Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले भारतबाट अवैध रूपमा काठमाडौं भित्र्याइएको ठूलो परिमाणको ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले २०८३ साउन १२ गते काठमाडौं महानगरपालिका–१४ स्थित गाङखेल क्षेत्रमा विशेष सूचनाका आधारमा कारबाही गरेको हो। कारबाहीका क्रममा भारतबाट नेपालका विभिन्न सीमावर्ती क्षेत्र हुँदै काठमाडौं ल्याइएको एक लाख २० हजार थान ट्रामाडोल क्याप्सुल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। टोलीले ट्रामाडोल ओसारपसारमा प्रयोग गरिएका दुईवटा सवारीसाधन र अन्य सामग्रीसमेत नियन्त्रणमा लिएको छ। अवैध औषधि ओसारपसारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। उनीहरूको नाम र ठेगाना भने तत्काल सार्वजनिक गरिएको छैन। नियन्त्रणमा लिइएका व्यक्ति, बरामद…
काठमाडौं । विवाह भएको ९ महिनामै झापामा एक नवविवाहिता मुहिला घरभित्रै मृुत फेुला परेकी छन्। भद्रपुर नगरपालिका–१० चन्द्रगढीस्थित आफ्नै घरमा सोमबार राति रितु ढकाल झुण्डिएको अवस्थामा फेला परेकी हुन्। बिर्तामोड–८ का पुष्पराज ढकालकी कान्छी छोरी रितुको करिब नौ महिनाअघि मात्रै चन्द्रगढीका प्रसिल कोइरालासँग विवाह भएको थियो। घटना सार्वजनिक भएसँगै मृतकका परिवार र आफन्तहरू घटनास्थल पुगेका थिए। तर माइती पक्षले यसलाई सामान्य आत्महत्या मान्न अस्वीकार गर्दै मृत्यु शंकास्पद रहेको दाबी गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष र गहिरो अनुसन्धानको माग गर्दै बुधबार बिहान जिल्ला प्रहरी कार्यालय झापा घेराउसमेत गरेका थिए। भद्रपुरमा पोस्टमार्टम गराउन माइती पक्षले अस्वीकार गरेपछि, ओम साई अस्पतालमा राखिएको रितुको…
काठमाडौं । प्रहरी निरीक्षक(इन्स्पेक्टर)को परीक्षामा ५१ जना उत्तीर्ण भएका छन् । लोक सेवा आयोगले प्रहरी निरीक्षकको लिखित परीक्षामा उत्तीर्ण हुनेहरूको सूची प्रकाशन गरेको छ । प्रहरीको जनपद समूहतर्फ जेठ २२ देखि २४ सम्म भएको लिखित परीक्षामा सहभागी परीक्षार्थीहरू मध्येबाट ५१ जना उत्तीर्ण भएका हुन् । प्रहरी प्रधान कार्यालयले खुलातर्फ १६ जना, महिला कोटामा २ जना, आदिवासी जनजाति कोटामा ५ जना र दलिततर्फ २ जना माग गरेर विज्ञापन प्रकाशन गरेको थियो । लिखित परीक्षामा उत्तीर्ण भएकाहरूले अन्तर्वार्तामा सफल भएपछि इन्स्पेक्टरको नियुक्ति पाउनेछन्।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे सरकारमाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन गर्न र देशमा शान्ति तथा सामाजिक सद्भाव कायम गर्न आग्रह गरेका छन्। मंगलबार सार्वजनिक भिडियो सन्देशमा प्रसाईंले देवानगञ्जको घटना योजनाबद्ध रूपमा गराइएको दाबी गर्दै त्यसको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। साथै उनले घटनामा सुरक्षा निकाय र सरकारको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। प्रसाईंले भने, ‘सुनसरीको घटना आफैँ भएको होइन, नियोजित रूपमा घटाइएको हो। सरकारले यसको सत्यतथ्य सार्वजनिक गर्नुपर्छ र दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ।’ उनले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको हिंसा र द्वन्द्वबाट…
धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा अवैध रुपमा बालुवा उत्खनन् तथा तस्करी गर्दै आएका नेपाली कांग्रेस निकट तरुण दलका कार्यवाहक क्षेत्रीय सभापति रुद्र बहादुर गिरी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको हो । गिरीले सिद्दलेक गाउँपालिकाका अध्यक्ष पर्शुराम खतिवडामाथि पार्टी कार्यालयमै कुटपिट तथा अभद्र व्यवहार गरी फरार रहेको भन्दै प्रहरीका जाहेरी समेत परेको थियो । अवैध बालुवा चोरी–निकासीमा गाउँपालिकाले अवरोध पु¥याएको र अदालतको फैसला अनुसार बाटो निर्माण गर्दा आफूले हडपेको जग्गा परेको निहुँमा गिरीले गत असार ३२ गते बुङचुङस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बैठक बसिरहेको अवस्थामै अध्यक्ष खतिवडामाथि मुक्का तथा थप्पड प्रहार गरी फरार भएका थिए…
