काठमाडौ । शनिबार बिहान ८ः३० बजेको समयमा बागमती प्रदेश प्रहरी गण हेटौंडाका गणपति प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्काले दुईजना सिपाहीलाई कानको जाली फुट्ने गरी कुटपिट गरेपछि गम्भिर प्रश्न उब्जिएको छ ।
कुटाइ खानेमा जवानद्द्य कुमार भण्डारी र सन्तोष अधिकारी रहेका छन् । एसपी खड्काले शनिबार बिहान विनाकारण उनीहरुलाई कुटपिट गरेका हुन् । खड्काको कुटाईबाट जवान भण्डारीको कानको जाली नै फुटेको छ ।
एसपी खड्काले कुटेपछि बागमति प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) किरण राणा समेत विवादमा तानिएकी छिन् । उनको आदेशमा नै अन्यत्र दरबन्दीमा काम गरिरहेका उनीहरुलाई तानेर गणमा राखिएको थियो ।
काभ्रे दरबन्दी भएका उनीहरुलाई गत १६ असारमा डिआईजी राणाले तानेकी थिइन् । गणमा तानेपछि उनीहरुलाई बन्धक जस्तै बनाइएको थियो । कतै पनि निस्किन समेत दिइएको थिएन् ।
जसको परिणाम आज त्यस्तो घटना भयो । काभ्रेका एसपीले घुमुवा राखेका उनीहरुलाई डिआईजी राणाले तानेर गणमा थुनुवालाई जस्तै राखेपछि बिना गल्ती आज एसपी खड्काको कुटाइ खान पर्यो ।
‘बेकार घुमुवा बसेकै कारण गणमा लगेर डिआईजीले थुने,’ पीडित प्रहरी भन्छन्, ‘आज जस्को परिणाम बिना गल्ती कुटाइ खान पर्यो । प्रहरी प्रमुखको ध्यान पुगोस् ।’
जिल्लामा सिभिलले काम गर्ने भनेको एसपीकै निगरानीमा हो । घुमूवाले गल्ती गरे एसपीले करवाही गर्न सक्छ वा घुमूवाको गलत आचरणको सुचना डिआईजीकोमा पुगे एसपीलाई जानकारी गाराएर सचेत गराउन सकिन्छ ।
अर्थात घुमूवाबाट हटाएर अन्त ड्युटीमा खटाउन पनि सकिन्छ । तर, बागमती प्रदेशका डिआईजी राणाले गुण्डागर्दी शैलीमा जिल्लाका घुमूवालाई कुनै अपराध बिना गणमा थुनेर यातना दिदै आएकी छन् ।
हाल उक्त गणमा अझै ६ जना प्रहरी थुनिएका छन् । उनीहरुलाई बाहिर समेत निस्किन दिइएको छैन् । मानसिक तनाव दिएर राखिएको स्रोत बताउँछ ।
