Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
रुकुम पश्चिम । गत सोमबार भारतको हिमाचल प्रदेश सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा परेर ज्यान गुमाएका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका –९ टुनिबोटका एउटै घरका तीन जनाको आज बिहीबार गाउँमै अन्त्येष्टि गरिएको छ । टुनिबोट टोलका ४८ वर्षिय देव बहादुर ओली, उहाँकी ५० वर्षिया श्रीमती भिमा ओली र १७ वर्षिय कान्छो छोरा मोहन ओलीको आज अन्त्येष्टि गरिएको हो । भारतबाट बिहीबार बिहान शव गाउँमै ल्याई पुर्याएपछि टुनिबोट टोल नजिकैको मसानघाटमा उनीहरुको अन्त्येष्टि गरिएको त्रिवेणी गाउँपालिका वडा नम्वर ९ का वडा सदस्य सन्तोष ओलीले जानकारी दिए । सपरिवार मजदुरीको लागि भारत गएका थिए । क्यारामा अविरल वर्षा भइरहेको बेला ओली परिवार…
काठमाडौं । ३० असारमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन हुँदैछ । निर्वाचनपछि इक्यानले नयाँ नेतृत्व पाउँदैछ । अध्यक्षको लागि शेषराज भट्टराई प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । भट्टराई नेतृत्वको प्यानलमा उपाध्यक्षका उम्मेद्वार श्रीराम पौडेल, गीता सिवाकोटी, दयाराम थापा छन् । यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईले उम्मेदवारी दिएका छन् । त्यसैगरी कोषाध्यक्षमा आशिक कार्की र सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, हेमराज थापा मैदानमा उत्रिएका छन् । इक्यान अध्यक्षका प्रत्यासी रहेका भट्टराईले आफ्नो नेतृत्वले यसको गतिशिलतामा थप टेवा पुग्ने…
काठमाडौ । अब श्रवणशक्ति गुमाएकाहरूको उपचारको सहजताका लागि दोभासे नै राखेर उपचार सेवा उपलब्ध हुने भएको छ । यस्तो सेवा जावलाखेलस्थित क्लिनिक वानले दिन लागेको हो । बिहीबार श्रवणशक्ति गुमाएका वा कम श्रवणशक्ति भएका व्यक्तिहरूका लागि केन्द्रित गरेर क्लिनिक वान र राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघबीच क्लिनिक वानमा दोभासे राखेर उपचार गराने सम्झौता भएको छ । क्लिनिक वानले श्रवणशक्ति गुमाएकाहरूको उपचारमा समेत सहज होस् भन्ने उद्देश्यले सो व्यवस्था गरेको क्लिन वानका सञ्चालक रघु राणाले जानकारी दिए । श्रवणशक्ति गुमाएकाहरूलाई विभिन्न परीक्षणको सेवामा २५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको राणाले बताए । ‘दोभासेको प्रयोगले उनीहरूले सही परामर्श पाउनेछन् ।…
काठमाडौं । थाइल्याण्ड लैजाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर ‘अनलाइन स्क्यामिङ’ गराएको अभियोगमा चिनियाँ नागरिक मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको फन्दामा परेका छन् । चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा अस्थायी रुपमा बस्ने ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जु लाई बुधबार व्यूरोको टोलीले पक्राउ गरेको हो । दक्षिण पूर्वी एसियाका लाओस, थाइल्याण्ड, म्यान्मार लगायतका देशहरूमा रोजगारीको प्रलोभन देखाई अवैध अनलाइन स्क्यामिङमा लगाई शोषण गर्ने गरेको भन्ने उजुरीको आधारमा व्यूरोबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा उनलाई पक्राउ गरेको हो । लियाङले पीडितलाई थाइल्याण्डमा कम्प्युटर टाइपिङको काममा लाने भन्दै २०७९ साउन ९ गते म्यान्मार पुर्याई बन्धक बनाई…
काठमाडौँ । बैंकको आधिकारिक कर्मचारी हुँ भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको धनपालनाथ गाउँपालिका–१ बस्ने २१ वर्षीय महमद मोजाहीद मिया रहेका छन् । मियाँले आफूलाई बैंकको कर्मचारी भन्दै बैंक खातासँग वालेट आइडी लिंकअप, खता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिभाई, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने, राम्रो बोनस प्राप्त हुने जस्ता काम गरिदिने बहानामा पीडितहरूसँग ओटीपी कोड माग्ने गरेका थिए । त्यसपछि उनीहरूको बैंक खाताबाट अन्यत्र बैंक खाता र वालेटमा रकम रकमान्तर गर्ने गरेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार मियाँले यसरी विभिन्न व्यक्तिहरुबाट ११ लाख १२…
