Author: Scoop Khabar

गोरखा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र क्षेत्री जिसीले जिल्ला प्रहरी कार्यालय गोरखाको स्थलगत निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीहरूलाई कर्तव्यनिष्ठ, व्यावसायिक र जनमुखी सेवा प्रवाहमा अझ कटिबद्ध हुन निर्देशन दिएका छन्। निरीक्षणका क्रममा डीआईजी क्षेत्रीले गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरूबाट सम्पादन भइरहेका सेवा प्रवाह, अपराध नियन्त्रण तथा अनुसन्धानको अवस्था, जिल्लाको वर्तमान शान्ति सुरक्षा, देखिएका समस्या र चुनौतीहरूका बारेमा विस्तृत जानकारी लिएका थिए। साथै, प्रहरीले सञ्चालन गर्दै आएका विभिन्न गतिविधिहरूको समेत अवलोकन गरेका थिए। उनले प्रहरी सेवामा समयानुकूल सुधार, चुस्त–दुरुस्त व्यवस्थापन र नागरिकमैत्री व्यवहार अपरिहार्य रहेको उल्लेख गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी र परिणाममुखी बनाउनु…

थप

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा रणनीति थप कडा बनाएको छ । हुलहुज्जत र अवाञ्छित गतिविधिको सम्भावना देखिएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा एआईजीहरूलाई प्रदेशस्तरीय अनुगमनमा खटाइएको छ । एआईजीहरूको स्थलगत अनुगमन प्रतिवेदन र सम्बन्धित प्रदेश प्रहरी प्रमुख अर्थात डीआईजीहरूको सिफारिसका आधारमा फागुनको पहिलो सातादेखि अति संवेदनशील जिल्लामा एसएसपी र केही स्थानमा एसपीहरूलाई थप मद्दत टोलीका रूपमा खटाइने भएको छ । यसअघि जिल्लाको सम्पूर्ण शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला कमाण्डर एसपी/डीएसपीकै काँधमा रहँदै आएको थियो । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार, सूचना संकलन, खतरा विश्लेषण र विगत निर्वाचनका घटनालाई आधार मानेर आवश्यक…

थप

काठमाडौं । राजधानीको बौद्धस्थित कुमारीगालमा रहेको एक पाँचतले घरबाट ठूलो परिमाणमा सुन–चाँदीका गहना चोरी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीका अनुसार मंगलबार मध्याह्न करिब १२ बजेतिर उक्त चोरी भएको हो। चोरीमा करिब ३२ तोला सुनका गहना र अन्दाजी १० किलो चाँदीका गहना चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घरको छतमा परिवारका सदस्य तथा अन्य मानिसहरू बसिरहेको समयमा चौथो तलामा रहेको कोठाबाट चोरी भएको प्रहरीले जनाएको छ। चोरी भएको कोठाको ढोका कब्जा फुकाइएको अवस्थामा फेला परेको छ, जसले चोरी योजनाबद्ध रूपमा गरिएको आशंका गरिएको छ। घटनापछि प्रहरी वृत्त बौद्धले आसपासका सिसिटिभी क्यामेराका फुटेज संकलन तथा विश्लेषण गरी अनुसन्धान…

थप

काठमाडौं । २ फागुन २०८० मा जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुंगेलले सम्हाले । एसपी ढुंगेलले जिम्मेवारी सम्हालेसँगै चुनौतीहरु पनि थुप्रै थियो- तस्करी, लुटपाट, चोरी तथा गुण्डागर्दी नियन्त्रण । त्यसैले पर्सा देशको सबैभन्दा अति संवेदनशील जिल्लामा पर्छ । भारतसँगको खुला सीमाना भएका कारण जहाँ तस्करी र लुटपाट नहुने कुरै भएन । त्यतिमात्र नभएर भारतीय सुटरहरुको समेत पर्सामा बिगबिगि नै थियो । जसको नियन्त्रण गर्नु प्रहरी प्रशासनको कर्तव्य हो । प्रसंग जोडौं, एसपी ढुंगेलकै । प्रहरी संगठनमा खरो स्वभावका अधिकृत रुपमा चिनिने उनी निडर र साहसिक क्षमताका अधिकृत हुन् । ढुंगेल जहाँ कार्यरत रहँदा पनि संगठनको लागि…

