Author: Scoop Khabar

काठमाडौ । बुधवार साझा बरामद सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास कार्यमा संलग्न कर्मचारीहरूलाई निलम्बनको तयारी भएको छ । घटनाको अनुसन्धानका लागि सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले जानकारी दिए । ‘जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर छानबिन हुन्छ’, खड्काले भने । विभागले सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको १३ औं महिनामा दौडिरहेको छ । गत ७ असार २०७९ सालमा जन्मिएको रास्वपाले यहाँसम्म आइपुग्दा थुप्रै विरोधसँगै सफलता पनि हासिल गरेको छ । तर, पार्ठी गठन गरेको चार महिनामै चौथो संसदीय शक्तिको रुपमा उदाएको रास्वपाको विवाद पछिल्लो समय छताछुल्ल भएको छ । यति छोटो समयमै रास्वाभित्र गुट उपगुट खडा भएको छ । स्रोतका अनुसार रास्वपाभित्र तीनवटा गुट छ । ४ मंसिरको आमनिर्वाचन र १० वैशाखको उपनिर्वाचनमार्फत मुलधारको स्थापित राजनीतिक दललाई समेत हायलकायल पार्ने संकेत गरेको रास्वपा सभापति रवि लामिछाने अल्पमतमा पर्न थालेको चर्चा चल्न थालेको छ । खासगरी पार्टी सभापति लामिछाने र सांसद…

थप

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पार गरेर बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले ८० देखि १०० किलोको बीचमा सुन रहेको अनुमान रहे पनि यकिन परिमाण आज सार्वजनिक गरिने जानकारी दिए । सुन हङ्कङबाट आएको खुले पनि तस्करमा संलग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धानपछि मात्र भन्न सकिने विभागले जनाएको छ । सुन ओसारपसारमा संलग्न रहेको आरोपमा हालसम्म ६ जना पक्राउ परेका छन् । ट्याक्सी चालकसहित ६ जनालाई पक्राउ गरिएको बताइएको छ । पक्राउ पर्नेहरुमा दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक र…

थप

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको छ ।  बिमानस्थल भन्सार र इमिग्रेसन एरिया क्रस गरिसकेपछि बाहिर गेटबाट अहिलेसम्मकै ठुलो परिमाणमा सुन बरामद गरिएको हो ।  विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । हङकङको जहाजमा आएको सुन विमानस्थल गेटबाट बरामद गरिएको हो । उक्त सुन ७० देखि सय किलोसम्म हुन सक्ने अनुमान गरिएको छ ।

थप

काठमाडौ । चितवन प्रहरीले  ग्यास बुलेटको टुलबक्समा लुकाइएको ७० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । खैरहनी पर्साबाट पूर्वतर्फ जाँदै गरेको ग्यास बुलेटमा चेक जाँच गर्ने क्रममा गाँजा फेला हो ।   पक्राउ पर्नेहरू भारतको झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुरको मनहरी–७ का ४५ वर्षीय राजु वाइवा रहेका छन् । बुधबार दिउँसो साढे १ बजेतिर राप्ती–१ लोथरबाट गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए । एसपी कार्कीकाअनुसार भारतीय नम्बर प्लेटको खाली ग्यास बुलेटको सिटमूनि र टुलबक्समा लुकाइएको अवस्थामा ११ पोका गाँजा बरामद भएको हो ।…

थप

काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङलाई प्रहरीले हत्कडी लगाएर सडकमा डुलाएको छ ।  ठमेलमा व्यवसायीलाई कुटपिट गरेर दुःख दिएको आरोपमा पक्राउ परेका गुरुङलाई म्याद थप गर्न अदालत लगेर फर्काउँदा हत्कडीसहित ठमेल क्षेत्रको सडकमा डुलाइएको हो । प्रहरीले सानुभाइसँगै टोखाका विक्रम अधिकारी, तनहुँका सुवास कायस्थ, सुरज कायस्थ र नुवाकोटका कमल तामाङलाई पक्राउ गरेको थियो । सानुभाइसँगै विक्रम र कमललाई पनि प्रहरीले हत्कडी लगाएर हिँडाएको थियो । गुरुङले गएको १५ असारमा क्लबमा बसिरहेका बेला आफूमाथि राति २ बजे कुटपिट भएको भन्दै सञ्चालक गुरुङले प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए । …

