Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौ । पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अवरुद्ध सडक सुचारु भएको हो । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको थियो । शनिबार मध्यरातिदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबार बेलुका मात्र खुले पनि सोमबार बिहान फेरि अवरुद्ध भएको थियो ।
काठमाडौ । आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । आज शिक्षा दिने गुरुप्रति सम्मान व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखेर हिन्दु संस्कृतिको संरक्षणमा योगदान पुर्याएको मानिन्छ । आफूलाई शिक्षा दिने गुरुको सम्मानमा शिष्यहरूले आज मिष्ठान्न भोजनकासाथ श्रद्धाभाव व्यक्त गर्ने परम्परा छ । गुरुलाई आमा–बुबा सरह सम्मान गर्ने गरिन्छ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरूपि प्रकाशले अज्ञानरूपि अन्धकारको नाश गराउने व्यक्तिलाई…
भरतपुर । नारायणगढ–मुग्लिन सडक पुन अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । पहिरो हटाउन सुरु गरिएको छ । अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल तामाङले जानकारी दिए । पहिरोले एउटा ट्रक पल्टिएको छ । पहिरो गएको स्थानमा ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् । अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको इन्स्पेक्टर तामाङले जानकारी दिए । उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ । आइतबार झण्डै १८ घण्टा…
काठमाडौं । मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयमा तालाबन्दी भएको छ । ‘जनयुद्धका शहीद’ परिवारले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । शहीद प्रतिष्ठानले दिने घोषणा गरेको ३ लाख नदिएको भन्दै मन्त्रालयमा तालाबन्दी गरिएको शहीद परिवारका सदस्य राजु महतोले बताए । ‘जनयुद्धका शहीद’ परिवारले मन्त्रालयमा तालाबन्दी गर्नुअघि मुख्यमन्त्री सरोजकुमार यादवलाई भेट्ने प्रयास गरे पनि मुख्यमन्त्रीसँग भेट्न सकेनन् । मधेश सरकारले गत वर्ष नै ‘जनयुद्धमा शहीद’ भएका परिवारलाई किस्ताबन्दीमा ३ लाख उपलब्ध गराउने घोषणा गरेको थियो । प्रतिष्ठानले तीन वर्षसम्म एकरएक लाख उपलब्ध गराउने कार्यक्रमअन्तर्गत यसपटक शहीद परिवारका सदस्यले पैसा पाएका छैनन् । सरकारले गत फागुन २९ गते राजपत्रमा प्रकाशन गरेको शहीदको…
काठमाडौं । प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका प्रशान्त भन्ने पासाङ भोम्जन रहेका छन् । मकवानपुरको गढी नगरपालिका,१ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ४२ वर्षीय भोम्जन डेढ बिटो नक्कली नोटसहित समातिएका हुन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनलाई आइतबार पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट पाँच सय दरका एक सय ६० थान नक्कली ८० हजार बरामद गरेको हो । थप अनुसधान एवम् कारबाहीका निम्ति भोम्जनलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
काठमाडौं । डिस मिडिया नेटवर्क (डिसहोम नेपाल) ले आइपीओ निष्कासनका लागि कित्ता थप गरेर फेरि निवेदन दिएको छ । कम्पनीले पहिला आवेदन दिएको भन्दा १ करोड ११ लाख ९९ हजार २६ कित्ता थपेर पुनः आवेदन दिएको हो । कम्पनीले असार १२ गते १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता साधारण सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसअघि कम्पनीले २३ लाख ८५ हजार ९२९ कित्ता आइपीओ निष्कासन गर्न भन्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार हाल इन्टरनेट सेवा सुरु…
काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ५ दिनको समय दिएका हुन् । अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । प्रदेश प्रमुखको कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) वा (३) मध्ये कुन अनुसार मुख्यमन्त्री नियुक्त गरी सरकार गठन गर्न राजनीतिक दलहरुलाई दाबी पेसका लागि आहृवान गर्ने विषयमा महान्यायाधिवक्तासँग प्रदेश प्रमुखले माग गरेको…
काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेको छ । योसँगै नेपालले विश्वकप छनोटको अन्तिम खेल मंगलबार टेस्ट टोली आयरल्यान्डसँग सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ऐरीको उत्कृष्ट ब्याटिङ थियो । दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे । त्यस्तै सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रनमा नट आउट रहे । आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गर्दै खेल सकाए । त्यस्तै…
काठमाडौं । आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई नौ विकेटले हराउँदै श्रीलंका विश्वकपमा छनोट भएको छ । बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई पराजित गरेपछि श्रीलंका छनोटबाट विश्वकपमा छानिने पहिलो टोली बनेको छ । जिम्बावेले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका पथुम निसंकाले अविजित १०१ रन बनाए । जिम्बावेका लागि रिचार्ड नगर्भाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावे ३२ दशमलव २ ओभरमा १६५ रनमा अलआउट भयो । जिम्बावेका लागि सन विलियम्सले ५६ रन बनाए । श्रीलंकाका स्पिनर महेष थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३…
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि सारेको हो । ‘मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि स्वभाविक रुपमा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । त्यसैले पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्छ । त्यसको नेतृत्व कांग्रेस कोशी प्रदेश सभापति एवं दलका नेता उद्धव थापाले गर्नुहुनेछ,’…