Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा अवकाशप्राप्त प्रहरी अधिकृतहरूको चुनावी प्रतिस्पर्धामा रोचक चित्र देखिएको छ। संगठनको शीर्ष नेतृत्व सम्हालेका केही पूर्व प्रहरी प्रमुखहरू पराजित भइरहँदा तल्लो तहबाट अवकाश लिएका उम्मेदवार भने विजयी बन्ने क्रममा छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका पूर्व डिएसपी गोविन्द पन्थी गुल्मी–२ बाट विजयी भइसकेका छन्। उनले नेकपा एमालेका उपाध्यक्ष गोकर्ण बिष्टलाई पराजित गरेका हुन्। पन्थीले १६ हजार ९६७ मत प्राप्त गर्दा बिष्टले १६ हजार ४०६ मत ल्याएका छन्। यस्तै, कपिलवस्तु क्षेत्र नं. २ बाट रास्वपाकै उम्मेदवार बनेका पूर्व एसएसपी विक्रम थापा पनि जितको नजिक पुगेका छन्। हालसम्मको मतगणनामा थापाले १६ हजार २४६ मत प्राप्त गरेका…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डीपी) अर्यालले अबको युद्ध भ्रष्टाचार अन्त्यको लागि भएको दाबी गरेका छन् । काठमाडौं-९ बाट निर्वाचित अर्यालले मतदातालाई सम्बोधन गर्दै आफ्नो यो जित व्यक्तिको नभई भ्रष्टाचार र कुशासनविरुद्धको जनमत भएको बताए । उनले अबको आफ्नो सम्पूर्ण कार्यकाल मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउन र बेथिति अन्त्य गर्न समर्पित हुने दृढता व्यक्त गरे । चुनावी प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरूलाई आफ्ना सहयात्रीको संज्ञा दिँदै अर्यालले आफ्नो मुख्य लडाइँ भने भ्रष्टाचारी तत्वहरूसँग मात्र हुने प्रष्ट पारे । उनले यस निर्वाचनलाई नेपाली राजनीतिक इतिहासकै एक विशेष मोडको रूपमा व्याख्या गर्दै जनताले सुशासनको पक्षमा स्पष्ट फैसला सुनाएको बताए । आफूहरू…
काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने तयारी गरेको छ । आज रातिसम्ममा प्रतिवेदन बुझाउने तयारीमा आयोग लागेको छ । जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीलाई उक्त प्रतिदेवन बुझाउन लागेका हुन् ।
काठमाडौं । झापाको क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहको जित सुनिश्चित भएको छ। उनको अग्रताभन्दा गन्न बाँकी मत कम भएकाले उनको विजय निश्चित भएको हो। पछिल्लो मतपरिणामअनुसार बालेनले ४७ हजार ७७९ मत पाएका छन्। निकटतम प्रतिस्पर्धी रहेका एमालेका केपी शर्मा ओलीको १२ हजार ६९९ मत छ। बालेनले ३५ हजार ८० मतान्तरले अग्रता लिएका छन्। यहाँ अब ३० हजार ९९५ मत मात्र गन्न बाँकी भएकाले बालेनको जित सुनिश्चित भएको हो। यहाँ एक लाख ६ हजार ३७२ मत खसेको थियो। जसमध्ये ७५ हजार ३७७ मत गणना भइसकेको छ। निकटतम प्रतिस्पर्धीबाट चार गुणा धेरै मत ल्याएर बालेनले जित्ने अवस्था देखिएको छ।…
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा राज्य संयन्त्र पूर्ण रूपमा सक्रिय भएको छ। फागुन २१ गते बिहीबार हुने मतदानलाई लक्षित गर्दै गृह मन्त्रालय ले देशभर ‘हाई अलर्ट’ घोषणा गर्दै ७७ वटै जिल्लामा सुरक्षा व्यवस्था कडाइका साथ कार्यान्वयनमा ल्याएको जनाएको छ। मतदानको अघिल्लो दिन मन्त्रालयले सबै प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल बैठक गरी जिल्लागत सुरक्षा, व्यवस्थापकीय तयारी र सम्भावित जोखिमबारे विस्तृत समीक्षा गरेको हो। गृहसचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा करिब तीन घण्टा चलेको बैठकमा संवेदनशील र अति संवेदनशील मतदान केन्द्रहरूको अवस्थादेखि आकस्मिक प्रतिक्रिया संयन्त्रसम्मका विषयमा केन्द्रित छलफल भएको स्रोतले जनाएको छ। बैठकपछि मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन…
