Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
बुटवल । रुपन्देहीको कालिदह नाकाबाट बरामद भएको करिब दुई किलो सुन प्रकरण अनुसन्धानमा बुटवलका सुन व्यवसायीको समेत संलग्नता भेटिएको छ । सुन बरामद गर्दा पक्राउ परेका व्यक्तिका बयानका आधारमा बुटवलको अमरपथमा रहेको बालाजी र लक्ष्मीपति सुनचाँदी पसलको पनि संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उक्त सुन प्रकरणमा बुटवल अमरपथस्थित बालाजी सुनचाँदी पसल र लक्ष्मीपति सुनचाँदी पसलका सञ्चालकको संलग्नता देखिएपछि ती पसल सिल गरेर अनुसन्धान अगाडि बढाएको छ । ‘सुन बरामदका विषयमा को कसको संलग्नताका विषयमा अनुसन्धान जारी छ । यसबारेमा सबै कुरा अहिलै भन्न सकिँदैन,’ भैरहवा भन्सार कार्यालयका प्रवक्ता युवराज भट्टराईले भने , ‘पसललाई शिल गरी अनुसन्धान भइरहेको छ,…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्री एमपी साउदले प्रधानमन्त्री ‘प्रचण्ड’को चीन भ्रमण आगामी सेप्टेम्बरमा हुनेगरि तयारी भइरहेको जानकारी दिए । तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले करिब १ महिनाअघि भारतको भ्रमण गरेर फर्किएका थिए । त्यसअघि नै प्रधानमन्त्री प्रचण्डलाई चीनले भ्रमणको औपचारिक निम्तो पठाएको थियो ।
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्षको लागि अन्जन चौलागाईंले उम्मेद्वारी दिएका छन् । चौलागाईं हालका महासचिव समेत हुन् । आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष पदका उमेदवार रहेका चौलागाईंले एनएनआरएनमा आएको एकरुपताले फुटेर हैन जुटेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको बताए । झण्डै १ वर्षसम्म कायम रहेको एनआरएनए विवाद समाधान भएर एकरुपता आएपछि उनले सम्पुर्ण नेपालीहरुमा आशाको दियो जगाएको जानकारी दिए । एनआरएनए राजनीति मुक्त हुनुपर्नेमा जोड दिनुपर्ने बताउँदै चौलागाईंले एनआरएनएमा राजनैतिक प्रभाव व्याप्त रहेकोले यसलाई अन्त्य गर्न पनि आफ्नो बरिष्ठ उपाध्यक्ष पदका लागी उमेदवारी रहेको बताए । बहालवाला महासचिव रहेका चौलागाईले आफ्नो अहिलेसम्मको कार्यकाल निकै फलदायी रहेको…
काठमाडौं । काठमाडौं महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयबाट उपलब्ध गराइने छात्रवृत्तिका लागि महानगर आफैले परीक्षा लिने भएको छ । महानगरका प्रमुख बालेन्द्र साह बालेनले नियमले तोकेको सिमाभित्र रहेर उक्त परीक्षा महानगरले नै सञ्चालन गर्ने बताएका हुन् । काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा नियमावली २०७४ मा व्यवस्था भएबमोजिम महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०र८१ देखि महानगर आफैले सञ्चालन गर्ने तयारी गरेको कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार उक्त परीक्षा सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब, जेहेन्दार तथा पिछडिएको क्षेत्र र आदिवासी जनजातिलगायत क्षेत्रबाट…
काठमाडौं । रोजेको मन्त्रालय पाए सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागि हुने भएको छ । प्रतिनिधिसभामा ६ सिट रहेको जनमतले आफूले रोजेको मन्त्रालय पाए तत्कालै सरकारमा सहागि हुने संकेत दिएको छ । यसअघि जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो । तर, केही समय अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । खानेपानी मन्त्रालयमा चित्त नबुझेपछि सरकारबाट बाहिरिएको जनमतले आफूले बनाएको चुनावी एजेन्डा उद्योग मन्त्रालयबाट मात्रै पूर्ति हुने बताउने गरेको छ । अहिले सरकारमा जाँदैगर्दा त्यही मन्त्रालय खोजेको छ । जनमतले दाबी गरेको उद्योग मन्त्रालय सत्ता साझेदार दल नेपाली कांग्रेसका रमेश रिजालसँग छ । प्रधानमन्त्री पुष्पकमल…
काठमाडौं । सिंगापुरलाई हराउँदै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियामा जारी खेल अन्तर्गत भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाउँदै सिंगापुरलाई उक्त लक्ष्य दिएको थियो । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए । कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए…
काठमाडौं । ‘मिस्टर नेपाल २०२३’ को फिनालेमा गोरखा गण्डकी गाउँपालिका,३ फूजेलका राजीव तिवारी पुगेका छन् । तिवारीसँगै अन्य २० प्रतियोगी फिनालेमा पुगेका हुन् । देशभर आयोजना गरिएको अडिसनबाट तीन सय प्रतियोगी छनौट भएका थिए । जसमध्येबाट गोरखा फुजेलका तिवारी अन्तिम २० सेमिफाइनलिस्टमा पुग्न सफल भएका हुन् । अहिले खल्ती एपबाट भोटिङ समेत खुला गरिएको छ । तिवारीले आफुलाई भोटिङ सहयोग गर्न अपिल गरेका छन् । आफु जन्मेको भुमिको लागि केहि गर्ने योजानाका साथ प्रतियोगितामा सहभागी भएको तिवारीले जानकारी दिए । छनोट भएका प्रतियोगी फिनालेका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । प्रशिक्षणमा पौडी, फुटबल,…
काठमाडौं । क्लासी प्रिन्टिङ प्रेस प्रा.लि.ले एकै वर्ष साढे ९ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । सन् २०२२ मा ९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ मा स्थापना भएको कम्पनीले यो अवधीमा २३ प्रतिशतले नाफा कमाएको हो । कम्पनीले म्यागाजिन, ब्रोसर, बुक्स, लिफलेट, क्यालेन्डर, लेटर हेड, प्रोस्पेक्टस आदि सामग्रीको डिजाइनिङ र प्रिन्टिङको काम गर्दै आएको छ । भक्तपुरको राधेराधेमा उद्योग रहेको कम्पनीमा ५१ प्रतिशत हिस्सा उमा कोइराला दाहालको स्वामित्व छ भने ४९ प्रतिशत अन्य ६ जना सेयरहोल्डरका छन् । त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७९ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ ।…
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका,२ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । योसँगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरु भएका छन् । छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । कार्यक्रममा छत्रदेव गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शंखर पाण्डे, पुर्व वडा अध्यक्ष राजेशकुमार पन्थी, वडा नम्बर ३ का वडा अध्यक्ष तेजप्रसादखनाल लगायत स्थानीय बुद्धिजिवी तथा सर्वसाधारणको उपस्थिति रहेका…
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले स्व. गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता बिरलै मात्र भेटिने बताएका छन् । सोमबार गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो कुरा बताएका हुन् । स्व. गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सबै नेतामा नहुने दाबी गर्दै पूर्वमहामन्त्री कोइरालाले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो ।’ गिरिजाप्रसाद कोइरालाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनको दाबी छ । ‘दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको…
