Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । जिल्ला प्रहरी कार्यालय, दोलखाले धारिलो हतियार प्रहार गरी आफ्नै भाइलाई घाइते बनाउने ४० वर्षीय लोकबहादुर थामी (सहरे)लाई पक्राउ गरेको छ । शुक्रबार भीमेश्वर नगरपालिका-२ डोकथलीका लोकबहादुरले खेतबारीमा काम गर्ने विषयमा विवाद हुँदा आफ्नै भाइ ३५ वर्षीय भीमबहादुर थामीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । प्रहरीले घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ । घाइते भीमबहादुरको टाउकोमा २७ वटा टाँका लागेको छ । खुकुरी प्रहार गर्ने दाई लोकबहादुरलाई प्रहरीले धारिलो हतियार खुकुरीसहित नियन्त्रणमा लिएको छ । खुकुरी प्रहार गर्ने लोकबहादुरलाई प्रहरीले दोलखा जिल्ला अदालतमा पेस गरी अनुसन्धानका लागि ५ दिनको अनुमति लिएको छ…
काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियाको कार्यशैलीलाई लिएर संगठनभित्र असन्तुष्टि बढ्दै गएको छ। पछिल्लो समय प्रदेशअन्तर्गतका जिल्ला प्रहरी प्रमुखहरूसँग उनको सम्बन्ध चिसिँदै गएको मात्रै होइन, कतिपय अधिकारीले कार्यक्षेत्र नै परिवर्तन गर्नुपर्ने अवस्था आएको प्रहरी स्रोतहरूको दाबी छ। केही महिनाअघि सप्तरी र धनुषाका प्रहरी प्रमुखहरूले डिआईजी थपलियासँगको असहज सम्बन्धपछि स्वेच्छिक रूपमा सरुवा मागेका थिए। अहिले सोही शृंखलामा रौतहट र बाराका प्रहरी प्रमुख पनि प्रदेश नेतृत्वसँग मतभेदमा परेको चर्चा प्रहरी वृत्तमा भइरहेको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरधामले हालै रौतहटका एसपी सीताराम रिजाल र बाराका एसपी नरेन्द्र कुँवरलाई स्पष्टीकरण सोधेको छ। प्रहरी स्रोतका अनुसार एउटै समयमा दुई जिल्लाका प्रमुखलाई स्पष्टीकरण…
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले प्रस्तुत गरेको बजेटमा मधेश प्रदेशलाई अपेक्षाअनुसार सम्बोधन नगरेको गुनासो गरेका छन्। जनकपुरधामस्थित होटल पौवाको १९औँ शाखा उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले केही समयअघि प्रधानमन्त्रीसँग भएको भेटमा मधेशलाई विशेष सम्बोधन हुने गरी बजेट आउने आश्वासन पाएको भए पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएको बताए। एउटा कुरा गर्ने, अर्को काम गर्ने प्रवृत्ति देखियो, उनले भने, हामीले मधेश र जनकपुरलाई विशेष प्राथमिकतामा राखेर बजेट आउने अपेक्षा गरेका थियौँ, तर त्यो देखिएन। मुख्यमन्त्री यादवले धार्मिक पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि जनकपुरले अपेक्षित प्राथमिकता नपाएको बताए। उनले भगवान रामको जन्मभूमि अयोध्यामा वार्षिक करोडौँ श्रद्धालु पुग्ने गरेको…
इनरुवा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा शुक्रबार राति सीटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–२ घर भएका प्रहरी जवान ३२ वर्षीय रन्दिप पौडेलको मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार शुक्रबार राति १० बजेतिर दुर्घटना भएको हो । संखुवासभाको प्रहरी चौकी चेपुवा लिंगम दरबन्दी भएका पौडेल सुनसरीको प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत थिए । कार्यालयको काम विशेषले प्रहरी चौकी कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ मोटरसाइकलमा आउने क्रममा उनी दुर्घटनामा परेको डीएसपी खड्काले बताए । उनका अनुसार प्रहरी जवान पौडेलले चलाएको स…
विराटनगर । रोमानिया पठाइदिने प्रलोभनमा सयौँ युवाबाट करोडौँ रुपैयाँ असुलेको आरोप लागेका मोरङका उद्धव पाठकविरुद्ध ठगी रकम ४ करोड ३८ लाख ९५ हजार रुपैयाँ नाघेको छ। हालसम्म २८६ वटा जाहेरी तथा निवेदन परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार पाठकले सञ्चालन गरेको ‘केएसए इन्टरनेसनल ग्रुप’ मार्फत वैदेशिक रोजगारीका नाममा रकम संकलन गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पीडित थपिँदै गएकाले ठगी रकम अझ बढ्न सक्ने प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा पाठकका बैंक खातामा कुनै मौज्दात रकम नभेटिएको बरु सप्तकोशी विकास बैंकबाट लिएको १ करोड २८ लाख रुपैयाँ ऋण देखिएको छ। सर्वसाधारणबाट उठाइएको करोडौँ रुपैयाँ कहाँ…
