काठमाडौं । रोजेको मन्त्रालय पाए सिके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागि हुने भएको छ । प्रतिनिधिसभामा ६ सिट रहेको जनमतले आफूले रोजेको मन्त्रालय पाए तत्कालै सरकारमा सहागि हुने संकेत दिएको छ ।
यसअघि जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो । तर, केही समय अब्दुल खानले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
खानेपानी मन्त्रालयमा चित्त नबुझेपछि सरकारबाट बाहिरिएको जनमतले आफूले बनाएको चुनावी एजेन्डा उद्योग मन्त्रालयबाट मात्रै पूर्ति हुने बताउने गरेको छ । अहिले सरकारमा जाँदैगर्दा त्यही मन्त्रालय खोजेको छ ।
जनमतले दाबी गरेको उद्योग मन्त्रालय सत्ता साझेदार दल नेपाली कांग्रेसका रमेश रिजालसँग छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जनमत पार्टीलाई सरकारमा सहभागी गराउने प्रयासमा छन् ।
आइतबार मात्रै प्रचण्डले जनमतका अध्यक्ष डा. सीके राउतसँग भेटवार्ता गरेका थिए । त्यसक्रममा उनले राउतलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
