Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयको बजेटमा भारी कटौती भएको छ भने रक्षा मन्त्रालयको बजेटमा केही वृद्धि गरिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार गृह मन्त्रालयका लागि १ खर्ब ८ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ विनियोजन गरिएको छ। चालू आर्थिक वर्ष २०८२/८३ मा गृह मन्त्रालयको कुल बजेट २ खर्ब ८ अर्ब ६२ करोड ४४ लाख रुपैयाँ थियो। यसरी हेर्दा आगामी आर्थिक वर्षका लागि गृहको बजेट चालू आर्थिक वर्षको तुलनामा झण्डै आधा (करिब ५० प्रतिशत) ले घटेको देखिन्छ। यता रक्षा मन्त्रालयको बजेटमा भने सामान्य वृद्धि भएको छ। आगामी आर्थिक…
काठमाडौं । नेकपा एमालेले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी नीरज आचार्यलाई दिएको छ । पार्टीले हालै जारी गरेको अपानीमार्फत आचार्यलाई यस्तो जिम्मेवारी तोकिएको हो । त्यस्तै प्रेस चौतारी नेपालको इन्चार्जको जिम्मेवारी रामकुमारी झाँक्रीलाई तोकिएको छ । पार्टीले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी समेत तोकिएको छ ।
काठमाडौं । ‘मठ मन्दिर आगो लाइदिनेछौं’ जस्ता धार्मिक भावनामा आघात तथा सद्भाव भड्काउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ घर भइ हाल काठमाडौं, टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियार रहेका छन् । परियारले केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा उक्त भड्काउ अभिव्यक्ति दिएका थिए । उनले बोलेको कुराले धार्मिक भावनामा आघात तथा सद्भाव भड्काएको प्रहरीले बताएको छ । उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । केहीदिन अघि उनले सम्बाद डबलीमा आफूबाट गल्ती भएको बताउँदै माफी मागेका थिए ।
काठमाडौं । अनुमतिबेगर शैक्षिक परामर्श संस्था (एजुकेशन कन्सल्टेन्सी) सञ्चालन गर्ने ३१ मध्ये दुई जनालाई कैद सजाय भएको छ । काठमाडौं जिल्ला अदालतको आदेशले बुधबार उनीहरुलाई कैद सजाय भएको जिल्ला प्रहरी परिसर, भद्रकालीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनका अनुसार गुल्मी, तम्घास घर भएका रेमलाल मरासिनी र रामेश्वर भारतीलाई १२–१२ दिनको कैद सजाय भएको हो । बाँकी कन्सल्टेन्सीका सञ्चालकमध्ये केही साधारण तारेख र केही धरौटीमा रिहा भएका छन् । कैद सजाय हुने मरासिनी बालाजुमा सञ्चालित छिन्गु कोरियन भाषा र भारती माछापोखरीमा सञ्चालित कञ्चनजंघा ल्याङ्वेज इन्ष्टिच्युटका सञ्चालक हुन् । नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययनका निम्ति कागजात तयार पार्ने र भिसा प्रक्रियामा सहजीकरण…
प्रहरी हेडक्वार्टरलाई नटेर्ने विवादित प्रहरी हवल्दार बैजुलाल, मधेसमा तस्करसँग ‘सेटिङ’ !
