काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् ।
चिकित्सकको सल्लाहमा उनी घरमै औषधि सेवन गरेर आराम गरिरहेका छन् ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो । बिहीबारबाट ज्वरो आएको आचार्यले बताए ।
१ सय २ ज्वरो आएपछि घरमै बोलाएर स्वास्थ्य जाँच गरिएको थियो ।
Facebook Comments Box
