।’ केन्द्रीय समिति बाहिर रहेका नेताहरूलाई पनि पार्टीको मूल संरचनाभित्र आएर काम गर्न आग्रह गरिरहेको बताए। सदस्यता व्यवस्थापन, अनुशासन समिति…

थप

काठमाडौं । झापा कारागारका एक कैदीको मृत्यु भएको छ । पाँचथरको साविक नागी गाविस –९ घर भई हाल जिल्ला कारागार झापामा जवरजस्ती करणी मुद्दामा सजाय काटिरहेका ६४ वर्षीय चन्द्रकुमार घिमिरेको आज बिहान मृत्यु भएको हो । बिहीवार साँझ ५ बजे स्वास फेर्न गाह्रो भएपछि उनलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारको लागि राति ९:४५ बजे ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो । सोही अस्पतालको आइसीयुमा राखी उपचार भइरहेकोमा गएराति ८ः५० बजे चिकित्सकको सल्लाह अनुसार बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । उपचार क्रममा आज बिहान ३ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको…

थप