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले एक वर्षको अवधिमा पाँचौँ कार्यालय प्रमुख पाएको छ। प्रहरी प्रधान कार्यालयले एसपी रुपेश खड्कालाई धनुषाको नयाँ प्रहरी प्रमुखका रूपमा खटाएको हो। यसअघि धनुषाका प्रहरी प्रमुख रहेका एसपी अमरेन्द्रबहादुर सिंह हालै एसएसपीमा बढुवा भएपछि रिक्त भएको जिम्मेवारी खड्काले सम्हाल्ने भएका हुन्। पछिल्लो एक वर्षयता धनुषा प्रहरीको नेतृत्व बारम्बार परिवर्तन हुँदै आएको छ। प्रहरी नेतृत्व र व्यवसायीबीचको सम्बन्ध तथा संगठनभित्रकै विभिन्न विवादका कारण यहाँ खटिएका प्रहरी प्रमुखहरू छोटो समयमै फेरिएका छन्। तत्कालीन एसपी भुवनेश्वर तिवारी र नरहरि रेग्मी व्यवसायीसँगको लेनदेन प्रकरणमा विवादमा तानिएपछि सरुवामा परेका थिए। एसपी रेग्मीपछि धनुषाको नेतृत्व सम्हालेका एसपी रुगमबहादुर कुँवर पनि मधेश…
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व तहमा हुने सरुवा सधैं चासो र चर्चाको विषय बन्ने गरेको छ। केही दिनअघि प्रहरी प्रधान कार्यालयले डीएसपी, एसपी र एसएसपीहरूको सरुवा टुंग्याएपछि अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूको जिम्मेवारी हेरफेरतर्फ सबैको ध्यान केन्द्रित भएको छ। तर लामो समय बित्दासमेत एआईजी सरुवाको निर्णय हुन नसक्दा नेतृत्व तहका केही अधिकारीहरु निराश बनेको चर्चा संगठनभित्र हुन थालेको छ। नेपाल प्रहरीमा हाल जनपदतर्फ आठ एआईजीको दरबन्दी छ। मानवस्रोत विकास विभाग, कार्य विभाग, प्रदेश समन्वय विभाग, अपराध अनुसन्धान विभाग, प्रशासन विभाग, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय एआईजी नेतृत्वका प्रमुख निकाय हुन्। विगतका…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन्। पाँचदिने भारत भ्रमण सकेर शुक्रबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले सो जानकारी दिएका हुन्। ‘भारतीय प्रधानमन्त्रीलाई पनि निमन्त्रणा गरिसकेको छु। प्रधानमन्त्री र भाजपाका अध्यक्ष सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘आवश्यकताअनुसार विभिन्न राजनीतिक दलहरूलाई आमन्त्रण गर्ने निरन्तर चलिरहन्छ। हेरौँ समयले कहिले जुराउँछ, दुवै तर्फको जुरेपछि हुन्छ।’ उनी भाजपाको निमन्त्रणामा भारतको भ्रमणमा गएका थिए, जहाँ उनलाई भव्य स्वागत गरिएको थियो। रविले प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा वार्ता गरेका थिए।
काठमाडौं । तस्कर र बिचौलियासँगको सम्बन्ध तथा अकुत सम्पत्तिका विषयमा प्रश्न उठेपछि पूर्वगृहमन्त्री सुधन गुरूङका सम्बन्धमा छानबिन गर्न बनेको समितिले प्रधानमन्त्री वालेन शाह (बालेन)लाई प्रतिवेदन बुझाएको छ । शुक्रबार समितिले प्रधानमन्त्री शाहलाई प्रतिवेदन बुझाएको हो । सेयर लगानी र अन्य सम्पत्तिको स्रोतमाथि उठेका प्रश्नबारे छानबिन गरेको उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी नेतृत्वको समितिले प्रतिवेदन बनाएको छ । प्रतिवेदनमा के सुझाव दिइएको छ ? केही भनिएको छैन । स्रोतका अनुसार भण्डारी नेतृत्वको समितिको प्रतिवेदनले गुरुङलाई सफाइ दिन मद्दत गर्ने अपेक्षा धेरैको छ । गुरुङले सफाइ पाएमा उनलाई पुनः गृहमन्त्रीको पदमा शपथ गराइनेछ सम्भावना छ । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र…
काठमाडौं । सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई त्यहाँबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेको छ। प्रधानमन्त्रीलाई व्यक्तिगत सन्देश पठाएको विषयमा विवादमा परेका पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको भोलिपल्टै सरकारले उक्त निर्णय गरेको हो। उच्च सरकारी स्रोतका अनुसार शुक्रबार गरिएको प्रशासनिक निर्णयमार्फत पुष्करलाई उपराष्ट्रपति कार्यालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री कार्यालयमा हाजिर गराउने व्यवस्था मिलाइएको छ। उनको स्थानमा भने हालसम्म नयाँ सचिव खटाइएको छैन। पुष्करलाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा केरकार गरेको थियो। अनुसन्धान प्रक्रिया पूरा भएपछि उनी रिहा भए पनि बहालवाला विशिष्ट श्रेणीका कर्मचारीमाथि उठेको विवादले सरकारलाई असहज बनाएको बताइन्छ। त्यसपछि उनको कार्यशैली र भूमिकामाथि प्रश्न उठेपछि…