Author: Scoop Khabar

काठमाडौं । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बाट अलग भई प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दन शर्मा ‘प्रभाकर’ले जिल्लाको विकासमा आफूले गरेको योगदान नै आगामी निर्वाचनमा जितको मुख्य आधार हुने बताएका छन् । मंगलबार रुकुमपश्चिमबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका शर्माले आफ्नो निर्वाचन क्षेत्रमा प्रभाव पार्ने उद्देश्यले प्रचण्ड रुकुमपूर्व आएको टिप्पणी गरे। उनले रुकुमपूर्वमा आफूले गरेको विकासमा जस लिन प्रचण्ड पुगेको आरोप लगाउँदै भने,’मैले हेलिकप्टरबाट डोजर झारेर बनाएको सडकबाट प्रचण्ड रुकुमपूर्व आए।’ शर्माले आफूले रुकुम क्षेत्रमा सडक, पहुँच र पूर्वाधार विकासमा ऐतिहासिक काम गरेको दाबी गर्दै मतदाताले यसपटक ‘कामको मूल्यांकन’ गरेर मतदान गर्ने विश्वास व्यक्त गरे।

थप

पर्सा क्षेत्र २मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट  शुशिल साह कानुले उम्मेदवारी दर्ता गराएका छन्।रास्वपाका नेता तथा कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा  जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर  उम्मेदवार दर्ता गराएका हुन्।कानु वीरगन्ज महानगरपालिका वडा १० का वडा अध्यक्ष पदबाट राजिनामा दिएर रास्वपाबाट उम्मेदवारी दिएका कानु युवा पुस्तामाझ लोकप्रिय पनि मानिन्छन्। वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपाको देशैभर लहर देखिएको अवसरमा त्यही पार्टीबाट उम्मेदवार बनेका कानुले युवाहरूको मत सहजै आँफुतिर तान्ने आकलन गर्न थालिएको छ।

थप

काठमाडौं । देशैभर प्रतिनिधिसभा निर्वाचनको माहोल तातिँदै गएको छ। सडक, चोक, चिया पसलदेखि सामाजिक सञ्जालसम्म चुनावी बहसले प्राथमिकता पाएको छ। दलहरूले उम्मेद्वार टुंग्याइसकेका छन्, नेता–कार्यकर्ता मैदानमा उत्रिएका छन् र मतदाताको मन जित्ने प्रतिस्पर्धा अब खुला रूपमा सुरु भइसकेको छ। यसै सन्दर्भमा गोरखा क्षेत्र नम्बर १ यो पटक विशेष चासोको केन्द्र बनेको छ। कारण- पुराना दल र उदाउँदै गरेका नयाँ शक्तिबीचको प्रत्यक्ष भिडन्त। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–१ मा १३ जनाको उम्मेद्वारी परेको छ। नेपाली कांग्रेसबाट प्रेमकुमार खत्री, नेकपा (एमाले) बाट रामचन्द्र लामिछाने, नेकपा (पूर्वमाओवादी) बाट हरिराज अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सुदन गुरुङ प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन्।…

थप

काठमाडौं । पर्सा क्षेत्र २ मा नेपाली कांग्रेसबाट पुर्वमन्त्री अजय चौरसियाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्। चौरसिया तीन पटक सासंद र दुई पटक मन्त्री बनि सकेका चौरसिया फेरी पर्सा क्षेत्र नम्बर २ मा नेपाली काग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।

थप

काठमाडौं । पर्सा क्षेत्र १ मा नेकपा एमालेबाट पुर्व मन्त्री प्रदिप यादवले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार पार्टीका नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएका हुन्। मधेस अन्दोलनबाट राजनीतिमा उदाएका युवा नेता यादव दुई पटक सासंद र तीन पटक मन्त्री बनेका छन्। जनता समाजबादी पार्टी ०७४र०७९ सालको निर्वाचनमा लगाएतार दुई पटक जित हासिल गरेका थिए। उनी गत इतबार नेकपा एमाले प्रवेश गरेका हुन्। पुर्व मन्त्री यादव र नेपाली कांग्रेस उम्मेदवार अनिल रुगटाबिच कडा प्रतिस्पर्धा हुने आकलन गरेको छ। व्यापारी पुष्टि भूमिबाट राजनीतिमा आएका रुगंटा ०७९ सालमा समानुपातिक कोटाबाट सासंद बनेका थिए। ०७४ सालको…

थप

काठमाडौं । पर्सा क्षेत्र २ मा नेकपा एमालेको तर्फबाट जेएनजी युवा पुस्ताकी रिमा यादवले उम्मेदवारी दर्ता गराएकी छिन्। मंगलबार पार्टीका नेता कार्यकर्ता तथा आफ्नो समर्थहरुको साथमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार दर्ता गराएकी हुन्। मधेसवादी दल छोडेर पर्साको सबैभन्दा कान्छो उमेरका उम्मेदवार हुन्। जेएनजी पुस्ताकी उम्मेदवार यादवले तीन पटकको सासंद र दुईपटकको मन्त्री एवम नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियालाई ठुलो चुनौती दिने आंकलन गर्न थालिएको छ।

थप

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने भएका छन् । कांग्रेस महामन्त्री प्रदीप पौडेलका अनुसार थापा सर्लाही ४ बाट उम्मेदवार हुने भएका हुन् । कांग्रेसले अझै पनि टिकट वितरण टुंग्याएको छैन ।

थप

काठमाडौं । सुदन गुरुङले गोरखाको क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टिकट पाएका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुदनले गोरखा–१ मा रास्वपाबाट उम्मेदवार बन्न लागेका हुन् । सुदनले सामाजिक सन्जालमार्फत आज ११ बजे निर्वाचन कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गर्ने जानकारी दिएका छन् ।

थप

काठमाडौं । नवलपुर क्षेत्र नम्बर १ मा यसपटक नेपाली कांग्रेसले गजेन्द्रबहादुर आलेलाई उम्मेदवार बनाएको छ । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेसको संसदीय बोर्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आलेलाई टिकट दिएको हो । यसअघि २०७९ मा भएको निर्वाचनमा त्यहाँ नेता डा. शशांक कोइराला विजयी भएका थिए । तर पार्टीले यसपटक कोइरालालाई नभई आलेलाई टिकट दिएको हो । गैँडाकोट नगरपालिका–१२ निवासी आले कांग्रेसका महासमिति सदस्य हुन । उनी गत स्थानीय तहको चुनावमा गैँडाकोट नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए । तर उनी हारेका थिए ।

थप

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि डडेल्धुरामा नेविसंघका पूर्व अध्यक्ष नयनसिंह महरले चुनाव लड्ने भएका छन् । पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषाणा गरेसँगै कांग्रेसबाट महरले टिकट पाएका हुन् । कांग्रेसको टिकट वितरणको टुंगो अझै लागिसकेको छैन । संसदीय बोर्डको बैठक अहिले पनि जारी छ ।

थप