काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
भर्खरै सम्पन्न खेलमा स्कटल्याण्डले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गर्दै हाइटीमाथि दबाब बनाएको थियो। खेलको २८औँ मिनेटमा जोन म्याकगिनले गरेको गोल नै टोलीको जितका लागि निर्णायक बन्यो।
म्याकगिनको गोलपछि दुवै टोलीले थप अवसर सिर्जना गरे पनि कुनै पनि टोलीले गोल थप्न सकेनन्। त्यसपछि खेलभर स्कटल्याण्डले आफ्नो अग्रता जोगाउँदै महत्वपूर्ण तीन अंक हात पार्यो।
स्कटल्याण्डले विश्वकप अभियान सकारात्मक रूपमा सुरु गरेको छ भने हाइटीले पहिलो खेलमै हार व्यहोरेको छ।
Facebook Comments Box
