Author: Scoop Khabar

रौतहट । करिब दुई दशकभन्दा बढी समयदेखि फरार रहेका हत्या आरोपी श्यामबाबु चौरसिया अन्ततः कानुनी दायरामा आएका छन्। बारा जिल्लाको साविक मोतिसर गाविस–९ हाल कलैया उपमहानगरपालिका–१८ निवासी ४८ वर्षीय चौरसियालाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि कारागार चलान गरेको हो। बारा प्रहरीका प्रवक्ता डीएसपी मीनबहादुर घलेका अनुसार २१ वर्षअघि भएको हत्या घटनामा संलग्न रहेको आरोप लागेका चौरसियालाई गत जेठ १३ गते पक्राउ गरिएको थियो। अनुसन्धान पूरा गरी शुक्रबार अदालतमा पेश गरिएकामा अदालतले मुद्दाको थप प्रक्रिया अघि बढाउँदै उनलाई थुनामा राख्ने आदेश दिएको हो। प्रहरीका अनुसार २०६२ साल असोज ३ गते बिहान वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा ड्युटी सकेर घर फर्किरहेका सितल प्रसाद…

थप

नेपाल प्रहरी संगठनभित्र पछिल्लो समय सबैभन्दा धेरै मारमा को परिरहेको छ भन्ने प्रश्न सोध्ने हो भने त्यसको उत्तर तल्लो दर्जाका प्रहरी कर्मचारी हुन सक्छन्। किनकि संगठनभित्र हुने धेरै विवाद, आर्थिक चलखेल, घुमुवा प्रणालीको दुरुपयोग वा काज सरुवाका खेलमा निर्णय गर्नेहरू माथिल्लो तहमा हुन्छन्, तर विवाद बाहिरिँदा निशानामा पर्नेहरू प्रायः जवान, हवल्दार, सहायक हवल्दार, सई र असई नै हुने गरेका छन्। प्रहरी संगठन आदेशमा चल्छ। तल्लो दर्जाका प्रहरी कर्मचारीले आफ्ना हाकिमले दिएको निर्देशन पालना गर्नुपर्छ। कहाँ जाने, कसलाई भेट्ने, कसको निगरानी गर्ने, कुन क्षेत्रमा खटिने भन्ने निर्णय उनीहरूले आफैं गर्दैनन्। तर जब कुनै गतिविधि विवादमा पर्छ, कारबाहीको पहिलो घेरा उनीहरूलाई नै…

थप

काठमाडौं । कैलालीका दुई फरक स्थानबाट अवैध लागूऔषध खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीकापुर नगरपालिका–८ श्रीलङ्काबाट बर्दियाको राजापुर नगरपालिका–७ भिमापुर निवासी १९ वर्षीय सनम थारुलाई खैरो हेरोइनजस्तो देखिने ५ ग्राम ५० मिलिग्राम धुलो पदार्थसहित पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ। त्यसैगरी, धनगढी उपमहानगरपालिका–७ स्थित जेपी चोकबाट खैरो हेरोइनजस्तो देखिने ५७० मिलिग्राम धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढी–७ का २५ वर्षीय बेखलाल राना र २८ वर्षीय भक्तु राना रहेका छन्। जिल्ला प्रहरी…

थप

धनगढी । हालै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमबहादुर राना को कार्यकालमा प्रहरी कर्मचारीको काज सरुवामा व्यापक आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएको छ। प्रहरी स्रोतकाअनुसार डीआईजी रानाले प्रशासन शाखामा कार्यरत केही प्रहरी कर्मचारी, घुमुवा प्रहरी र विचौलियासँगको मिलेमतोमा ८ महिनाको अवधिमा ठूलो संख्यामा काज सरुवा गरेका थिए। जनशक्ति व्यवस्थापनको आवश्यकताभन्दा पनि आर्थिक प्रभावका आधारमा सरुवा गरिएको आरोप छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयकाअनुसार रानाको कार्यकालमा करिब १३ सय प्रहरी कर्मचारीको काज सरुवा भएको थियो। त्यसमध्ये नियमित सरुवामा गइसकेका कर्मचारीलाई समेत रकमको चलखेलमार्फत पुनः काजमा राख्ने वा अन्यत्र पठाउने काम भएको थियो। यसका कारण डोटी, अछाम,…

थप

रौतहट । रौतहटको बरहथवा नगरपालिका–३ प्रतिटोलमा चोरीकै पिकअप गाडी प्रयोग गरेर चोरी गर्दै गरेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको बागमती नगरपालिका–६ निवासी १८ वर्षीय जुमुन मियाँ रहेका छन्। उनलाई शुक्रबार बिहान करिब ४ बजे स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएर प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार मियाँले सुरुमा स्थानीय विजय यादवको घरबाट मोबाइल फोन र नगद चोरी गरेका थिए। त्यसपछि नजिकै रहेको मनोज सहनीको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका बेला घरधनीकी श्रीमतीले देखेपछि होहल्ला मच्चिएको थियो। स्थानीयवासीको सक्रियतापछि भाग्ने प्रयास गरेका मियाँलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो। घटनास्थलबाट प्रहरीले मधेश प्रदेश ०४–००१ च ०३६७ नम्बरको पिकअप गाडी…

