काठमाडौं । सिंगापुरलाई हराउँदै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियामा जारी खेल अन्तर्गत भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाउँदै सिंगापुरलाई उक्त लक्ष्य दिएको थियो ।
नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो ।
सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए । कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए । सिंगापुरका अन्य १० ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका लागि कृतिक कामतले ३ तथा सन्तोष यादव, अभिषेक तिवारी, नरेन भट्ट, प्रतिक पोखरेल र अशोक धामीले समान ११ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनायो ।
उपाधिका लागि नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