कैलाली । कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटेल सञ्चालकसहित पाँच महिला पक्राउ परेका छन् । यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यु वर्षा होटेल सञ्चालक टोप बहादुर खड्का, अछाम होटेलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेलका सञ्चालक भीम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको होटेलमा यौन व्यवसायमा रहेको भन्दै पाँच महिलालाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शंकर खड्काले जानकारी लिए । यसअघि सोमबार पनि लम्कीबाट २ नाबालिग पक्राउ परेका थिए । उनीहरूलाई यौन व्यवसायमा संलग्न गराएको भन्दै होटेल सञ्चालक महेश प्रसाद जैशीललाई मानव बेचबिखन तथा ओसार पसारको मुद्दा चलाइएको
काठमाडौ । निर्माता भुवन केसीले १० करोड रुपैयाँ क्षतिपूर्ति माग्दै हालेको गाली बेइज्जती मुद्दा जितेपछि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहले भावुक हुँदै प्रतिक्रिया दिएकी छन् । हाल चलचित्र विकास बोर्डका अध्यक्ष रहेका केसीले साम्राज्ञीविरुद्द मुद्दा हालेका थिए । तर मुद्दा जितेपछि सत्यको जित भएको र आफू पहिलाजस्तै ढुक्कले सामान्य जीवनमा फर्किन पाएको उनले बताइन् । आफ्नो पक्षमा बहस गरिदिएका कानुन व्यवसायीलाई धन्यवाद दिँदै उनले भनिन्, ‘हामीले अन्ततः यो लडाइँ जितेका छौँ । अब म शान्तिको सास फेर्न सक्छु र जीवनमा फेरि अघि बढ्न सक्छु ।’ साम्राज्ञीको पक्षमा कानुन व्यवसायीहरू दिनेश त्रिपाठी, अशांकन मल्ल, राष्ट्र तिमल्सिना, धृष्टि दाहाल र जयलाल भण्डारीले…
प्रहरी जवानलाई कार्यालयमै हातखुट्टा बाँधेर यातना, जिप्रका सिराहा घटना ढाकछोप गर्न उद्द्त
काठमाडौं । सिरहामा एकजना प्रहरी जवानलाई बाँधेर यातना दिएको घटना बाहिरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई कार्यालय परिसरभित्र अभियुक्तलाई झैं हतकडी लगाएर यातना दिएको भिडियो सार्वजनिक भएको हो । रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईको नेतृत्वमा सोमबार साँझ यातना दिइएको थियो । रायलाई सिरहा बजारबाट साँझ नियन्त्रण लिएर कार्यालयभित्रै हतकडी लगाउनुका साथै बाँधेर राखिएको हो । प्रहरी जवानका भाइ रजनिश रायका अनुसार महोत्तरीको जलेश्वर नगरपालिका-८ फुलहट्टा घर भएका मेरो दाईलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिइएको हो । उनले भने, ‘इन्स्पेक्टरले गाली गरेर बुटैबुटले हिर्काएका छन् । १२ घन्टासम्म बाँधेर कुटेका…
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी पत्नी सीता दाहालको उपचारको क्रममा निधन भएको छ । उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथली स्रोतले जानकारी दियो । प्रधानमन्त्रीपत्नी दाहालको अक्सिजन मात्रा घटेपछि उपचारका लागि उनलाई बुधबार बिहान अस्पताल पुर्याइएको थियो ।
काठमाडौं । स्कुलमा बालबालिका लिन गएका महिलाहरुको घाँटीमा लगाएका सिक्री लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिकामा असार १७ देखि १९ गतेसम्म चार वटा घटना भएको थियो । ललिपुर प्रहरीका अनुसार १७ गते अपराह्न सवा ४ बजे ललिपुर–१० महर्जन गल्लीमा पेम्बाकुमारी तामाङको सुनको सिक्री लुटपाटको प्रयास भएको थियो । पौने ५ बजे वडा नम्बर ११ की मिना शाक्यको । १८ गते वडा नम्बर ११ की ममता महर्जनको सुनको सिक्री लुटपाटको प्रयास भयो । भोलिपल्ट १९ गते साढे ४ बजे ललिपुर ४ धोविघाटमा शारिका कुशवाहको सिक्री लुटपाट भयो । सबै घटनामा सिक्री लुटपाट वा लुटपाटको प्रयास गर्ने लोलिनकाजी…