जनकपुरधाम । मधेश प्रदेशको धनुषा श्रृंखलावद्ध रूपमा विस्फोट हुँदा थप दुई जना घाइते भएका छन् । धनुषाको मिथिला नगरपालिका–१० लालगढ र बर्दिवासबीच पर्ने रातो पुल (महोत्तरी साइड_ मा रातो टेपले बेरिएको दुई वटा शंकास्पद वस्तु फेला परेको छ। प्राप्त विवरणअनुसार पुलमा राखिएको वस्तु छुँदा एउटा पड्किएको थियो। उक्त घटनामा जिल्ला कैलाली, घोडाघोडी नगरपालिका–१० निवासी सन्देश चौधरी र समीर चौधरी सामान्य घाइते भएका छन्। दुवैलाई उपचारका लागि बर्दिवासतर्फ लगिएको छ। घटनास्थलमा अर्को एक शंकास्पद वस्तु अझै रहेको छ। सुरक्षाकर्मीले क्षेत्रलाई नियन्त्रणमा लिई सर्वसाधारणको आव-जावतमा रोक लगाएका छन्। यस विषयमा जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गर्दै बम डिस्पोजल टोली घटनास्थलमा पुगेको र…
काठमाडौं । निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् । आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकमा भोलि हुने निर्वाचनको तयारी र सुरक्षाको विषयमा छलफल हुने बताइएको छ । भोलि देशैभर प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । सुरक्षा दृष्टिकोणले यसपटकको निर्वाचन संवेदनशील रहेकाले प्रधानमन्त्री कार्कीले सुरक्षा व्यवस्थाको विषयमा चासो राख्दै आएकी छन् । बैठकमा सबै सुरक्षा प्रमुखहरुले विफ्रिङ गर्ने बताइएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ की उम्मेदवार आशिका तामाङको उम्मेदवारी रद्द हुन लागेको भन्दै सामाजिक सञ्जालमा चलेको हल्ला भ्रामक रहेको पाइएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले हल्लामा कुनै सत्यता नभएको बताए । केही सञ्चारमाध्यमले तामाङसँग जर्मनीको पीआर रहेको भन्दै आज उनको उम्मेदवारी आयोगले रद्द गर्न लागेको समाचार प्रकाशन गरेका छन्। तीनै समाचार भाइरल बनाउँदै रास्वपाको थप एक सिट घटेको दावी गरिएको छ । आयोगले भने तामाङको उम्मेदवारी कायम रहेको जनायो । प्रवक्ता भट्टराईले मिडियाले आफूखुशी समाचार लेखेको हुनसक्ने बताउँदै त्यसमा कुनै पनि सत्यता नरहेको प्रष्ट्याए । तामाङको उम्मेदवारी सम्वन्धमा आयोगमा छलफल नभएको भन्दै उनले मिडिया…
‘सुनौलो १०० दिन’: प्रहरी महानिरीक्षक कार्कीको नेतृत्वमा नेपाल प्रहरीमा देखिने र महसुस हुने रूपान्तरण
काठमाडौं । गत कात्तिक २७ गते नेपाल प्रहरीको ३३औँ प्रहरी महानिरीक्षकको रूपमा पदभार ग्रहण गरेका दानबहादुर कार्कीले संगठनलाई उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री तथा पूर्णतः जनमुखी बनाउने दृढ संकल्पका साथ कर्तव्यपथमा पाइला चालेका छन् । नेतृत्व सम्हालेको छोटो अवधि केवल १०० दिनमै उनले नीतिगत स्पष्टता, कार्यसम्पादनमुखी व्यवस्थापन, आन्तरिक अनुशासन सुदृढीकरण र वैज्ञानिक अपराध अनुसन्धान पद्धतिको संस्थागत अवलम्बनमार्फत संगठनमा देखिने र महसुस गर्न सकिने परिवर्तनको आधार तयार गरेका छन् । अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूसँगको निरन्तर समन्वय, अनुभव र ज्ञानको सम्मान तथा सुझावलाई आत्मसात गर्ने नेतृत्व शैलीले उनलाई दूरदर्शी, समावेशी र परिपक्व नेतृत्वका रूपमा स्थापित गरेको छ । यसले संस्थागत निरन्तरता, नीति निर्माणमा सन्तुलन…
काठमाडौं । निर्वाचन सुरक्षामा संवेदनशील जिल्लाका रुपमा विश्लेषण गरिएको दोलखामा प्रहरी प्रधान कार्यालयले एसएसपी सोमेन्द्रसिंह राठौरलाई खटाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत राठौरलाई चुनौतीपूर्ण जिल्लाको नेतृत्व दिएर खटाइएको हो। यसअघिका निर्वाचनमा हरेक पटक दोलखामा झडप हुने तथा बुथ कब्जाको प्रयास हुने गरेका छन्। सोहीकारण गृह मन्त्रालयले दोलखाको सुरक्षालाई चुनौतीपूर्ण भनेर विश्लेषण गरेको छ। फिल्डमा ‘दबंग’ शैलीका अधिकृतका रुपमा पहिचान बनाएका राठौरलाई दोलखामा शान्तिपूर्ण रुपमा निर्वाचन गराउने जिम्मेवारी दिएर खटाइएको छ। सामान्यतया पहाडी जिल्लामा एसपीलाई खटाउने गरिएकोमा दोलखामा भने एसएसपीलाई खटाइएको छ। एसएसपी राठौर दोलखा पुगेर चुनावी सुरक्षाको नेतृत्व सम्हालिसकेका छन्।