काठमाडौं । विमानस्थलनजिकै सिनामंगलमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकपेटीमा फेला परेको शंकास्पद वस्तुलाई सेनाले निष्क्रिय पारेको हो ।
सिनामंगलको खोटाङ हलेँसी ज्वेलर्समा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो ।
नेपाली सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती व्यक्ति सुन पसल नजिकैको होटलमा लुकेर बसेका अवस्थामा पक्राउ परेका हुन् ।
रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरी वृत्तमा राखिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासमेत भेटिएको छ ।