काठमाडौं । विवादित प्रहरी हवल्दार बैजुलाल यादव पछिल्लो समय प्रहरी संगठनभित्र आफ्नो रजगज देखाएर शक्तिशाली बन्न खोजिरहेका छन्। प्रहरी प्रधान कार्यालयले ‘घुमुवा’ (सिभिल) प्रहरीहरूलाई हटाएर संरचना शुद्धीकरण गर्ने निर्णय गरेपछि अन्य धेरैजस्तै यादव पनि तानिए- तर त्यसपछि झनै उनको गतिविधि सामान्य प्रक्रियाभन्दा बाहिर गएको छ। गत माघसम्म जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दरबन्दी भई सिभिल (घुमुवा) भूमिकामा सक्रिय रहेका यादवलाई प्रहरी प्रधान कार्यालयले केन्द्रीय तान्ने निर्णय गर्यो। उनले औपचारिक रूपमा रमाना बुझे पनि हेडक्वार्टरमा नियमित हाजिर भने भएनन्। बरु, त्यसपछि उनी राजनीतिक गतिविधिमा संलग्न भए। विशेषगरी २१ फागुनतिर सम्पन्न निर्वाचनको समयमा यादवले आफ्नो ड्युटी त्यागेर रास्वपा नेता अमरेश कुमार सिंहको चुनावी…
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएका छन् । चिकित्सकको सल्लाहमा उनी घरमै औषधि सेवन गरेर आराम गरिरहेका छन् । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार उनलाई केही दिनदेखि रुघाखोकी लागेको थियो । बिहीबारबाट ज्वरो आएको आचार्यले बताए । १ सय २ ज्वरो आएपछि घरमै बोलाएर स्वास्थ्य जाँच गरिएको थियो ।
काठमाडौं । कुमारी बैंकमा एनसीसी बैंक मर्ज भएपछि कृषि कर्जा शीर्षकअन्तर्गत रहेको ५८ करोड ६३ लाख रुपैयाँभन्दा बढी रकम बैंकको सिस्टमबाट ‘गायब’ भएको विषयले बैंकिङ क्षेत्रमा हलचल पैदा गरेको छ। नेपाल राष्ट्र बैंकबाट प्राप्त विवरणअनुसार एनसीसी बैंकले २०७९ मंसिरसम्म विभिन्न कृषि कर्जा शीर्षकमा उक्त रकम लगानी गरेको देखिए पनि मर्जपछि भने सो रकम सम्बन्धित शीर्षकमा नदेखिएको स्रोतको दाबी छ। नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार मर्जरअघि कर्जा शीर्षक १.६ मा ३७ करोड ३१ लाख, १.१५ मा ८ करोड ५४ लाख र १.१९ मा १२ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह भएको उल्लेख छ। तर कुमारी बैंकसँग मर्ज भएपछि २०७९ पुसदेखि ती शीर्षकहरूमा…
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । निजले प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए । उनले तत्काल शिशुलाई खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्याएका थिए । चिकित्सकले जाँच गर्दा साँझ ५:४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले बताए ।…
ललितपुर । कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको यात्रुवाहक बसभित्र एक युवतीको घाँटीबाट सुनको सिक्री लुटपाट गर्ने चार जनालाई प्रहरीले सिक्रीसहित पक्राउ गरेको छ। गत जेठ १३ गते बेलुका बसभित्रै युवतीले लगाएको सुनको सिक्री चुँडालेर लुटपाट गरिएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले तत्काल खोजी अभियान सुरु गरेको थियो। प्रहरी टोलीले सानेपास्थित रिङरोड सडकखण्डमा उक्त बसलाई रोकेर यात्रुहरूको खानतलासी गरेको थियो। सो क्रममा प्रहरीले लुटिएको सुनको सिक्रीसहित घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ। प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका–७ घर भई हाल बौद्ध बस्ने २९ वर्षीय जनक तामाङ, सोही ठाउँका…
काठमाडौं । जिल्लाभित्र विभिन्न आपराधिक गतिविधिमा संलग्न भई लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको विशेष अभियान प्रभावकारी देखिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा चलाइएको अभियानअन्तर्गत पछिल्लो दुई सातामै ८१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । हिजो बिहीवार जिल्ला प्रहरी तथा मातहतका युनिटले ६ जना फरार प्रतिवादीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका देवाही गोनाही नगरपालिका–७ का बिरेन्द्र राम, फतुवा विजयपुर नगरपालिका–४ का रामाप्रवेश महतो, बहुविवाह मुद्दाका यमुनामाई गाउँपालिका–४ का मुन्ना राय भाँट, लेनदेन बिगो मुद्दाका देवाही गोनाही–७ का राम एकवाल बैठा, चेक अनादर…