Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रहरीले नक्कली नोटको कारोबारमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको इमाडोलमा बस्दै आएका प्रशान्त भन्ने पासाङ भोम्जन रहेका छन् । मकवानपुरको गढी नगरपालिका,१ घर भई हाल ललितपुरको इमाडोल बस्दै आएका ४२ वर्षीय भोम्जन डेढ बिटो नक्कली नोटसहित समातिएका हुन् । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उनलाई आइतबार पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट पाँच सय दरका एक सय ६० थान नक्कली ८० हजार बरामद गरेको हो । थप अनुसधान एवम् कारबाहीका निम्ति भोम्जनलाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।
काठमाडौं । डिस मिडिया नेटवर्क (डिसहोम नेपाल) ले आइपीओ निष्कासनका लागि कित्ता थप गरेर फेरि निवेदन दिएको छ । कम्पनीले पहिला आवेदन दिएको भन्दा १ करोड ११ लाख ९९ हजार २६ कित्ता थपेर पुनः आवेदन दिएको हो । कम्पनीले असार १२ गते १ अर्ब ३५ करोड ८४ लाख ९५ हजार ५०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता साधारण सेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसअघि कम्पनीले २३ लाख ८५ हजार ९२९ कित्ता आइपीओ निष्कासन गर्न भन्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यका अनुसार हाल इन्टरनेट सेवा सुरु…
काठमाडौं । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ५ दिनको समय दिएका हुन् । अब दलहरुले २१ असारसम्म प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री प्रस्ताव गर्नुपर्नेछ । शुक्रबार एमाले नेता हिक्मतकुमार कार्की प्रदेशसभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । प्रदेश प्रमुखको कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) वा (३) मध्ये कुन अनुसार मुख्यमन्त्री नियुक्त गरी सरकार गठन गर्न राजनीतिक दलहरुलाई दाबी पेसका लागि आहृवान गर्ने विषयमा महान्यायाधिवक्तासँग प्रदेश प्रमुखले माग गरेको…
काठमाडौं । नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेको छ । योसँगै नेपालले विश्वकप छनोटको अन्तिम खेल मंगलबार टेस्ट टोली आयरल्यान्डसँग सातौं स्थानको लागि प्रतिस्पर्धा गर्नेछ । जितको लागि १ सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्र ऐरीको उत्कृष्ट ब्याटिङ थियो । दीपेन्द्र ८५ बलमा ७ चौका र २ छक्कासहित ७९ रनमा अविजित रहे । त्यस्तै सन्दीप लामिछानेले ३७ बलमा २ चौकासहित २३ रनमा नट आउट रहे । आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले १५ ओभरमा ७९ रनको अविजित साझेदारी गर्दै खेल सकाए । त्यस्तै…
काठमाडौं । आईसीसी विश्वकप छनोटको सुपर सिक्स खेलमा जिम्बावेलाई नौ विकेटले हराउँदै श्रीलंका विश्वकपमा छनोट भएको छ । बुलाबायोमा रहेको क्विन्स स्पोर्ट्स क्लबमा जिम्बावेलाई पराजित गरेपछि श्रीलंका छनोटबाट विश्वकपमा छानिने पहिलो टोली बनेको छ । जिम्बावेले दिएको १६६ रनको लक्ष्य श्रीलंकाले ३३ दशमलव एक ओभरमा एक विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाका पथुम निसंकाले अविजित १०१ रन बनाए । जिम्बावेका लागि रिचार्ड नगर्भाले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावे ३२ दशमलव २ ओभरमा १६५ रनमा अलआउट भयो । जिम्बावेका लागि सन विलियम्सले ५६ रन बनाए । श्रीलंकाका स्पिनर महेष थिक्सेनाले ४ तथा दिलशान मदुशानकाले ३…
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले प्रदेश सभापति उद्धव थापालाई अगाडि बढाउने निर्णय गरेको छ । कोशी प्रदेश कार्यसमितिको आइतबार बसेको बैठकले थापालाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको उपसभापति रमेशजंग रायमाझीले जानकारी दिए । नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढलेपछि सत्ता साझेदर दलहरुबीच कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा छलफल चलिरहेका बेला कांग्रेसले मुख्यमन्त्रीमा थापालाई अगाडि सारेको हो । ‘मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वमा रहेको सरकारले विश्वासको मत पाउन नसकेपछि स्वभाविक रुपमा गठबन्धनमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । त्यसैले पहिलो पटक कांग्रेस नेतृत्वको सरकार बन्छ । त्यसको नेतृत्व कांग्रेस कोशी प्रदेश सभापति एवं दलका नेता उद्धव थापाले गर्नुहुनेछ,’…
प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा हो : आईजी कुँवर
गोरखा । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा भएकोले प्रहरी कर्मचारीहरुले यसलाई मध्यनजर गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न सदैव कटिवद्ध रही काम गर्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाको आइतबार निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा उक्त कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुवँरले उक्त कुरा बताएका हुन् । प्रहरी महानिरीक्षक कुँवरले मनसुनको समय रहेकोले स्थानीय पालिकाहरुसँगको समन्वयमा स्रोत साधनहरुको व्यवस्थापन सहित प्रहरी कर्मचारीहरुले विपद् व्यवस्थापनमा सक्रिय रही उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताए । समाजमा हुने छुवाछूत, महिला तथा घरेलु हिंसा लगायतका घटना घटेमा…
काठमाडौं । प्रहरीले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो । यसअघि प्रहरीले सो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जनालाई पक्राउ गरिसकेको छ । उनीहरु प्रहरी हिरासतमा छन् ।
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बालुवाटरको ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । आइतवार सामाजिक सञ्जालमार्फत भट्टराईले यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन्। ‘कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । आफ्नो १९ महिने प्रधानमन्त्रीकालमा भएका विषयमा यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग बयान दिइसकेको उनले बताएका छन् । भट्टराईको स्ट्याटस ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक…
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारमा रहेको ललिता निवासको जग्गा संरक्षण गर्न तारबार लगाउने भएको छ । मेयर बालेन्द्र साह बालेनको निर्देशनमा नगरप्रहरीले तारबार गरेको हो । आइतबार दिउँसो नगरप्रहरीले खाली जग्गामा तारबार लगाएको हो । बालुवाटारस्थित ललिता निवासको खाली जग्गामा तारबार लगाउने, बनिरहेका घर तथा भौतिक संरचना निर्माणको काम रोक्न लागेको काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । बहुचर्चित जग्गा हिनामिना प्रकरणको रुपमा परिचित सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर विभिन्न व्यक्तिका नाममा नामसारी भएको थियो । विसं २०४९ सालदेखि २०६९ सालसम्ममा ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिको नाममा हत्याइएको थियो । यो जग्गा घोटाला प्रकरणमा…