काठमाडौं । व्यवसायी शेखर गोल्छालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको छ। जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले मंगलबार सुनुवाइ गर्दै गोल्छालाई दुई कसुरमा छुट्टाछुट्टै धरौटी निर्धारण गरी रिहाइको आदेश गरेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी सुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए ।
सुनसरी घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गरेका छन् । प्रधानमन्त्री शाहले मंगलबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो अपील गरेका हुन् । ज्यान गुमाएकाको परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानूनबमोजिम कारबाही गरिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उत्तेजना, आक्रोश र बदलाको भावना त्यागेर संयम बन्न तथा सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न सबै पक्षलाई प्रधानमन्त्री शाहको आग्रह छ । एक-अर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्नुपर्नेमा उनको जोड थियो । प्रधानमन्त्री शाहले घटनामा…
काठमाडौं । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि इलाका प्रहरी कार्यालय देवानगन्जका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) राकेश राईको जिम्मेवारी परिवर्तन गरिएको छ। राईको स्थानमा प्रहरी निरीक्षक प्रकाश पराजुलीलाई इलाका प्रहरी कार्यालय देवानगन्जको प्रमुखको जिम्मेवारी दिएको जनाएको छ। घटनाका क्रममा घाइते भएका इन्स्पेक्टर राईलाई दुहबीस्थित नेपाल प्रहरी विशेष सुरक्षा गणमा काज सरुवा गरिएको छ। देवानगन्ज घटनापछि सुरक्षा संयन्त्रमा व्यापक फेरबदल भइरहेको छ। यसअघि सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित अन्य सुरक्षा अधिकारीहरूको समेत जिम्मेवारी परिवर्तन गरिएको थियो। घटनापछि सुरक्षा व्यवस्थापन र घटनाको समग्र मूल्यांकनका आधारमा सम्बन्धित अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको जनाइएको छ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मानव बेचबिखनको स्वरूप प्रविधिसँगै झन् जटिल र संगठित बन्दै गएको भन्दै यसको नियन्त्रणका लागि राज्य, सुरक्षा निकाय, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच समन्वित तथा सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्। मंगलबार आयोजित ‘नेपालमा मानव बेचबिखनविरुद्ध लड्न सामूहिक प्रयास’ विषयक कार्यक्रममा बोल्दै आईजीपी कार्कीले मानव बेचबिखन अब परम्परागत यौन शोषण, जबरजस्ती श्रम, जबरजस्ती विवाह वा बालबालिकाको बेचबिखनमा मात्र सीमित नरहेको बताए। उनका अनुसार पछिल्ला वर्षहरूमा आकर्षक तलब र सुविधायुक्त रोजगारीको प्रलोभन देखाएर व्यक्तिलाई विदेश पुर्याउने, त्यसपछि बन्धक बनाई डिजिटल प्लेटफर्ममार्फत जबरजस्ती अनलाइन ठगी तथा साइबर स्क्याममा संलग्न गराउने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको छ। ‘पछिल्ला…
सुनसरी घटनाले नेपालको सुरक्षा संयन्त्र, प्रशासनिक उत्तरदायित्व र राजनीतिक निर्णय प्रक्रियामाथि गम्भीर बहस सुरु गराएको छ। घटनापछि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानियो। उनको स्थानमा डीआईजी शेखर खनाललाई पठाइयो। यस्तै सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेको पनि सरुवा गर्ने निर्णय गरियो। यतिमात्र होइन, सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेलाई समेत फिर्ता बोलाएर अर्को सीडीओ पठाइयो। एउटै घटनापछि जिल्ला प्रशासन र प्रहरीका शीर्ष नेतृत्वमा गरिएको एकैसाथको फेरबदललाई लिएर अहिले विभिन्न प्रश्न उठिरहेका छन्। विशेषगरी, घटना हुँदा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे घर बिदामा रहेको र सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबे आफ्नी आमाको…