थप

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) पछिल्ला वर्षहरूमा आन्तरिक विवाद, विभाजन र विश्वासको संकटबाट गुज्रिरहेको छ । यही अवस्थामा संगठनलाई पुनः एकीकृत, सुदृढ र आत्मनिर्भर बनाउने उद्देश्यसहित जापानबाट रोबिन प्रसाद शेरचन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अध्यक्ष पदको यात्रामा अघि बढेका छन्। सन् १९९८ मा उच्च शिक्षाका लागि विद्यार्थी भिसामा जापान आएका शेरचनका लागि त्यो यात्रा केवल व्यक्तिगत प्रगतिसम्म सीमित रहेन । दुई दशकभन्दा बढी समयको निरन्तर मेहनत, संघर्ष र उद्यमशीलताबाट शेरचन आज टोकियोमा नेपाली समुदायका बीच होटल तथा रेष्टुरेन्ट व्यवसायमा स्थापित र विश्वासिलो नाम बनेका छन्। व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई सँगै बोकेर हिँड्ने व्यक्तित्वका रूपमा उनी चिनिन्छन्। जापानमा रहेका नेपाली…

थप

टोकियो । जापानस्थित नेपाली राजदूतावास बढ्दो नेपाली जनसंख्या, सीमित जनशक्ति र अपुग भौतिक संरचनाका कारण संकटमा छ । दूतावास स्थापना हुँदा करिब एक हजार नेपाली मात्र रहेका बेला जति कूटनीतिक कर्मचारी थिए, आज करिब ३ लाख नेपाली पुगे पनि त्यति नै ३ जना कूटनीतिक कर्मचारीकै भरमा सेवा सञ्चालन भइरहेको छ । पछिल्लो समय जापानमा करिब ३ लाख नेपालीको संख्या पुगेको दूतावासको तथ्याकंमा उल्लेख छ । दूतावास स्रोतका अनुसार दैनिक करिब ३ सय सेवाग्राही दूतावास पुग्ने गरेका छन् । जनशक्ति अभावकै बीच पनि सबै कर्मचारी सातै दिन कार्यालयमा खटिएर सेवा दिइरहेका छन् । ‘यो प्रेसरमा पनि काम गरिरहेका छौँ, विकल्प छैन,’…

थप

काठमाडौं । नेपाल प्रहरीमा महिला सहभागिता थप सशक्त बन्दै गएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) आधारभूत तालिम १-१८३औँ समूहको दीक्षान्त समारोहमार्फत सोनिया लिम्बुसहित ९ जना महिला इन्स्पेक्टर दीक्षित भएका छन् । सोमबार राजधानीमा सम्पन्न दीक्षान्त समारोहमा कुल ९२ जना इन्स्पेक्टर पासआउट भएका हुन् । दीक्षित हुनेमध्ये ८३ जना पुरुष र ९ जना महिला रहेका छन् । सीमित संख्यामा भए पनि महिला इन्स्पेक्टरको उपस्थितिलाई प्रहरी संगठनभित्र सकारात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ । यस समूहबाट दीक्षित महिला इन्स्पेक्टरहरूमा सोनिया लिम्बु, कल्पना घर्ती, अस्मिता गोदार, प्रमिला कार्की, सोनी न्हेम्हाफुकी, ज्ञानुमाया थनेत, जानुका श्रेष्ठ, मीना शाही र समीक्षा तामाङ रहेका छन् । उनीहरूले…

थप

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। तर चुनावी सरगर्मी बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यलाई लिएर स्थानीय तहमा गम्भीर प्रश्न र असन्तुष्टि सतहमा आउन थालेको छ। मत माग्दै गाउँ–बस्ती पुगेका शाक्यलाई स्थानीय मतदाताले खुलेर आलोचना गर्न थालेपछि पर्सा–४ को राजनीतिक माहोल थप तातेको छ। स्थानीय बासिन्दाहरूका अनुसार टेकबहादुर शाक्य भाषणमा आकर्षक र ठूला–ठूला कुरा गर्ने नेताका रूपमा चिनिए पनि व्यवहारमा भने उनी “पोज भारी, डिबा खाली” जस्तै देखिएका छन्। चुनावी मञ्चमा विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील विषयमा ठूला प्रतिबद्धता जनाउने तर व्यवहारमा त्यसको कुनै…

थप

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएकस छन् । उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् । जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले आज यहाँ गरेका शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा यहाँको चार दिने भ्रमणमा छन् ।…

थप

टोकियो । राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आव्हान गरेका छन् । उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिवद्ध रहेको विश्वास व्यक्त गरे । नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा आज आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरेका थिए । उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ भने । ‘हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पूँजी फिर्तिका लागि सहज प्रक्रियाहरू सहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका…

थप