Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन्। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए। परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उनी मंसिरमा आयोजित नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए। त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए। मरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल-भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो।
काठमाडौं । बुधबार राति सशस्त्र प्रहरी बल (एपीएफ) को प्रधान कार्यालय हल्चोकस्थित सवारी शाखामा आगलागी हुँदा कम्तीमा पाँच वटा सवारीसाधन जलेका छन्। स्रोतका अनुसार पार्किङ क्षेत्रमा राखिएका सवारीसाधनमा अचानक आगो लागेपछि केही समयका लागि मुख्यालय परिसरमा त्रासको अवस्था सिर्जना भएको थियो। आगलागीमा अमेरिकाले सहयोगस्वरूप उपलब्ध गराएका केही सवारीसाधनसमेत क्षतिग्रस्त भएको बताइएको छ। घटनास्थल सशस्त्र प्रहरी जवानहरूको ब्यारेक नजिकै रहेकाले आगो थप फैलिने जोखिम थियो। आगलागीको जानकारी प्राप्त हुनासाथ दमकल, सुरक्षा कर्मचारी तथा उद्धार टोली परिचालन गरिएको थियो। समयमै आगो नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुनबाट जोगिएको सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन्। ‘आगो छिट्टै नियन्त्रणमा आएकाले आसपासका महत्वपूर्ण भवनहरू सुरक्षित रहे। ढिलो…
काठमाडौं । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट गोपाल बराइली अध्यक्षमा निर्वाचित हुनुभएको छ। बराइली हाल धनकुटास्थित रेडियो धनकुटाका अध्यक्षसमेत हुनुहुन्छ। महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाललाई निर्वाचित गरेको छ। त्यसैगरी खुला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्री रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेश प्रदेश उपाध्यक्षमा भोला पासवान (अवलोकृत डटकम) तथा बागमती प्रदेश उपाध्यक्षमा सुशील दर्नाल (राष्ट्रिय समाचार समिति) निर्वाचित हुनुभएको छ। त्यस्तै गण्डकी प्रदेश उपाध्यक्षमा नरभूपाल विक, लुम्बिनी प्रदेश उपाध्यक्षमा मानसिंह विक, कर्णाली प्रदेश उपाध्यक्षमा टेकेन्द्र रसाइली, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा प्रेम विक तथा समावेशी उपाध्यक्षमा भिमबहादुर गन्धर्व निर्वाचित हुनुभएको छ।…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० जना उच्च अधिकारीलाई ज्यान मार्ने धम्की दिएको घटनाको अनुसन्धानमा गम्भीर प्रश्न उठेको छ । सामान्यतया जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गर्नुपर्ने ज्यान, संगठित अपराध र आपराधिक षड्यन्त्रसम्बन्धी कसुरमा अख्तियारमा कार्यरत प्रहरी अधिकृतहरू नै प्रत्यक्ष रूपमा संलग्न भएको तथ्य खुलेपछि अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठेको हो । जबकी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन २०५८ अनुसार कारबाही किनारा लगाउनुपर्ने विषयमा मात्रै अनुसन्धान गर्छ । तर अख्तियारमा कार्यरत प्रहरीले प्रमुख अभियुक्त प्रकाश पाठकसँग केरकार र बयान लिएको पाइएको हो । प्राप्त बयान तथा अनुसन्धानसम्बन्धी कागजातअनुसार प्रमुख अभियुक्त पाठकसँग बयान लिने,…
काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । सोमबार सम्पन्न २८औं वार्षिक साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै गरेको हो । योसँगै अब उनको अध्यक्ष पदको कार्यकाल ४ वर्षको हुनेछ । नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्ष अग्रवालले नेपालको बैंक तथा वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुको साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पुर्याएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने…
धनगढी । सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि दुई महिनासम्म स्कार्पियो गाडी प्रयोग गरेर दुई लाख रुपैयाँ भाडा नतिरेको आरोप लागेको छ। कैलालीका विष्णु विष्टले २०८० जेठदेखि भदौसम्म आफ्नो गाडी प्रयोग गरिए पनि सहमतिअनुसारको रकम हालसम्म नपाएको बताएका छन्। रकम माग्दा रावलले आफूले कुनै सम्झौता नगरेको बताएको र पाल सम्पर्कमा नआएको विष्टको दाबी छ। विष्टका अनुसार एमालेका अन्य केही नेताहरूले समेत चुनावी अभियानका क्रममा प्रयोग गरेको गाडीको भाडासहित कुल ५ लाख १५ हजार रुपैयाँ अझै उठ्न बाँकी छ। आरोपितमध्ये केहीले रकम तिर्न बाँकी रहेको स्वीकार गरेका छन् भने केहीले दाबी अस्वीकार गरेका छन्।
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित सामुदायिक वन क्षेत्रमा सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक र एक युवती मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोककाअनुसार सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण काभ्रेका सहायक निरीक्षक शक्ति राम र कैलालीको घोडाघोडी नगरपालिका–१ निवासी २६ वर्षीया शर्मिला चौधरीको शव बुधबार बिहान वन क्षेत्रमा रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो। प्रहरीका अनुसार पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरी घर भएका शक्ति राम गत वैशाख १९ गते गणबाट दुई दिनको बिदा लिएर बाहिरिएका थिए। निर्धारित समयपछि पनि सम्पर्कमा नआएपछि उनका परिवारले खोजतलासका लागि निवेदन दिएका थिए। त्यसलगत्तै सशस्त्र प्रहरीले पनि प्रहरीलाई जानकारी गराएको थियो।…
काठमाडौ । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको ५ लाख रुपैया बराबरको लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोली पर्साको प्रसौनीनाकाबाट ठुलो मात्रामा अवैध रुपले भित्राएको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेको ५लाख१ हजार रुपैयाँ बराबर लत्ताकपडा भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजारले बताए।
काठमाडौं । बौद्धस्थित प्राइड क्यासिनोमा भएको बहुचर्चित लुटपाट प्रकरणका मुख्य आरोपित मानिएका कुलध्वज लामा र राकेश लामा धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंको आदेशअनुसार दुवै जना ४–४ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्। करिब १४ करोड रुपैयाँ बराबरको लुटपाट भएको दाबी गरिएको घटनाका मुख्य योजनाकार मानिएका व्यक्तिहरू धरौटीमा रिहा भएपछि अनुसन्धान र अभियोजन प्रक्रियामाथि समेत प्रश्न उठ्न थालेको छ। प्रहरीका अनुसार कुलध्वज लामा र राकेश लामा विगतदेखि नै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहँदै आएका व्यक्ति हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत १ गते सार्वजनिक गरेको विवरणमा कुलध्वज पाँच वटा तथा राकेश (कोरियन) सात वटा विभिन्न आपराधिक घटनामा संलग्न…
काठमाडौँ । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशी नगर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा भएका छन्। महानगर कार्यपालिकाको निर्णयअनुसार नगर प्रहरीको नेतृत्व सम्हाल्दै आएका जोशीलाई नगर प्रहरी उपरीक्षक (एसपी) बाट बढुवा गरी एसएसपीको जिम्मेवारी दिइएको हो। महानगर कार्यपालिकाले गत जेठ ३ गते नै उनको बढुवाको निर्णय गरेको थियो। सोही निर्णयअनुसार बुधबार उनलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले जोशीलाई दर्ज्यानी चिन्ह लगाइदिएका थिए। नवनियुक्त एसएसपी जोशीको महानगर प्रहरीमा तीन दशकभन्दा लामो सेवा अनुभव रहेको छ। उनले वि.सं. २०५० साल भदौ १४ गते नगर प्रहरी सई (नायव…