काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद भएको छ ।
बिमानस्थल भन्सार र इमिग्रेसन एरिया क्रस गरिसकेपछि बाहिर गेटबाट अहिलेसम्मकै ठुलो परिमाणमा सुन बरामद गरिएको हो ।
विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको राजश्व अनुसन्धान विभागका अधिकारीहरुले बताएका छन् । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन ।
हङकङको जहाजमा आएको सुन विमानस्थल गेटबाट बरामद गरिएको हो । उक्त सुन ७० देखि सय किलोसम्म हुन सक्ने अनुमान गरिएको छ ।
Facebook Comments Box