थप

काठमाडौं । विमानस्थलनजिकै सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई सेनाले निष्क्रिय पारेको हो । सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्ति सुन पसल नजिकैको होटलमा लुकेर बसेका अवस्थामा पक्राउ परेका हुन् । रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले उत्कृष्ट काम गर्ने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)देखि कार्यालय सहयोगीसम्मलाई पुरस्कृत गरेका छन् । आईजी कुँवरबाट पुरष्कृत हुनेमा एआईजी मिरा चौधरी, प्रहरी नायब महानिरीक्षक (डीआईजी) बुद्विराज गुरूङ, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) हरु दानबहादुर कार्की, मनोज केसी र दिनेश आचार्य रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने एसएसपीद्वय कार्की र केसी पुरस्कृत भएपछि संगठनमा काम गर्नेको मूल्यांकन हुँदोरहेछ भन्ने एउटा सन्देश गएको छ । आईजी कुँवरले उत्कृष्ट काम गरेको भन्दै काठमाडौं प्रहरी परिसर प्रमुख कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख केसीलाई नगदसहित पुरष्कृत गर्ने निर्णय गरेका हुन् । त्यस्तै विभिन्न…

थप

काठमाडौं । नेपाल प्रहरीभित्र पछिल्लो समय ३० वर्षे सेवाहदले निकै चर्चा पाएको छ । आजकल प्रहरीका धेरै अधिकारीहरुको यसै बिषयमा छलफल हुने गरेको पाइएको छ । ३० वर्षे हट्ला या नहट्ला भनेर एकले अर्कोलाई सोधिरहन्छन् । प्रहरीमा ३० वर्षे सेवाअवधी लागू छ भने नेपाली सेनामा हटिसकेको छ । नेपाली सेनामा लागू भएको मोडालिटी नेपाल प्रहरी र सशस्त्र प्रहरीमा पनि लागू हुनुपर्ने माग पटकपटक उठ्दै आइरहेको हो । तर, बिडम्बना ३१ वर्षसम्म प्रहरीमा ३० वर्षे हट्न सकिरहेको छैन । नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको आधारमा अवकाश हुने व्यवस्थालाई हटाएर उमेर र पदावधि मात्र लगाउने गरी ऐन संशोधनको तयारी भइरहेको…

थप

काठमाडौं । देशको कानुन पालना गराउने निकाय हो प्रहरी । तर, कानुन बनाउने नेताहरुले ती प्रहरीहरुको पीरमर्का नबुझिदिँदा वर्षौंदेखि प्रताडित भएर बस्नुपरेको छ । जसले गर्दा उनीहरुको काम गर्ने मनोबल बढिरहेको अवस्था छैन । प्रहरीको कानुन संशोधनको प्रक्रिया अगाडि बढाउने तालुक मन्त्रालयले हो । तालुक मन्त्रालयमा जो व्यक्ति आएपनि भन्ने एउटै शब्द हो, उहाँहरुको पीरमर्का राम्रोसँग बुझेको छु । छिट्टै समस्या समाधान हुन्छ । पछिल्लो समय गृह मन्त्रालयको जिम्मेवारीमा छन्, नारायणकाजी श्रेष्ठ । भ्रष्टाचारीविरुद्ध निर्मम रुपमा प्रस्तुत भएका मन्त्री श्रेष्ठले आफ्नो मातहतको निकाय प्रहरीहरुको पीरमर्कामा नुन छर्कने काम मात्रै गरेका छन् । आश्वासान दिएका छन्, काम भने जहाँको त्यहिँ अड्किएको…

थप