काठमाडौं । बाराको प्रहरी चौकी पथलैयाका ईन्चार्ज एवम प्रहरी बरिष्ठ नायब निरीक्षक (सई) युवराज दाहालको घुमवाले असुली धन्दाकोे कारण ब्यापारीहरुले आतंक मच्चाएको गुनोसासँगै स्थानीय स्तरबाट आरोप उठन थालेको छ।
प्रहरी चौकी पथलैयाका ईन्चार्जा बरिष्ठ सई दाहालले गाडीमा लोड रहेको तस्करीको सामानदेखि भारतीयगाडी सम्मको पैसा असुली गर्न आफ्नो विश्वासकोे पात्र रहेको विवादित घुमवा रमेश हमाललाई आर्थिक रकम असुलीमा प्रयोग गरिराखेका छन्।
सई दाहालले घुमुवा राखी भारतका विभिन्न नाकाबाट हुने तस्करीका सामानहरूलाई पथलैयामा रोकी नियन्त्रणमा लिई कारोबारीलाई कार्यालयमा नै बोलाई बार्गेनिङ गरि छोड्ने गरेको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताए।
बरिष्ठ सई दाहाल ले मधेस प्रदेसका पर्साको वीरगञ्ज, बाराको कलैया, रौतहटको गौर, सर्लाहीको मलागंवा, महोतरीको बर्दिबास, धनुषाको जनकपुर, सिरहाको गोलबजार सप्तरीको राजविराजको व्यापारीहरुसँग तस्करीको सामानको रकम बुझि रात्रिकालीन बस, ईभि र सुमोमा आउने तस्करीका सामानहरू पथलैयामा कुनै पनि किसिमको चेकजाँचविना नै ड्युटी खर्च दिई पास हुने गरेको प्रत्यक्ष नै देख्न सकिन्छ।
बरिष्ठ सई भारतको रक्सौल र नेपालको मुख्य आर्थिक नगरी वीरगञ्जमा बसेर तस्करीका सामान ढुवानी गर्ने ट्रान्सपोर्ट सेवाका मालिकहरूसँग मोटो रकम लिई आफ्नो पथलैया सीमा पार गराउने गरेको खुलेको छ। ट्रान्सपोर्ट व्यवसायीहरूको भनाइ अनुसार प्रत्येक सवारी साधन र कम्पनीबाट मासिक १० हजारदेखि २० हजार रुपैयाँसम्म रकम उठाइने गरिएको छ।
यसले व्यवसायको लागत बढाउनुका साथै साना व्यवसायीहरूलाई थप मारमा पारेको उनीहरूको गुनासो छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम सम्बन्धित निकायको यस बिषयमा ध्यान जान यति आवशयक देखिएको छ।
