काठमाडौं । प्रहरीले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप ३ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।
यसअघि प्रहरीले सो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जनालाई पक्राउ गरिसकेको छ । उनीहरु प्रहरी हिरासतमा छन् ।
Facebook Comments Box
