काठमाडौं । प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका प्रशान्त भन्ने पासाङ भोम्जन रहेका छन् ।
मकवानपुरको गढी नगरपालिका,१ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ४२ वर्षीय भोम्जन डेढ बिटो नक्कली नोटसहित समातिएका हुन् ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनलाई आइतबार पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट पाँच सय दरका एक सय ६० थान नक्कली ८० हजार बरामद गरेको हो । थप अनुसधान एवम् कारबाहीका निम्ति भोम्जनलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
Facebook Comments Box
