Author: Scoop Khabar

काठमाडौ ।  नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ । गृह मन्त्रालयले पठाएको ‘सेवा अवधि हटाउने प्रस्ताव’मा अर्थ मन्त्रालयले सहमति दिएको हो ।   ३ दिनअघि अर्थ मन्त्रालयले सहमतिमा राय दिएर गृह मन्त्रालयमा पठाएको छ । अर्थले कानुन बनेको १ वर्षपछि लागु गर्ने गरी ३० वर्षे सेवा अवधि हटाउन ‘राय’ दिएको हो ।  रायमा भनिएको छ–‘उमेर हद, सेवा अवधि तथा ३० वर्षे सेवा अवधि हटाउने लगायतका प्रस्तावित विषय निजामती सेवा ऐन–२०४९ को दफा २५ को प्रावधान समेतका आधारमा एक वर्षपछिको मितिदेखि लागु हुने गरी व्यवस्था गर्नुपर्ने ।’ अर्थ मन्त्रालयले दिएको राय अनुसार गृह मन्त्रालयको कानुन…

थप

काठमाडौं । गुल्मीको रेसुंगा नगरपालिका, ८ थुम्काकी १२ वर्षीया रचना विक जलेर सख्त घाइते भएको डेढ महिना भयो । गत २९ जेठको बिहान खाना खाने क्रममा अगेनोबाट एक्कासि रचनाको कुर्तामा आगो सल्कियो । बिहानै बुबा दुर्गाबहादुर काममा निस्किएका थिए । आमा राधिका पनि जंगल गएकी थिइन् । कुर्तामा आगो दन्किएपछि रचनाले चिच्याउँदै गुहार मागिन् । त्यो समय पानीको अभावले घरमा खानेपानीसमेत नभएको अवस्थामा उनले जिउमा पोख्न पानीसमेत पाइनन् । छिमेकीले दिदीभाइको झगडा भएको सोचेछन् । तर, रचना आगोले जलेर विक्षिप्त थिइन् । केहीबेरमा रचनाको शरीरमा लागेको आगो फुपू र हजुरआमाले निभाए । रचनालाई लगत्तै गुल्मी अस्पताल पु¥याइयो । तर, अवस्था…

थप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०७४ सालमा पाएको मतको सदुपयोग गर्न सकेको भए २०७९ को निर्वाचनमा कम्युनिस्ट पार्टीहरुले दुई तिहाई भन्दा बढी सिट जित्ने बताए । आइतबार नेकपा (एकीकृत समाजवादी) मनाङ–काठमाडौं सम्पर्क मञ्चको ५औँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले ०७४ सालको निर्वाचनमा कम्युनिस्ट पार्टीले करिब दुई तिहाइ मत ल्याएको भएपनि त्यसको सदुपयोग गर्न नसकेको बताएका हुन् । उनले त्यसबेला सरकार र पार्टी राम्ररी चलाएको भए ०७९ को निर्वाचनमा दुई तिहाइभन्दा बढी सिट जित्ने दाबी गरे । उनले नेपालमा कम्युनिस्ट पार्टीहरु सबैतिर फैलिएको पनि बताए । ‘आज नेपालको राजनीतिमा कम्युनिष्ट पार्टी सबैतिर फैलिएको पाइन्छ । २०७४ सालको चुनावमा…

थप

काठमाडौं । त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट बरामद करिब सय किलो सुन तस्करी प्रकरणमा नेपालले अनुसन्धानमा सहयोग गर्न हङकङलाई आग्रह गरेको छ । भन्सार विभागले हङकङको भन्सारलाई पत्र लेख्दै सुन पठाउने व्यक्तिहरुबारे जानकारी माग गरेको हो । ‘हामीले हङकङको भन्सार विभागसँग सुन बरामदको घटनापछि ती व्यक्तिहरुले निर्यात गरेका छन् कि छैनन् भनेर जानकारी मागेका छौँ,’ विभागका प्रवक्ता पुण्यविक्रम खड्काले भने । गत २ साउनमा मोटरसाइलको ब्रेक सुमा राखेर ल्याइएको सय किलो सुन बरामद भएपछि तस्करीको खुलासा भएको थियो । तस्करीमा भन्सार विभागका कर्मचारी पनि संलग्न रहेको पाइएको छ । नेपालमा वाणिज्य बैंकहरुले बाहेक अरुले सुन भित्र्याउन पाउँदैनन् । यो व्यवस्थाको पालना किन…

