कैलाली । कैलालीको चिसापानीमा यौन व्यवसायमा संलग्न तीन होटेल सञ्चालकसहित पाँच महिला पक्राउ परेका छन् ।
यौनकर्मी महिला राखेर यौन व्यवसाय चलाइरहेको भन्दै चिसापानीको न्यु वर्षा होटेल सञ्चालक टोप बहादुर खड्का, अछाम होटेलका सञ्चालक केशव शाही, भेरी पञ्चकोशी होटेलका सञ्चालक भीम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको होटेलमा यौन व्यवसायमा रहेको भन्दै पाँच महिलालाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) शंकर खड्काले जानकारी लिए ।
यसअघि सोमबार पनि लम्कीबाट २ नाबालिग पक्राउ परेका थिए । उनीहरूलाई यौन व्यवसायमा संलग्न गराएको भन्दै होटेल सञ्चालक महेश प्रसाद जैशीललाई मानव बेचबिखन तथा ओसार पसारको मुद्दा चलाइएको
Facebook Comments Box