थप

काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा हाइटीलाई ३-० गोलअन्तरले पराजित गरेको छ। म्याथियस कुन्हाको दुई गोल प्रेरित जितसँगै ब्राजिल समूहको शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार बेहोरेको हाइटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ। पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेपछि आलोचनाको सामना गरिरहेको प्रशिक्षक कार्लो एन्सेलोटीको टोलीले फिलाडेल्फियामा उत्कृष्ट प्रदर्शन गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो। इगोर थियागोको स्थानमा सुरुआती रोजाइमा परेका म्याथियस कुन्हाले २३औं मिनेटमा ब्राजिललाई अग्रता दिलाए। हाइटीका डिफेन्डर ह्यानेस डेलक्रोइक्सले बल क्लियर गर्ने प्रयास गर्दा बल कुन्हालाई लागेर पोस्टभित्र पुगेको थियो। ब्राजिलले ३६औं मिनेटमा अग्रता दोब्बर बनायो। भिनिसियस जुनियरको आकर्षक…

थप

काठमाडौं । मोरोक्कोले फिफा विश्व कपअन्तर्गतको समूह चरणको खेलमा स्कटल्यान्डलाई १–० गोलले पराजित गरेको छ। खेलको दोस्रो मिनेट नपुग्दै भएको गोल नै मोरोक्कोको जितका लागि निर्णायक बन्यो। खेल सुरु भएको ७२ औं सेकेन्डमै स्कटल्यान्डको कमजोर रक्षापङ्क्तिको फाइदा उठाउँदै इस्माइल साइबारीले गोल गरे। उक्त गोलसँगै अफ्रिका कप अफ नेसन्स विजेता तथा विश्व वरीयताको पाँचौं स्थानमा रहेको मोरोक्कोले प्रारम्भिक अग्रता लिएको थियो। पहिलो हाफको अन्त्यतिर स्कटल्यान्डले खेल बराबरी गर्ने उत्कृष्ट अवसर सिर्जना गरेको थियो। तर जोन म्याकगिनले पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा टोली निराश बन्यो। त्यसपछि पहिलो हाफ मोरोक्कोको १–० अग्रतासहित समाप्त भयो। दोस्रो हाफमा स्कटल्यान्डले लगातार दबाब बनाए पनि मोरोक्कोको…

थप

काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक नरेश शाक्यको अवकाशसँगै रिक्त कार्यकारी निर्देशकमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिलाको बढुवा भएको छ। नगिलाको कार्यकारी निर्देशकमा बढुवासँगै केही कार्यकारी निर्देशकको जिम्मेवारी पनि हेरफेर भएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ। बढुवा भएका नागिलाको जनशक्ति व्यवस्थापन विभागको कार्यकारी निर्देशकमा पदस्थापन भएको छ। त्यस्तै जनशक्ति व्यवस्थापनि विभागमा रहेका गुरुप्रसाद पौडेले गभर्नरको कार्यालय सरुवा भएका छन्। गभर्नर कार्यालयमा रहेका मुक्तिनाथ सापकोटाको संथागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको छ। सोही विभागमा कार्यरत राजनविक्रम थापाको भने शाक्यको अवकाशसँगै रिक्त लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा भएको छ। राष्ट्र बैंकमा विभागीय प्रमुख (कार्यकारी निर्देशक)को…

थप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर दबाब दिइएको भनिएको विषय प्रतिनिधिसभामा उठेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने प्रयास भएको आरोप लगाएका हुन्। उनले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई निर्देशन दिने, थर्काउने र दबाब सिर्जना गर्ने व्यक्तिहरू को हुन् भन्ने प्रश्न उठाए। सांसद बुढाले राहदानी छपाइसम्बन्धी अनियमितता प्रकरणमा अनुसन्धान गरिरहेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिल केसीलाई तत्काल पक्राउ गर्न दबाब दिइएको भन्ने सार्वजनिक चर्चाप्रति संकेत गर्दै त्यसबारे स्पष्ट हुन सरकारसँग माग गरे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग…

थप

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले कोशी प्रदेशको आन्तरिक कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा प्रहरीले खानतलासी गरेकोप्रति आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री सङ्खुवासभा घर जाँदा खानतलासी गरेको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘कोशी प्रदेशको आन्तरिक कानुन मन्त्री इन्द्रमणि पराजुलीको क्वार्टरमा उहाँ नहुँदा राती पुलिसहरूले खानतलासी गरेछ। त्यस्तो किन हुँदै छ नयाँ सरकारबाट? अलि मैले बुझ्न सक्दिनँ।’ उनले छानबिन गरेको विषयमा छानबिन गर्न माग गरे।

थप