थप

काठमाडौं । सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं बरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की र प्रहरी उपरीक्षक (एसपी) रमेशकुमार बस्नेतलाई अदालतको अवहेलनाको आरोपबाट क्षमादान दिएको छ । १२ वर्षअघि तत्कालीन पुनरावेदन अदालत पाटनले गरेको फैसला कार्यान्वयन नगरेको भनी सर्वोच्च अदालतले उनीहरुलाई १५ दिन कैद र ५ हजार जरिवानाको कैद प्रस्ताव गरेको थियो । फैसला कार्यान्वयन गरेमा प्रस्ताव गरेको कैद र जरिवाना मिनाहा हुनसक्ने भनी सर्वोच्च अदालतले गत २०७९ फागुन ११ मा आदेश गरेको थियो । आदेश अनुसार जाहेरीको अनुसन्धान गरी सरकारी कागजात किर्तेमा मुद्दा नचल्ने निर्णय गरेपछि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको इजलासले उनीहरुलाई क्षमादान दिएको हो…

थप

काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करीमा सरकार आफूलाई जोगाउने र अरुलाई फसाउने खेलमा लागेको आरोप लगाएका छन् । उनले मुख्य दोषीसम्म पुग्नुको साटो भरियाहरुलाई मात्र समाउनुले त्यहि पुष्टि भएको बताए । नेपालगञ्जमा शनिबार शुरु भएको एमालेका लुम्बिनी प्रदेशका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारको जानकारीबिना विनास्थलबाट एक क्विन्टल सुन भित्रन सम्भव नै नहुने बताए । ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टबाट एक क्विन्टल सुन भित्रिन कसरी सम्भव हुन सक्छ ?’ उनले प्रश्न गरे । ओलीले सुन प्रकरणमा सरकारका मुख्य मान्छे नै संलग्न रहेको आरोप लगाए । ‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो…

थप

काठमाडौ । शनिबार बिहान ८ः३० बजेको समयमा बागमती प्रदेश प्रहरी गण हेटौंडाका गणपति प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले दुईजना सिपाहीलाई कानको जाली फुट्ने गरी कुटपिट गरेपछि गम्भिर प्रश्न उब्जिएको छ । कुटाइ खानेमा जवानद्द्य कुमार भण्डारी र सन्तोष अधिकारी रहेका छन् । एसपी खड्काले शनिबार बिहान विनाकारण उनीहरुलाई कुटपिट गरेका हुन् । खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ । एसपी खड्काले कुटेपछि बागमति प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) किरण राणा समेत विवादमा तानिएकी छिन् । उनको आदेशमा नै अन्यत्र दरबन्दीमा काम गरिरहेका उनीहरुलाई तानेर गणमा राखिएको थियो । काभ्रे दरबन्दी भएका उनीहरुलाई गत १६…

थप

काठमाडौं । बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी जवान कुमार भण्डारी र सन्तोष अधिकारीलाई गणपति प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले कुटपिट गरी घाइते बनाएका छन् । एसपी खड्काको कुटपिटबाट जवानद्धय भण्डारी र अधिकारीको कानको जाली फुटेको छ । शनिबार बिहान ८ः३० बजेको समयमा एसपी खड्काले उनीहरुमाथि कुटपिट गरेका हुन् । कानको जाली फुटेपछि उनीहरुलाई उपचार गर्न समेत जान दिइएको छैन् । बन्धक जस्तै बनाएर राखिएको स्रोत बताउँछ । शुक्रबार जवानद्धय भण्डारी र अधिकारी सोही गणका अमल्दारलाई खबर गरी बाहिर निस्केका थिए । बाहिर किन निस्केको, कसलाई सोधेर निस्केको, म हुँ गणको हाकिम भन्दै एसपी खड्काले उनीहरुमाथि कुटपिट गरेको स्रोत…

थप

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाको लागि दक्षिण सुडानमा तैनाथ एक जना नेपाली सैनिक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाले शुक्रबार आत्महत्या गरेको बताइएको छ । उनी जाजरकोटको खलङ्गा गाउँपालिका ६, निवासी हुन् । दक्षिण सुडानको रुम्बेकस्थित गण हेडक्वार्टरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा उनी फेला परेका थिए । उनको शव पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको नेपाली सेनाले जनाएको छ । पोष्टमार्टमपछि स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको बताइन्छ ।

थप

काठमाडौं । गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गरेको झण्डै एक सय किलो सुन प्रधानमन्त्री कार्यालय मातहतको कार्यालय राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । सुनको यकिन परिमाण भने अझै आइसकेको छैन । यद्यपि सुन बरामद भएपछि यो प्रकरण सडकदेखि सदनसम्म तातेको छ । विपक्षी दलका नेता कार्यकर्ता मात्र नभएर सत्तापक्षका नेता कार्यकर्ताले पनि सुन कसरी र कसको सेटिंगमा बाहिरियो भने प्रश्नहरु खडा गरेका छन् । जसले गर्दा सरकारमाथि चौतर्फी दबाब छ । यता उपप्रधान एवंम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको दाबी गरेका छन् । विभागले अनुसन्धानमा नेपाल प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले प्रहरी…

थप