काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी भदौमा चीन भ्रमणमा जाने भएका छन् ।
परराष्ट्र मन्त्री एमपी साउदले प्रधानमन्त्री ‘प्रचण्ड’को चीन भ्रमण आगामी सेप्टेम्बरमा हुनेगरि तयारी भइरहेको जानकारी दिए ।
तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले करिब १ महिनाअघि भारतको भ्रमण गरेर फर्किएका थिए ।
त्यसअघि नै प्रधानमन्त्री प्रचण्डलाई चीनले भ्रमणको औपचारिक निम्तो पठाएको थियो ।
Facebook Comments Box
